कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले अब वैदेशिक ऋण नलिने बताएका छन्। रौतहटको गढीमाई नगरपालिका ४ सुन्दरपुरमा रहेको गढीमाई मन्दिरमा लागेको मेलाको औपचारिक उद्घाटन गर्दै उनले देशको अवस्था र भविष्यलाई विचार गरेर वैदेशिक ऋण नलिने भएको बताएका हुन्।
सिंहले बाटोघाटो, विद्युत्, सिँचाइ सबैमा ऋणभन्दा अनुदानमा जोड दिइने बताए। पञ्चवर्षीय गढीमाई मेला महोत्सव २०८१ को उद्घाटनपछि सम्बोधन गर्दै सिंहले ऋण जति लियो भने पनि हुने भन्ने कुरामा देशको अवस्था र भविष्यलाई पनि ध्यान दिनुपर्ने बताए।
सिंहले भने, 'छिमेकी मित्र राष्ट्रहरुसँग आर्थिक अवस्थालाई मध्यनजर गर्दै अनुदानमा जोड दिनु राम्रो मानेका छौँ।' उनले धर्म–संस्कृतिलाई संरक्षण गर्न बहुजातीय, बहु धार्मिक तथा बहु सांस्कृतिक सबैको लागि मिलेर आ आफ्नो आस्थाका साथ अगाडि बढ्नुपर्ने बताए।
नेपालले २०७२ मा संघीय संविधान जारी गरेको बताउँदै सिंहले सबैको आस्था र विश्वास सङ्घीयतामा हुनुपर्ने पनि बताए।