सहकारी ठगी प्रकरणमा ५० दिनभन्दा बढी समय हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले सोमबार पर्सा पुर्याएको छ।
कास्की प्रहरीको हिरासतबाट उनलाई काठमाडौं विमानस्थल ट्रान्जिट बनाएर सिमरा पुर्याइएको थियो। त्यहाँबाट गाडीमार्फत पर्सा लगिएको हो।
अनुसन्धानका क्रममा सानो पाइला सहकारीको रकम अपचलनमा लामिछानेको संलग्नता देखिएपछि पर्सा प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गर्न अदालतसँग अनुमति मागेको थियो।
पर्सा जिल्ला अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएपछि सोमबार लामिछानेलाई बुद्ध एयरको जहाजमार्फत काठमाडौंदेखि सिमरा पुर्याइएको प्रहरीले जानकारी दिएको छ।
सिमरा विमानस्थलमा लामिछानेका समर्थकले प्रदर्शनसमेत गरेका थिए।