प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक तीन दिन पछि सरेको छ।
शुक्रबार बसेको स्थायी समिति बैठकले तयारी नपुग्ने कारण देखाउँदै बैठक पुस २१ गतेका लागि बोलाउने निर्णय गरेको हो। यसअघि केन्द्रीय समिति बैठक पुस १८ गतेका लागि बोलाइएको थियो।
पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बसेको स्थायी समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले बैठक केहीदिन पछि सार्न राखेको प्रस्ताव सर्बसम्मत पारित भएको थियो।
बैठकमा सातै प्रदशेका इन्चार्जले चुनावको अवस्थाबारे रिपोर्ट राखेका थिए। उनीहरुले माओवादी मिलेर जाने हो भने अझै पनि जनता पक्षमा देखिएको बताएका थिए। अध्यक्ष दाहालले विभिन्न राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय अवस्थाबारे ब्रिफिङ गरेको अथकले बताए।