मधेस प्रदेश सरकारले स्थानीय तह कर्मचारीहरूलाई प्रदर्शन नगर्न आग्रह गरेको छ।
प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ कार्यान्वयनका क्रममा देखा परेका समस्या समाधानका लागि गृहकार्य गरिरहेको भन्दै प्रदर्शन नगर्न अनुरोध गरेको हो।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णले बिहीबार जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्री सतिशकुमार सिंह स्थानीय तहका कर्मचारीहरूले उठाएका समस्याप्रति जानकार रहेको र समाधानका लागि आवश्यक प्रयास भइरहेको उल्लेख छ।
प्रदेश मन्त्रिपरिषद्ले पुस १६ गते ऐनका प्रावधान कार्यान्वयनका क्रममा देखिएका समस्या अध्ययन र समाधानका लागि गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको नेतृत्वमा एक समिति गठन गरेको छ।
सो समितिमा शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, र वन तथा वातावरण मन्त्री त्रिभुवन साह सदस्य रहेका छन्।
समितिले समस्याको विश्लेषण गरी सुधारका सुझाव दिन काम तीव्रताका साथ अघि बढाएको बताइएको छ। गृहकार्य पूरा नहुँदासम्म प्रदर्शन नगर्न कर्मचारीहरूलाई आग्रह गरिएको छ।
विज्ञप्तिमा मुख्यमन्त्री सिंहले कर्मचारीहरूले ऐनका प्रावधान नहुँदा पदस्थापन र स्तरवृद्धिमा अवरोध भएको गुनासाप्रति गम्भीर ध्यान दिएको उल्लेख छ। मन्त्री लेखी नेतृत्वको समितिबाट प्राप्त सुझावका आधारमा आवश्यक कदम चाल्ने प्रतिबद्धता मुख्यमन्त्रीले व्यक्त गरेको जनाइएको छ।
प्रदेश सरकारले कर्मचारीहरूका जायज माग पूरा गर्न प्रतिबद्ध रहेको भन्दै सहकार्यका माध्यमबाट समस्या समाधान गर्ने स्पष्ट गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
शनिबार सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रशिक्षणपछि आसपासका बस्तीमा एक्लै पुगेर नागरिकसँग कुराकानी गर्ने बताएका हुन्।
लामिछानेले आफू जनतासँग भेट्न जाँदा पार्टीका कुनै पनि नेता तथा कार्यकर्ता साथमा नआउन आग्रह गरे।
‘म नेताहरूबाट घेरिएर होइन, जनताहरूबाट घेरिन चाहन्छु। म एक्लै जान्छु, तपाईंहरू प्रशिक्षणमा बस्नुस्,’ उनले भने।
उनले विमानस्थलदेखि विमानस्थलसम्म पुग्दा नेता तथा कार्यकर्ताले घेरिने र तिनै व्यक्तिहरू तस्बिरमा देखिने गरेको बताए।
‘धेरै भयो जनतासँग नबसेको। एयरपोर्टदेखि एयरपोर्टसम्म पुग्दा नेताहरू र कार्यकर्ताबाट घेरिन्छु। तिनै साथीहरू वरिपरि फोटोमा देखिन्छन्,’ उनले भने।
लामिछानेले यसपटक फोटो र भिडियो खिचाउनेभन्दा नागरिकका समस्या सुन्ने उद्देश्यले बस्तीमा जान चाहेको बताए।
उनले पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो भ्रमणको तस्बिर देखाएर आफू सभापतिसँग नजिक रहेको वा उम्मेदवारको टिकट पाउने दाबी नगर्न पनि आग्रह गरे।
‘त्यो फोटो देखाएर म निकै नजिक छु, मैले नै टिकट पाउने हो भनेर बेच्न त पाइन्न,’ उनले भने।
लामिछानेले नागरिकसँगको भेटलाई राजनीतिक प्रचारभन्दा पनि आत्मीय सम्बन्धका रूपमा लिनुपर्ने बताए।
उनले आफू कहाँ जाने भन्ने ठाउँसमेत तय नगरेको उल्लेख गर्दै आसपासका बस्तीमा पुगेर नागरिकसँग प्रत्यक्ष कुराकानी गर्ने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...