'देश बिग्रनुमा नेताको मात्रै हात छैन'
२२ पौष २०८१
•
१ मिनेट पाठ
'देश बिग्रनुमा नेताको मात्रै हात छैन'
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश बिग्रनुमा नेताको मात्रै हात नभएको बताएका छन्।




सोमबार प्रगतिशील पत्रकार संघ, नेपालको १८औं स्थापना दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘देश बिगार्नमा नेताको मात्रै होइन, मिडिया र जनताको पनि हात हुन्छ’ केसीले भने, ‘पहिला त नेता ठीक हुनुपर्‍यो। नेताले गल्ती गरे मिडियाले खबरदारी गर्नुपर्‍यो। अनि जनताले सजाय दिनुपर्‍यो। यी तीनवटै तत्व ठीक नभएसम्म देश बन्दैन।’
अर्को समाचार
रास्वपालाई केसीको ‘झट्टी’: पुराना पार्टीले देश बिगारे भनेर घण्टी बजाउँदै आएकाको हालत देखिरहेका छौँ
२९ असार २०८२
•
२ मिनेट पाठ
रास्वपालाई केसीको ‘झट्टी’: पुराना पार्टीले देश बिगारे भनेर घण्टी बजाउँदै आएकाको हालत देखिरहेका छौँ
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आलोचना गरेका छन्। रास्वपाले पार्टी सभापति रवि लामिछानेको पक्षमा गरिरहेको हस्ताक्षर सङ्कलन अभियानको विषय झिक्दै आइतबार (आज) बसेको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा केसीले आलोचना गरेका हुन्।




‘स्वयम् सत्तामा, सरकारमा बसेका मन्त्रीहरू भ्रष्टाचार गर्न, देश लुट्न, घुस खान लाजै नमान्ने भएपछि नेपाली जनतालाई यो लोकतन्त्र, गणतन्त्र आवश्यक छैन भनेर देशव्यापी रूपमा प्रचार गर्ने तत्त्वहरूलाई मलजल भएको छ कि छैन ? अहिले पनि सत्तामा, शक्तिमा बस्नेहरूको काम राष्ट्र र जननताको काम होइन कि विशुद्ध घुस खाने, भ्रष्टाचार गर्ने र केही बहानामा कति दिनदेखि यहाँ संसद्‌मा चाहिँ होहल्ला भइरहेको छ। लोकतन्त्र, गणतन्त्र विरोध दलहरूले त संसद् बहिष्कार गर्नु स्वाभाविक कुरा हो, पुराना पार्टीले देश बिगारे, घुस खाए भनेर घण्टी बजाउँदै आएकाको हालत हामीले देखिरहेका छौँ। अब गर्दा गर्दाचाहिँ हस्ताक्षर अभियान पो चलिरहेको छ देशभरि। हस्ताक्षर अभियान किन चल्या अरे भने अर्बौँ सहकारीको रकम हिनामिना गरेको होइन, यी सत्ताधारीहरूले लगाएको आरोप भनेर अभियान हेर्नुस् त,’ उनले भने।

उनले पुराना पार्टीहरू चोखा छन् भन्ने जिकिर आफ्नो नरहेको उल्लेख गर्दै थप भने, ‘उनीहरूले जतिसुकै बदमासी गरे पनि चोखा छन् भनेको होइन, त्यो किन भनिएको हो भने उनीहरूको बारेमा थाहा पाइ पाइ पनि त्यो बीस सिटको मायाले। उनीहरूसँग बीस सिट छ, उनीहरूले जस्तोसुकै कुकर्म गरे पनि बीस सिटका मायाले अहिलेका सत्ताधारीहरूले बदमासी गरेका हुन्। लोकतन्त्र, गणतन्त्र सिद्धियो भने मुलुकमा ठूलो अनिष्ट हुनेछ,’ उनले भनेका छन्।

केसीले मुलुकमा लोकतन्त्र, गणतन्त्र सकियो भने देश ठूलो अनिष्टमा फस्ने दाबी गरे। ‘आज जसरी प्यालेटाइनी जनताले ७५ वर्षदेखिको भूमि छाडेर ठूला शक्तिहरूको विरुद्धमा लड्न परिरहेको छ, मर्न परिरहेको छ। नेपाल त्यो स्थितिमा जान सक्छ। नेपाललाई गाजाको स्थितिमा पुर्‍याउन सक्छन्। त्यसैले शक्तिमा बस्ने साथीहरूले सीमित आफ्नो स्वार्थलाई केन्द्रमा राखेर होइन, आफ्नै पार्टीको छ, आफ्नै साथी छ भने पनि त्यसले गल्ती कमजोरी गर्छ भने नेपाली जनताको अगाडि सार्वजनिक रूपमा कारबाही गरेर प्रमाणित गरेर देखाउनुपर्छ,’ उनले भने।
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २३ सेकेन्ड अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
यो पनि पढौँ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस