ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरलाई नेपालको सबैभन्दा सफा सहर बनाउने आफ्नो सङ्कल्प दोहोर्याएका छन्।
मंगलबार महानगरपालिकाको १०६औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा बोल्दै उनले प्राकृतिक विपद्को सामना गर्ने सवालमा ललितपुरलाई नेपालकै उत्कृष्ट पालिका बनाउनेतर्फ काम भइरहेको जानकारी दिए।
उनले ललितपुरको वडा नम्बर-२३ र २४ मा पर्ने धापाखेलको बाटो निर्माणमा सङ्घीय सरकारले चासो नदिएको भन्दै गम्भीर असन्तोष प्रकट गरे।
महर्जनले स्थानीय घरधनीहरू मुआब्जा पाएमा घर छोड्न तयार रहेको तर सङ्घीय सरकारको ढिलाइका कारण समस्या जटिल बन्दै गएको उल्लेख गरे। उनले प्रधानमन्त्रीलाई तत्काल मुआब्जा वितरण प्रक्रिया अघि बढाउन र बाटो निर्माणमा तीव्रता दिन आग्रह गरे।
"हामी ललितपुरलाई सबैभन्दा सफा सहर र प्राकृतिक विपद्को सामना गर्ने अब्बल पालिका बनाउने दिशामा अघि बढिरहेका छौं। तर, धापाखेलको बाटो हाम्रो लागि लाजमर्दो विषय बनेको छ। सङ्घीय सरकारले मुआब्जा वितरण गरेर समस्या समाधान गर्नुपर्छ," उनले भने।
साथै, उनले महानगरको सातदोबाटो र चापागाउँमा फ्लाईओभर तथा एकान्तकुनामा अण्डरपास निर्माणको आवश्यकता औंल्याए।