लन्चमा मिल्दै, नेतृत्वमा भिड्दै नेता पुत्रत्रय
१९ पौष २०८१
•
३ मिनेट पाठ
लन्चमा मिल्दै, नेतृत्वमा भिड्दै नेता पुत्रत्रय
बैठकपछि विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइराला।
विधानको व्यवस्थाअनुसार नेपाली कांग्रेसको १५औं महाधिवेशन अबको एक वर्षभित्र हुनुपर्नेछ। कांग्रेसभित्रको तयारी र विगतको अभ्यास हेर्दा १५औं महाधिवेशन कहिले हुन्छ भन्ने निश्चित छैन तर नेतृत्वमा पुग्न नेताहरूले सक्रियता बढाएको भने लामै समय भइसकेको छ। महाधिवेशनको परिणाम पक्षमा पार्न कांग्रेसका केही पदाधिकारी क्रियाशील सदस्यता वितरणदेखि नै सक्रिय भएका छन् केहीले नेता तथा कार्यकर्तासँगको भेटघाटलाई तीव्र बनाएका छन्।




नेतृत्वका आकांक्षीमध्येका तीनजना नेता भने विगतमा जस्तै फेरि ‘लन्च मिटिङ’ मा जुट्न थालेका छन्। कांग्रेस संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराले १५औं महाधिवेशनको चर्चासँगै एकपछि अर्को बैठक गरिरहेका छन्।

बिपीपुत्र शशांक कोइरालाले गत असोज ७ गते पहिलो बैठक राखेका थिए। यसैक्रममा गणेशमान पुत्र प्रकाशमान सिंहले बुधबार दोस्रो बैठक राखे। यसले कांग्रेसभित्रको राजनीतिमा तरंग ल्याएको छ तर १४औं महाधिवेशनअघि पनि महेन्द्रनारायणपुत्र विमलेन्द्र निधि, बिपीपुत्र शशांक र गणेशमानपुत्र प्रकाशमानले पटकपटक यस्तै बैठक गरेका थिए।

आगामी दिनमा पनि आलोपालो यसैगरी बैठक गर्ने समझदारी गरेका उनीहरूले १४औं महाधिवेशनअघि पनि आआफ्नो निवासमा पटकपटक ‘लन्च मिटिङ’ गरेका थिए तर अन्त्यमा उनीहरू तीनैजना मिल्न सकेनन्। महाधिवेशनमा सभापतिका लागि विमलेन्द्र, प्रकाशमान, शेरबहादुर देउवा, शेखर कोइराला र कल्याण गुरुङ प्रतिस्पर्धामा उत्रिए। शशांक केन्द्रीय सदस्यको उम्मेदवार बने। केन्द्रीय सदस्यमा उम्मेदवारीसँगै उनी मौन बसे। सभापतिका प्रत्यासीमध्ये कसैको पक्षमा उनले मुख खोलेनन्। त्यसको लाभ देउवाले उठाए र दोस्रो पटक सभापतिमा निर्वाचित भए।

कांग्रेस विधानको व्यवस्थाअनुसार १५औं महाधिवेशनमा देउवा सभापतिको प्रत्यासी बन्न पाउने छैनन्। त्यसको लाभ उठाएर नेतृत्वमा पुग्न नेतापुत्रत्रयसहित कांग्रेसका अन्य नेताहरू सक्रिय भएका छन्। नेतृत्वका आकांक्षीहरूले प्रतिस्पर्धामै केन्द्रित भएर भेटघाट सुरु गरेका छन्। शशांक, प्रकाशमान र विमलेन्द्रमा कांग्रेसको संगठनसँगै विरासतको प्रभाव  पनि केही छ।

चिकित्सक पेसामा रहेका शशांक विरासतबाटै राजनीतिमा उदाएका हुन् भने विमलेन्द्र र प्रकाशमान विद्यार्थीकालबाटै कांग्रेस राजनीतिमा होमिएका हुन्। मिलेर एकजना अघि सर्दा कांग्रेसको नेतृत्व लिन सकिने विश्वास शशांक, प्रकाशमान र विमलेन्द्रको छ। तर यी तीनैजना नेतृत्वका आकांक्षी भएकाले एकले अर्कालाई छाडिदिए हुन्थ्यो भन्ने पक्षमा रहेको निकटहरू बताउँछन्।

लामो समयसम्म देउवालाई सहयोग गरेका विमलेन्द्र १४औं महाधिवेशनमा देउवासँगै नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका थिए। तर पहिलो चरणमा कसैले आवश्यक बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा गएको निर्वाचनमा निधि र सिंह दुवैले देउवालाई सहयोग गरे। उनीहरू आगामी महाधिवेशनमा उनै देउवाको साथ लिएर नेतृत्वमा पुग्ने आशमा छन्। शशांक पनि यही आश र विश्वासमा छन्। बिपीपुत्र भन्ने सहानुभूतिको मतसहित देउवाको साथ लिएर पार्टी नेतृत्वमा पुग्ने सोचमा शशांक रहेको निकटहरूको दाबी छ।

कांग्रेसका शशांक, प्रकाशमान र विमलेन्द्रलाई नजिकबाट नियालेका एक नेताले जति ‘लन्च मिटिङ’ बसे पनि १४औं महाधिवेशनमा जस्तै १५औं महाधिवेशनमा पनि उनीहरू एकअर्काविरुद्ध खडा हुने दाबी गरे। तर तीनमध्येका एक नेताले आगामी महाधिवेशनमा विगतको जस्तो नहुने दाबी गरे।

पार्टी उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, एनपी साउदसहितका नेताहरूलाई समेत साथ लिएर अघि बढ्ने दाबी ती नेताको छ। ‘हामी कोर्स करेक्सनको पक्षमा छौं’, ती नेताले भने, ‘हामी मिलेरै नेतृत्वका एकजना अघि सर्छौं। पार्टी र मुलुकलाई अघि बढाउँछौं।’

खड्का, सिटौलासहितका नेताले पनि आफूहरूलाई सभापतिको प्रत्यासीका रूपमा प्रस्तुत गर्न थालेका छन्। १४औं महाधिवेशनमै सभापतिको प्रत्यासी बनेका शेखर कोइरालाले पनि आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन्। सोहीअनुसार उनले नेता तथा कार्यकर्ता भेट्न थालेका छन्। शेखर समूहबाट महामन्त्रीमा निर्वाचित गगनकुमार थापा सभापति देउवासँग नजिकिएर नेतृत्वमा पुग्ने रणनीतिमा छन्।
अर्को समाचार
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
४ मिनेट अघि
•
१ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
फाइल।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम दिन बाँकी रहेको बताएका छन्।

शनिबार सुर्खेतमा आयोजित पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले कर्णालीमा रास्वपाको उपस्थिति र संसदीय प्रतिनिधित्व कमजोर रहेको सुनााए। यद्यपि, प्रदेशका मुद्दालाई राष्ट्रिय राजनीतिमा प्राथमिकताका साथ उठाउने उनले प्रतिबद्धता जनाए।

लामिछानेका अनुसार कर्णालीको विकासलाई निर्वाचनको मत परिणामसँग जोडेर हेरिने छैन। कर्णालीका जनताले एक भोट नदिए पनि रास्वपा सरकारमा रहुन्जेल प्रदेशको विकास प्राथमिकतामा रहने उनको दाबी छ।


विगतमा अन्य दलहरूले आफ्ना उमेदवार जिताए मात्र विकास गर्ने आश्वासन दिने गरेको आरोप लगाउँदै उनले रास्वपाले त्यस्तो राजनीतिक सौदाबाजीमा विश्वास नगर्ने बताए।

‘हामी कर्णालीसँग सौदा गर्न आएका होइनौं। हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौं भन्ने होइन,’ लामिछानेले भने, ‘चाहे जीवनभर हारौं, कर्णालीले एकजना पनि नपठाओस् र एक भोट पनि नदियोस्, रास्वपा सरकारमा रहुन्जेल कर्णाली प्राथमिकतामा रहनेछ।’

पुल र बाटो बनाइदिने सर्तमा नभई कर्णालीका मुद्दा केन्द्रमा लैजाने प्रतिबद्धतासहित आफूहरू आएको उनले उल्लेख गरे। राजनीति चुनावका निम्ति मात्र नभएको बताउँदै उनले चुनाव राजनीतिको एउटा पाटो मात्र भएको धारणा राखे।



चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस