संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुरक्षित र नियमित आकाश नेपालीको पहिलो प्राथमिकता भएको बताएका छन्।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्। पछिल्लो समय तथ्य र तथ्याङ्क भन्दा पनि लहडको भरमा काम गर्ने प्रवृत्ति बढेको भन्दै लहडको भरमा काम गर्दा देश दुर्घटनामा पर्ने उनको तर्क छ।
साे अवसरमा उनले हवाई दुर्घटनाबारे अनुसन्धान गर्ने स्थायी आयोग निर्माणको लागि कानूनी प्रक्रिया अगाडि बढाएको जानकारी समेत दिएका छन्।
मन्त्री पाण्डेका अनुसार आयोग बनेपछि नेपाली आकाशमा देखिएको समस्या केही हदसम्म समाधान हुनेछ। नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमबीच सहकार्य गर्न सके पनि हवाई क्षेत्रमा देखिएका समस्या समाधान हुने उनको भनाई थियो।
’दिगो भविष्य : आगामी ८० वर्षको लागि सँगै’ भन्ने नाराका साथ यो वर्षको अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइदैँछ।