नेपथ्यबाट चलाइएको हल्लामा सत्यता छैन: मन्त्री गुरुङ
०७ पौष २०८१
•
२ मिनेट पाठ
नेपथ्यबाट चलाइएको हल्लामा सत्यता छैन: मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको स्थायित्वबारे नेपथ्यबाट चलाइएको हल्लामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन्।




सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आइतबार आयोजित मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री गुरुङले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचको सहमतिमा गठन भएको वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्म तलमाथि नभई निर्बाध रुपमा सञ्चालन हुने बताए।

“नेपाली कांग्रेस र एमालेको सदनमा एक सय ६७ सिट सङ्ख्या छ। बहुमतका लागि अरू दल खोज्न परेन। राष्ट्रिय सङ्कट समाधानका लागि मिल्नुपर्छ भन्ने प्रमुख दुई दलबीचमा समान बुझाइ रहुन्जेल सरकार कसैले चाहँदैमा फेरबदल हुँदैन”, मन्त्री गुरुङले भने।

विभिन्न क्षेत्रमा बिग्रँदै र भत्कँदै गएको अवस्थालाई सरकारले नियन्त्रणमा लिई मुलुकलाई असफल हुनबाट बचाएको अवस्था रहेको उल्लेख गर्दै उनले सामाजिक क्षेत्रमा देखिएको असहिष्णुताको वातावरण हटाउनसमेत सफल भएको स्पष्ट पारे।

मन्त्री गुरुङले भने, “कांग्रेस र एमालेबीच बनेको सहमतिअनुसार २०४८ साल, २०५६ र २०६४ सालमा जस्तै दुई दलबीच सरकार चलाउने तथा आपसमा चुनावी प्रतिस्पर्धा गर्दै २०८४ सालको चुनाव सम्पन्न गरिनेछ।”

मुलुकमा राजनीतिक अस्थिरताका कारण नीतिगत अस्पष्टता, लक्ष्यअनुरूप बजेट कार्यान्वयन र राजस्व सङ्कलन नहुँदा राष्ट्रिय गौरवको आयोजना समयमा पूरा हुन नसकेको मात्र नभई व्यापार घाटा बढ्नाका साथै निर्माण सामग्री आयात ठप्प हुन गई सङ्कटपूर्ण परिस्थितिमा वर्तमान सरकार गठन गरिएको मन्त्री गुरुङले प्रसङ्ग उल्लेख गरे।

राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण योगदान गरेका कांग्रेस र एमालेले मिलेर सरकार गठन गर्नुको कारण र औचित्य प्रष्ट पार्दै उनले राजनीतिक स्थिरता र सुशासन कायम गरी शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकार लागि परेको बताए।

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने विषय संसदीय प्रणालीमा विरलै हुने घटना भए पनि सरकारले विकास, समृद्धि र स्थिरताको मूलभूत दायित्व पूरा गर्ने विश्वास दिलाए।  

मन्त्री गुरुङले भने, “देशको राजनीतिक परिघटनामा प्रमुख राजनीतिक दल मिलेर सङ्कटको समाधान गर्दै आएको इतिहास छ। अहिले पनि विभिन्न क्षेत्रमा देखिएका समस्या र राजनीतिक अस्थिरता अन्त्य गर्न वर्तमान सरकार गठन भएको हो। उद्देश्य र लक्ष्य पूरा गर्नेछ।”
अर्को समाचार
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
४८ सेकेन्ड अघि
•
१ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। 




केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले सरकारलाई अध्यादेश फिर्ता लिन, संसद्को अधिवेशन बोलाउन र संवैधानिक संस्थाको मर्यादा कायम राख्न आग्रह गरेका हुन्।

पौडेलले सरकार गठनको सुरुवाती कमजोरीलाई अनुभवको कमीका रूपमा लिएर कांग्रेसले संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको कार्यशैली र नेतृत्वको सोचमाथि प्रश्न उठेको उनको भनाइ थियो। संसद्लाई छल्ने, संसदीय समितिप्रति जवाफदेही नहुने र अध्यादेशमार्फत शासन चलाउन खोज्ने प्रवृत्ति देखिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।

बैठकले प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ गतेका घटनासँग जोडिएका विषयमा पर्याप्त छलफल नगरी ल्याइएका अध्यादेश फिर्ता लिन र संसद्को अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेको छ। त्यस्तै, विभिन्न प्रकरणमा राज्य शक्तिको दुरुपयोग र राजनीतिक हस्तक्षेप भएको भन्दै निष्पक्ष तथा स्वतन्त्र अनुसन्धान गर्नुपर्ने निर्णय गरेको पौडेलले बताए।

कांग्रेसले अर्थतन्त्र कमजोर हुँदै गएको, महँगी बढेको र नागरिकको जनजीविका कठिन बनेको विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको छ। निजी क्षेत्रको विश्वास फर्काउन, लगानीको वातावरण बनाउन तथा किसानले उत्पादनको उचित मूल्य पाउने व्यवस्था गर्नुपर्ने उसको माग छ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई कांग्रेसले सकारात्मक माने पनि सीमा विवादलगायतका महत्त्वपूर्ण विषय उठाउन नसकेको भन्दै प्रश्न गरेको छ। भैरहवा हुँदै दुईतर्फी हवाई मार्ग सञ्चालन गर्ने सहमति र भारतले घोषणा गरेको २४० अर्ब रुपैयाँ बराबरको सहयोग प्याकेजलाई भने स्वागत गरेको पौडेलले जानकारी दिए।

बैठकले भोटेकोशी, बूढीगण्डकी र कालीगण्डकी क्षेत्रका बाढीपीडितको पुनःस्थापना तथा पुनर्निर्माणका लागि पहल गर्नुपर्ने निर्णय गरेको छ। सुकुमबासी तथा भूमिहीनलाई वैकल्पिक व्यवस्था नगरी हटाउने काम रोक्न र उनीहरूको व्यवस्थापन मानवीय ढंगले गर्न पनि कांग्रेसले माग गरेको छ।

त्यस्तै, पार्टीको नाम, झण्डा, लेटरप्याड र चुनाव चिह्न रुख अनधिकृत रूपमा प्रयोग गर्ने व्यक्ति तथा समूहविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने निर्णय भएको छ। बैठकले कार्यसम्पादन समिति र केन्द्रीय अनुशासन समितिलगायतका समिति गठनका लागि सभापतिलाई अधिकार प्रत्यायोजन गरेको छ।

कांग्रेसले लैंगिक समानता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान स्थापना गर्ने र लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानप्रति ऐक्यबद्धता जनाउने निर्णय पनि गरेको छ। साथै, सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि २०८३ परिमार्जनसहित पारित गरेको छ।

किसानका समस्या समाधान र उत्पादनको उचित मूल्य निर्धारण गर्नुपर्ने विषयलाई पनि बैठकले निर्णयमा समेटेको पौडेलले बताए। कांग्रेसले सरकारका कामकारबाहीमाथि संसद् र सार्वजनिक मञ्चबाट निरन्तर निगरानी तथा खबरदारी गर्ने जनाएको छ।

https://images.nagariknewscdn.com/pdf/jpg2pdf.pdf
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४८ सेकेन्ड अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
यो पनि पढौँ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस