नेपाल पत्रकार महासंघ बर्दिया शाखाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल घिमिरे निर्वाचित भएका छन्।
शुक्रबार सम्पन्न निर्वाचनमा उनले साझा गठबन्धनका उम्मेदवार सन्तोष पौडेललाई पराजित गर्दै ३६ मत प्राप्त गरेर विजय हासिल गरे। पौडेलले भने १९ मत मात्र पाएका थिए।
जिल्लामा कुल ६२ मतदाता मध्ये ५५ मत खसेको थियो। सचिव पदमा यज्ञ सापकोटाले ४७ मत ल्याएर विजयी भए भने कोषाध्यक्षमा हरि गुरुङले ३५ मत प्राप्त गरे।
निर्वाचनमा अध्यक्ष, सचिव, र कोषाध्यक्ष पदका लागि मात्र प्रतिस्पर्धा भएको थियो भने अन्य पदाधिकारीहरू निर्विरोध चयन भएका छन्।
उपाध्यक्ष (महिला) पदमा पुष्पा चौधरी, उपाध्यक्ष (खुला) मा डिल प्रकाश गौतम, सहसचिव (खुला) मा भीम बहादुर उचै ठकुरी र सहसचिव (समावेशी) मा सञ्जु (शरम) चौधरी निर्विरोध निर्वाचित भएका हुन्।
मुख्य निर्वाचन अधिकृत कमल कुमार पन्थीका अनुसार अन्य सबै सदस्यहरू पनि निर्विरोध चयन भएका छन्। नयाँ नेतृत्वले महासंघको गतिविधिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।