एमालेमा आन्तरिक लोकतन्त्रको खडेरी !
१९ मंसिर २०८१
•
५ मिनेट पाठ
एमालेमा आन्तरिक लोकतन्त्रको खडेरी !
नेकपा (एमाले)मा नवौं महाधिवेशनसम्म आन्तरिक लोकतन्त्र बाँकी थियो । तर, ११औं महाधिवेशनको सम्मुखसम्म आइपुग्दा त्यसको एक 'सितो' पनि बाँकी छैन ।




एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओली नै सर्वेसर्वा भएका छन् । पार्टी निर्णयहरूमा उनकै चाहना हाबी हुन्छ, उनकै प्रवृत्ति र प्रभावहरूबाट निस्किन्छन् पार्टी निष्कर्षहरू । एमाले बैठकहरूमा अरु नेताहरू ओलीलाई घेरा हाल्न मात्रै बसेको जस्तो ! ओली बाहेक अरु नेताका कुरा एमालेमा बिक्न सकसै छ ।

अवस्था यस्तो छ कि ओलीको रोजाइमा नपरेका नेताहरू छिँडीमै पुग्छन् । तर, उनले मन पराएका नेताहरू 'मालामाल' ! यी दुई अवस्था भोग्ने एमालेमा सयौं नेताहरू छन् ।

आफ्नो कमजोरी औँल्याइदिने एक/एक नेतामाथि ओलीले कारबाहीको डन्डा चलाउँछन् । त्यसको पछिल्लो उदाहरण हो— लुम्बिनी प्रदेशका एमाले नेता तथा सांसद दुर्गा चौधरी पार्टीबाट निष्कासन ।

उनलाई पार्टी अध्यक्ष ओली र महासचिव शंकर पोखरेलको आलोचना गरेको भन्दै कारबाही गरियो । चौधरीको दाबी छ— पार्टीका नेताको आलोचना गर्दा कारबाही भोग्नुपर्‍यो ।

त्यसो त चौधरी पहिलो नेता होइनन्, जो अध्यक्ष ओलीको कार्यशैली र बडप्पनको आलोचना गर्दा कारबाहीमा परे । एमालेमा थुप्रै त्यस्ता नेताहरू छन्, जसले ओलीको आलोचना गर्दा घोषित वा अघोषित रूपमा कारबाहीको भागीदार बन्नु परिरहेको छ ।

अलि अघि नेताहरू भीम रावल, विन्दा पाण्डे र उषाकिरण मित्सेनालाई ओलीले स्पष्टीकरण सोधे । कारण ठूलो र अस्वाभाविक थिएन । पार्टीले व्यवसायी मीनबहादुर गुरुङबाट कार्यालयका लागि लिएको जग्गाको सन्दर्भमा उनीहरूले आफ्नो मत दिएका थिए । ओलीलाई उनीहरूको संयुक्त सुझाव थियो— जग्गा तुरुन्त फिर्ता गर्नुपर्छ, लिँदा स्वार्थ बाझिन्छ ।

तर, ओलीले पार्टी हितविपरीत बोलेको भन्दै साताव्यापी स्पष्टीकरण सोधे । उनीहरूले स्पष्टीकरण बुझाए पनि । तर, पछि सर्वोच्च अदालतले रावल, पाण्डे र तिम्सेनाकै नैतिक जित हुनेगरी अन्तरिम आदेश जारी गर्‍यो । त्यसबाट 'डीमोरलाइज' भएका ओली त्यसयता यसबारे चुपचाप छन् ।

अझै अगाडि जाने हो भने १० बुँदे नेताहरू एमालेमै छँदैछन् । जसले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नफुटोस् भनेर १० बुँदामा आफ्नो निष्कर्ष सुनाएका थिए । सँगैमा उनीहरूले त्यसअघि प्रधानमन्त्रीको हैसियतले ओलीले गरेको पटकपटकको संसद् विघटन असंवैधानिक भनेका थिए ।

ती नेताहरू थिए भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, भीम आचार्य, घनश्याम भुसाललगायत । अहिले यी नेताहरूमध्ये कोही त एमालेमै छैनन् । जो छन्, उनीहरू पनि छैनन् जस्तै छन् ।

