नेकपा (माओवादी केन्द्र) का नेता लेखनाथ न्यौपानेले नेताहरू हुनुपर्ने जस्ता नभएको बताएका छन् ।
'हामी जस्ता हुनुपर्ने त्यस्ता छैनौँ वा हामी हामीजस्ता छैनौँ । पार्टी पार्टीजस्तो छैन । जनवर्गीय संगठन जनवर्गजस्ता छैनन् । नेता नेताजस्ता पटक्कै छैनौँ । कार्यकर्ता कार्यकर्ताजस्ता छैनौँ,' नेता न्यौपानेले आफ्नो फेसबूक ह्यान्डलमा लेखेका छन्।
यसैकारण नेताहरूमा 'डबल स्ट्यान्डर्ट' देखिएको उनले बताएका छन् । 'हाम्रो व्यवहार ढोंगी छ । हाम्रा निर्णय र कार्यान्वयन नक्कली र फर्जी हुन्छन्,' नेता न्यौपाने लेख्छन् ।
फर्जी काममा कतै उभिनुभन्दा र बोल्ने एउटा गर्ने अर्कै गर्नुभन्दा नबोल्ने बानी परेको उनले औँल्याएका छन् । भनेका छन्, 'ढोंगी बन्नुभन्दा कैयौं विषयमा नबोल्ने बानी बसेको छ ।'
न्यौपाने माओवादीभित्र छुट्टै धारका नेता मानिन्छन् । पार्टीभित्र सैद्धान्तिक र वैचारिक बहस हुनुपर्छ भन्ने र त्यसैगरी व्यक्त हुने उनी पछिल्लो समय कम 'एक्सपोज' हुन्छन्।