चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको बयान जारी रहँदा कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्। उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा झडपको अवस्था सिर्जना भएको हो।
पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछानेविरुद्ध सहारा चितवन सहकारी ठगी प्रकरणमा दोस्रो दिनको बयान चलिरहेको छ। सरकारी वकिलको कार्यालयमा चितवन जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेलको रोहबरमा लामिछानेको दोस्रो दिनको बयान जारी छ।
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
इनम सापकोटा प्रकरणमा सरकारले कृत्रिम प्रमाण सिर्जना गर्न खोजेको आरोप सार्वजनिक भएपछि सरकारको अनुसन्धान प्रणाली र राज्यशक्तिको दुरुपयोगमाथि गम्भीर प्रश्न उठेको भन्दै बस्नेतले यस्तो उक्त टिप्पणी गरेका छन्।
‘सत्ता स्थायी होइन तर राज्यले गरेको गैरकानुनी कामको जवाफदेहिता स्थायी हुन्छ। सरकारमा बस्नु भनेको संविधान र कानुनभन्दा माथि बस्नु होइन,’ उनले भने।
प्रहरी र प्रशासन सरकारका निजी संयन्त्र नभई संविधान र कानुनप्रति उत्तरदायी संस्था भएको उल्लेख गर्दै सरकार पनि कानुन र दवाफदेहिताको दायरमा बस्नुपर्ने उनको भनाइ छ।
बस्नेतले सरकारलाई प्रश्न गर्दै भनेका छन्, ‘नागरिकले गल्ती गरे कानुन लाग्ने, तर सरकारी निकायका जिम्मेवार व्यक्ति र संयन्त्रले नै कानुन मिचेको आरोप लाग्दा छानबिन नहुने ? राज्यशक्तिको प्रयोग गरेर कसैलाई फसाउन पाइँदैन। सरकारका गतिविधि कानुनभन्दा माथि र बाहिर हुँदैनन्।’
विवादास्पद कार्यशैली र एकपछि अर्को गरी सार्वजनिक भइरहेका प्रकरणले बालेन्द्र शाह नेतृत्वको सरकारको चरित्र उदाङ्गो बनाउँदै लगेको उनको टिप्पणी छ। सरकार सुशासनको नारा दिएर राज्य आतंकको बाटोमा हिड्न खोज्नु विडम्बनापूर्ण भएको उनको टिप्पणी छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...