एमालेभित्र 'हम नहीं सुधरेंगे'वाला प्रवृत्ति बलियो हुँदै हुँदै गएको छ । यो सुध्रिनेवाला पनि छैन ।
१० बुँदे नेताहरूमाथि ओलीले अघोषित कारबाही चलाए । त्यसमध्ये घनश्याम भुसाल पार्टीमै छैनन् । भीम रावल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, भीम आचार्य भूमिकाविहीन जस्तो बनेका छन् ।

उल्लिखित भूमिका किन ? एमालेभित्र आन्तरिक लोकतन्त्र छैन, त्यसैले ! यदि आन्तरिक लोकतन्त्र हुँदो हो त यी नेताहरू सबैले समान अवसर र भूमिका पाउँथे । पार्टीभित्र ओली 'छोरी कुटेर बुहारी तर्साउने' नीति लिन्छन् । यसैकारण उनीविरुद्ध अरु नेताले बोल्ने आँटै गर्दैनन् ।

कुनै एक सन्दर्भमा लेखक तथा स्तम्भकार विष्णु सापकोटाले भनेका छन्— 'एमालेमा लोकतन्त्र निलम्बनमा छ' । सापकोटाको यो एक लाइनले एमालेभित्रको आन्तरिक लोकतन्त्रको 'आन्द्राभुँडी' देखाउँछ ।

त्यसो त आन्तरिक लोकतन्त्रको अवस्था अरु पार्टीमा पनि दयनीय नै छ । तर, त्यसको तुलनात्मक ग्राफ एमालेकै अग्लो छ ।

नेताहरू सोध्छन्- हाम्रो पार्टीभित्र लोकतन्त्र कहाँ छ ?

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य एमालेभित्रको लोकतन्त्र कमजोर बन्दै गएको बताउँछिन् । आफूसहितको योगदानमा पार्टी बनेको उल्लेख गर्दै उनी भन्छिन्, 'पहिले यो पार्टी यस्तो थिएन, पछिल्लो समय पार्टीभित्र लोकतन्त्रको कमी महसुस हुन्छ, चिन्ता लाग्छ ।'

लोकतान्त्रिक पार्टीमा एकसँग अर्को डराउने अवस्था हुन नहुने भनाइ उपाध्यक्ष शाक्यको छ । 'लोकतान्त्रिक पार्टीमा जोसुकैले आफूलाई लागेको कुरा मज्जाले राख्न पाउनुपर्छ र त्यो कुरा नेतृत्वले सुन्न सक्नुपर्छ । तर, हाम्रो पार्टीमा यसकै कमी छ,' उनले भनिन् ।

एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डे भने पार्टीभित्रको पछिल्लो कारबाहीको शृङ्खलालाई 'पार्टीभित्र नेता कार्यकर्ताहरू थप बोल्न थालेको' रूपमा व्याख्या गर्छिन् । उनी भन्छिन्, 'र, त्यही नेतृत्वलाई भारी भयो । यसरी पार्टी बन्दैन,' पाण्डे भन्छिन् ।

एमालेका अर्का एक नेता पार्टीभित्र आन्तरिक लोकतन्त्र कहाँ छ भनेर प्रतिप्रश्न गर्छन् । नागरिकले राखेको जिज्ञासामा उनी भन्छन्, 'तपाईंहरूले देखिरहनुभएकै छ त, हाम्रो पार्टीभित्र आन्तरिक लोकतन्त्र भन्ने चिज कहाँ छ ? लोकतन्त्र छैन भने त्यो पार्टी चल्न गाह्रो हुन्छ । एक दुई वर्ष चल्ला, पाँच सात वर्ष चल्ला तर, प्रकारान्तरले चलिरहन गाह्रो हुन्छ । चल्दा पनि चल्दैन ।'

