महिला उद्यमी महासंघ नेपालका केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले महिलाहरूलाई आर्थिक रुपमा सशक्त बन्न उद्यमशीलताको बाटो अपनाउनुपर्नेमा जोड दिएकी छन्।
धनुषाको लालगढमा आयोजित प्रदेशस्तरीय परामर्श कार्यशालामा उनले महिला उद्यमशीलता प्रवर्द्धनका लागि अवलम्बन गरिएका नीतिगत र कार्यक्रमगत व्यवस्थाका विषयमा छलफल गर्दै उनले साना, घरेलु र मझौला उद्योगमा काम गर्ने वातावरण सहज र सुरक्षित हुनुपर्ने धारणा राखिन्।
कार्यक्रममा अध्यक्ष ज्ञवालीले भनिन्, ‘अहिले महिलाहरू आर्थिक सशक्तिकरणको क्षेत्रमा कमजोर छन्। अब उद्यमशीलतामा लाग्न जरुरी छ। ‘महिला दिदीबहिनीहरुका लागि साना, घरेलु र मझौला उद्योगमा काम गर्ने वातावरण सहज र सुरक्षित हुनुपर्छ। यसका लागि नीति तथा नियमहरू महिलामैत्री हुनुपर्छ।’
महिला उद्यमशीलताको माध्यमबाट घरेलु तथा स्वदेशी उत्पादनमा वृद्धि गर्नुपर्ने उनको धारणा थियो। भारतमा महात्मा गान्धीले चर्खा चलाएर स्वदेशी उत्पादनलाई प्राथमिकता दिएको उदाहरण प्रस्तुत गर्दै ज्ञवालीले भनिन्, ‘हामी पनि स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्छ। स्वदेशी उत्पादनले देशको आर्थिक अवस्थामा सुधार ल्याउन सकिन्छ।’
ज्ञवालीले महिलाहरुको शिक्षामा पनि विशेष जोड दिनुपर्ने बताइन्। उनले भनिन्, ‘जब महिला शिक्षित हुन्छिन्, तब उनी आर्थिक रुपमा सशक्त हुन्छिन्। छोराछोरीलाई शिक्षित बनाउन सकिन्छ र परिवार सहज ढंगले चलाउन सकिन्छ।’
महिला उद्यमी महासंघले विगत २१ वर्षदेखि महिलाहरूलाई उद्यमशील बनाउन र आर्थिक तथा सामाजिक क्षेत्रमा सशक्त तुल्याउन सक्रिय भूमिका खेल्दै आएको जानकारी दिँदै उनले महासङ्घमा हालसम्म ५ हजार ५ सय महिला सदस्यता प्राप्त रहेको र अप्रत्यक्ष रुपमा १ लाखभन्दा बढी महिलासँग सम्पर्कमा रहेको जानकारी दिइन्।
ज्ञवालीका अनुसार महिला सशक्तीकरणको आधार उद्यमशीलता, स्वदेशी उत्पादन र शिक्षामा आधारित हुनुपर्छ। जसले महिला मात्र नभई सम्पूर्ण समाजलाई आर्थिक र सामाजिक विकासको बाटोमा लैजान मद्दत गर्छ।