महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सहायता सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
मंगलबार अपाङ्गता भएका व्यक्तिहरुको ३३औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री साहले आउँदो आर्थिक वर्षको बजेटमा यस विषयका लागि छुट्टै रकम विनियोजन गरिने बताए।
उनले निजी तथा सरकारी निकायहरुसँग समन्वय गरी देशभरका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयता सामग्री वितरण गरिने योजना रहेको जानकारी दिए।
मन्त्री साहले अन्तर्राष्ट्रिय दिवसको शुभकामना व्यक्त गर्दै यस अवसरले सबैलाई जीवनयापनको संवैधानिक हक सुनिश्चित गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।
उनले अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा देखिने गरी काम गर्न आवश्यक रहेको उल्लेख गर्दै भने, "हालसम्म प्राप्त भएका उपलब्धिहरुको संरक्षण गर्दै थप प्रगति गर्न अपाङ्गता क्षेत्रका सरकारी र गैरसरकारी संस्थाहरुको सहयोग अपेक्षित छ।"
उनले यस क्षेत्रमा योगदान पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै थप योगदानका लागि आग्रह गरे। साथै, सबैलाई सम्मानजनक जीवनयापनको संवैधानिक सुनिश्चितता प्रदान गर्ने दिशामा सकारात्मक धारणा विकास गर्न आग्रह पनि गरे।
मन्त्री साहले काठमाडौंमा मात्र सीमित नरही सातै प्रदेश र ७७ वटै जिल्लामा कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए। उनले सांकेतिक रूपमा एक सहायता सामग्री वितरण गर्दै देशभरका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्री उपलब्ध गराउने प्रतिज्ञा व्यक्त गरे।
"आगामी बजेटमा यस विषयलाई समावेश गरी सरकारी तथा गैरसरकारी निकायहरुसँग सहकार्य गरेर सहयता सामग्रीको व्यवस्था गर्नेछौं," उनले भने।
विगतका सरकारहरुले अपाङ्गता भएका व्यक्तिहरुका लागि सम्झौता गरे पनि बजेट विनियोजन नगरेको उल्लेख गर्दै, आगामी बजेट निर्माणका क्रममा आफूले जिम्मेवारी सम्हालिरहेको अवस्थामा निश्चित रुपमा व्यवस्था गरिने प्रतिबद्धता समेत जनाए।
मन्त्री साहले भने, "म मन्त्रीको रुपमा कार्यभार सम्हालेपछि अपाङ्गता भएका व्यक्तिहरुलाई कसरी सहयोग जुटाउन सकिन्छ भनेर निरन्तर लागिपरेको छु।"