प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र एकता र अनुशासनलाई बलियो बनाउँदै आन्तरिक असमझदारीलाई बाहिर ल्याएर आलोचना नगर्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।
सोमबार बिर्तामोडमा एमाले झापा जिल्ला कमिटीले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कार्यकर्ताहरूलाई पार्टी र देशको हितका लागि सचेत, सङ्गठित र सक्रिय रहन प्रेरित गरे।
उनले झापा विद्रोहको गौरवपूर्ण इतिहासबाट प्रेरणा लिएर क्रान्तिकारी विचारधारालाई कहिल्यै नत्याग्नुपर्नेमा जोड दिए। ओलीले पार्टीलाई भ्रष्टाचार र अराजकताबाट टाढा राख्दै जनतासँगको सम्बन्ध अझ बलियो बनाउन निर्देशन दिए।
उनले भने, ‘हामी परिवर्तनका लागि प्रतिबद्ध छौं। गरिबी र पछौटोपन अन्त्यका लागि ठूला प्रयास आवश्यक छन्। यस्तो काम केवल एमालेले मात्र गर्न सक्छ।’
उनले पार्टीका प्रतिस्पर्धी र विरोधीका गलत आरोपलाई सामाजिक सञ्जालबाट दृढताका साथ खण्डन गर्न सुझाउँदै कार्यकर्ताहरूलाई आपसी मतभेदलाई सार्वजनिक मञ्चमा नल्याउन चेतावनी दिए।
यसअवसरमा उनले पार्टीलाई अनुशासन, पारदर्शिता र उच्च नैतिकताका नमुना संस्था बनाउँदै जनताका समस्या समाधान गर्न कार्यकर्तालाई प्रेरित गरे।