नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले तीन वामपन्थी दलका नेताहरूसँग राजनीतिक ध्रुवीकरणका लागि वार्ता गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आज बिहान मात्रै ती नेताहरूसँग संवाद भएको र संवाद सकारात्मक रहेको जानकारी दिए। उनले वार्तामा सहभागी नेताहरू केही माओवादी आन्दोलनसँग सम्बन्धित र केही वामपन्थी समाजवादी धारासँग आबद्ध रहेको बताए।
अध्यक्ष दाहालले वामपन्थी नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई प्रभावकारी कार्यान्वयन गर्न सबै वामपन्थी शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा सहमति गरेको उल्लेख गरे।
“नेपालको राजनीतिक आन्दोलन, वामपन्थी आन्दोलन, र लोकतान्त्रिक आन्दोलनलाई सुदृढ गर्न एकता अपरिहार्य छ,” उनले भने।
यद्यपि, उनले वार्तामा सहभागी नेताहरूको नाम खुलाएनन्। तर, सबै नेताहरूले एकताका लागि सैद्धान्तिक सहमति जनाएको उनले प्रस्ट पारे। “तीन वामपन्थी दलसँगको संवाद सकारात्मक थियो। यो देशको लोकतान्त्रिक आन्दोलनको आवश्यकता हो,” अध्यक्ष दाहालले थपे।
कार्यक्रममा अध्यक्ष दाहालले आगामी हिउँदे अधिवेशनमा शिक्षा विधेयक आवश्यक संशोधनसहित पारित गरिने प्रतिबद्धता व्यक्त गरे। उनले शिक्षकहरूको माग पूरा गरेरमात्र विधेयक अघि बढाइने आश्वासन पनि दिए।
उनले नेपालको राजनीतिक इतिहासमा शिक्षकहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै भने, “शिक्षकहरूले गाउँ, टोल, र शहरमा राजनीतिक जागरण पैदा गर्न महत्वपूर्ण योगदान गर्नुपर्छ। उनीहरू लोकतान्त्रिक आन्दोलनको मेरुदण्ड हुन्।”
अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी कामहरू अन्तिम चरणमा पुगेको जानकारी पनि दिए।
वामपन्थी एकता, लोकतान्त्रिक संविधानको सुदृढ कार्यान्वयन, र शिक्षा क्षेत्रको सुधारका लागि कदम चालेको माओवादी केन्द्रले अन्य वामपन्थी दलहरूसँग एकताको माध्यमबाट ठोस पहल गर्ने संकेत दिएको छ।