उपसभामुख इन्दिरा रानाले शिक्षा विधेयक चाँडो ल्याउनुपर्नेमा जोड दिएकी छन्।
मंगलबार ललितपुरमा कानून निर्माण तथा संसदीय निगरानीमा समितिहरुको प्रभावकारिताबारे छलफलमा बोल्दै उनले अहिलेसम्म शिक्षा विधेयक बन्न नसक्नु दुःखद् भएको बताइन्।
उनले शिक्षा नीतिले देशको भविष्य निर्धारण गर्ने भन्दै राम्रो नीति बनाउनुपर्नेमा जोड दिइन्। स्वदेशमै रोजगारी वृद्धि गरी युवा जनशक्तिलाई देश विकासमा लगाउनुपर्ने उनको भनाइ थियो।
उनले भनिन्, ‘अहिलेसम्म हाम्रो शिक्षा विधेयक बनेको छैन। त्यो शिक्षा नीति, विधेयकले हाम्रो देशको भविष्य तय गर्दछ। हामी पश्चिमी मुलुकमा पठाउँछौँ बच्चाहरुलाई। अहिले टेन प्ल्स टुका स्टुडेण्डहरु हेर्ने हो भने सबै विदेश जान प्रिपेयर गरिरहेका छन्। हामीसँग भएका जतिपनि पोर्टिनसियलता छ, त्यस्तो किसिमको शिक्षाहरुको हामीले प्रि स्कुलबाट बनउनु पर्यो। जे को अभाव छ, देश प्रेमप्रति बनाउनु पर्यो। त्यस्तो किसिमको कार्यक्रम सिर्जना गर्नुपर्यो र शिक्षा नीति चाँडो भन्दा चाँडो हाम्रो विधेयक बन्नुपर्छ।’
उपसभामुख रानाले शिक्षाको विकासका लागि सबै एकजुट हुनुपर्ने बताइन्।