एमाले नेताहरूले कारबाही नै गर्नुपर्ने गरी नेतृत्वको आलोचना गरेको जस्तो लाग्दैन । 
जसै ओलीले सार्वजनिक कार्यक्रम तथा सभा-सम्मेलनमा पार्टीका नेता तथा कार्यकर्ताहरूलाई हकारिरहन्छन् । कहिले फोन साइलेन्स नगरेको नाममा त कहिले हल्ला गरेको निहुँमा । 'पिन ड्रप साइलेन्स'मा भाषण दिन रुचाउने ओलीले कहिलेकाहीँ पार्टी पदाधिकारी, सचिवालय तथा  स्थायी कमिटी बैठकमा पनि नेताहरूलाई कराउने गरेको ती नेताको भनाइ छ ।

'पार्टीमा लागेको लामो समय भएको छ तर, एकपटक बोल्दा राजनीतिक जीवन नै ड्यामेज हुन्छ । त्यसैले पार्टीभित्र अध्यक्षका प्रति डर छ र प्राय: कोही बोल्दैनन्,' ती नेता भन्छन् ।

'एमालेमा आन्तरिक लोकतन्त्र शून्यप्राय:छ'

राजनीतिशास्त्री तथा राजनीतिक विश्लेषकहरू एमालेभित्र आन्तरिक लोकतन्त्रको खडेरी लागेको बताउँछन् । राजनीतिशास्त्री डा.लोकराज बराल भन्छन्, 'एमालेभित्र आन्तरिक लोकतन्त्र छैन ।शून्यप्राय: छ ।'

पार्टी सिस्टमले चल्ने र पार्टीभित्र अनुशासन हुने भए पनि एमाले नेताहरूले कारबाही नै गर्नुपर्ने गरी नेतृत्वको आलोचना नगरेको उनको भनाइ छ । पछिल्लोपटक कारबाहीमा परेका लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरीको प्रसङ्ग जोड्दै बरालले भने, 'कारबाही नै गर्नुपर्ने गरी आलोचना भएजस्तो लाग्दैन । आलोचनाहरू हुनुपर्छ । त्यसले पार्टीलाई सहयोग नै गर्छ । तर, एमालेमा त्यो देखिँदैन ।'

राजनीतिक विश्लेषक चन्द्रकिशोर एमालेभित्र 'हम नहीं सुधरेंगे'वाला प्रवृत्ति बलियो हुँदै हुँदै गएको विश्लेषण गर्छन् । र, त्यो प्रवृत्ति एमालेमा परिवर्तन नहुने ठम्याइ उनको छ ।

'एमालेभित्र नेताको आलोचना गरेकाले कारबाही भोग्नुपर्ने शृङ्खला जुन छ, त्यो पनि हम नहीं सुधरेंगेवाला प्रवृत्तिको उपज हो,' विश्लेषक चन्द्रकिशोर भन्छन्, 'तैँले मलाई प्रश्न गर्ने भनेर कारबाही गरिहाल्छन् । अब बाँकी आन्तरिक लोकतन्त्रको कुरा किन गर्नुपर्‍यो ।'
अर्को समाचार
पुष्पलालप्रति उच्च सम्मान: प्रधानमन्त्री ओली
०७ साउन २०८२
•
१ मिनेट पाठ
पुष्पलालप्रति उच्च सम्मान: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठपप्रति उच्च सम्मान व्यक्त गरेका छन्।




प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत पुष्पलालको ४७औँ स्मृति दिवसमा उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।

“आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको स्मृति दिवस । श्रद्धेय नेता पुष्पलालप्रति उच्च सम्मान, भावपूर्ण श्रद्धाञ्जली १”, प्रधानमन्त्री ओलीले सामजिक सञ्जालमा लेखेका छन्।

कम्युनिष्ट पार्टीहरुले देशभरि नै आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७औँ स्मृति दिवस मनाउँदैछन्। विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालले नै कार्लमाक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ ९कम्युनिस्ट पार्टीको घोषणापत्र, सन् १८४८० को पहिलोपटक नेपाली भाषामा अनुवाद गरेका थिए।

पुष्पलालकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थापना भएको हो। पुष्पलाल नेकपाका संस्थापक महासचिव थिए। उनको २०३५ साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस