नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारीहरूको संघर्ष अझै जारी रहेको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित गणतन्त्र सेनानी सम्मान–२०८१ कार्यक्रममा सम्बोधन गर्दै दाहालले गणतन्त्रको स्थापना भए पनि जनताको वास्तविक गणतन्त्र निर्माण गर्न अझै बाँकी रहेको धारणा राखे। उनले वर्तमान राजनीतिक परिस्थितिले गणतन्त्र जोखिममा परेको संकेत गर्दै क्रान्तिकारीहरूको भूमिकालाई थप सक्रिय बनाउनुपर्नेमा जोड दिए।
दाहालले जनयुद्धकालीन अवस्थाको तुलना गर्दै भने, “त्यतिबेला सत्तामा रहेका दलहरू अहिले पनि सरकारमा छन्। हामी विद्रोही थियौं, प्रतिपक्षमा थियौं। अहिले परिस्थितिले फेरि हामीलाई त्यही भूमिकामा पुर्याएको छ। प्रतिक्रियावादी र बुर्जुवा शक्तिहरू सत्तामा छन् भने क्रान्तिकारीहरू प्रतिपक्षमा छन्।”
उनले कम्युनिस्ट शक्तिहरूबीच एकता आवश्यक रहेको औंल्याउँदै क्रान्तिकारीहरूले फेरि नयाँ ढंगले संघर्ष अघि बढाउनुपर्ने आवश्यकता देखिएको बताए। दाहालले गणतन्त्रलाई कसैले रोक्न नसक्ने दाबी गर्दै भने, “हाम्रो लडाईं टुंगिएको छैन, यो जारी छ। गणतन्त्रको यात्रालाई कुनै प्रतिक्रियावादी शक्तिले अवरुद्ध गर्न सक्दैन।”
कार्यक्रममा दाहालले देशलाई जनताको गणतन्त्रको मार्गमा लैजान क्रान्तिकारीहरूले एकपटक पुनः संगठित भएर अघि बढ्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए।