प्रधानमन्त्री केपी शर्मा ओली आगामी पौष २५ देखि चारदिने भारत भ्रमणमा जाने भएका छन्।
एमाले नेता महेश बस्नेतले यसबारे जानकारी दिदैँ सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आगामी पौष २५ गतेदेखि ४ दिने भारत भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओलीज्यू जाने तय भएको छ।’
तेस्रो पटक प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो भारत भ्रमण हुनेछ। यसअघि ओली चार दिने चीन भ्रमणमा गएका थिए। चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा ओलीले मंसिर १७ गते बेइजिङ प्रस्थान गरेका थिए।
बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी र राष्ट्रपति सी चिनफिङसँग भेट गरेका थिए। चीन भ्रमणका क्रममा नेपाल–चीनबीच विभिन्न सहमतिमा हस्ताक्षर समेत भएका थिए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...