कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले संविधान कार्यान्वयनका लागि आवश्यक अधिकांश कानून निर्माण सम्पन्न भइसकेको बताएका छन्।
मंगलबार ललितपुरमा आयोजित संसदीय समितिका सभापतिहरु, सभामुख, र उपसभामुखको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संविधान, २०७२ जारी भएयता २०५ वटा कानून निर्माण भइसकेको जानकारी दिए। उनले विभिन्न मितिमा जारी नेपाल ऐनलाई संशोधन गरी संविधानअनुकूल बनाउने कार्य पूरा भएको उल्लेख गरे।
उनका अनुसार विद्यालय शिक्षा, संघीय निजामति सेवा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पर्यटन, सामाजिक सञ्जाल नियमन, र पानी जहाज सञ्चालनजस्ता विषयमा २५ विधेयक संसदमा छलफलमा रहेका छन्।
त्यस्तै, निर्वाचनसम्बन्धी कानून संशोधन, स्थानीय सरकार सञ्चालन ऐन संशोधन, सूचना प्रविधि तथा साइबर सुरक्षा, र संक्रामक पशु रोग नियन्त्रणजस्ता ११ विधेयक कानून मन्त्रालयमा सहमतिका प्रक्रियामा रहेको जानकारी दिए।
मन्त्री चौरसियाले संसद र सरकारको उत्तरदायित्वबारे जोड दिँदै भने, ‘संसदीय व्यवस्थामा सरकार संसदप्रति उत्तरदायी हुन्छ, र संसद जनताप्रति। संविधान कार्यान्वयनका लागि कानून निर्माणमा मन्त्रालयले सहजिकरण गर्दै आएको छ। अहिले संविधानअनुसार मौलिक हक कार्यान्वयनका लागि १६ वटा ऐन जारी भइसकेका छन्, र ती ऐनअनुसार आवश्यक नियमावलीहरू निर्माणको काम पनि सम्पन्न भइरहेको छ।’
उनले विद्यालय शिक्षा र संघीय निजामति सेवासम्बन्धी विधेयकहरूमाथि समेत विशेष ध्यान दिइएको बताए। सामाजिक सञ्जाल सञ्चालन र नियमन, पर्यटन प्रबर्द्धन, तथा अन्य विधेयक संसदमा छलफलका लागि छिट्टै प्रस्तुत हुने चरणमा रहेको उनको भनाइ छ।
मन्त्रीले एकीकृत कानून निर्माणसम्बन्धी विधेयकको मस्यौदा तयार पार्न प्रक्रिया अघि बढेको पनि जानकारी दिए।