संविधान संशोधन : कांग्रेस-एमालेलाई राष्ट्रियसभा 'घाँडो'!
२३ पौष २०८१
•
३ मिनेट पाठ
संविधान संशोधन : कांग्रेस-एमालेलाई राष्ट्रियसभा 'घाँडो'!
प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार (आज) केन्द्रीय कमिटीको बैठक समापन गर्दै भने, 'संविधान संशोधन ०८७ सालमा मात्रै हुन्छ।'




अहिले राष्ट्रिय सभामा एमालेको बहुमत नरहेको भन्दै उनले थपे, '०८७ सालमा एमालेको बहुमत हुन्छ। संविधान संशोधन त्यसबेला मात्रै हुन्छ।'

जबकि, गत असार १७ गते मध्यराति सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग सत्ता गठबन्धन बनाउने निर्णय गरेको एमालेले संविधान संशोधन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको छ।

लोकतान्त्रिक संसदीय अभ्यासमा संसद्‌का दुई ठूला दलहरू मिलेर सरकार बनाउनु मान्यताविपरीत भन्ने भाष्यलाई संविधान संशोधनको ठूलो मुद्दाले चिरेका ओलीले आज भने तत्कालै संविधान संशोधन सम्भव नरहेको स्वीकारे।

केन्द्रीय कमिटी बैठक केपी शर्मा ओली।
यसमा स्वयम् एमाले नेताहरूले नै पनि उदेक मानेका छन्। ओलीले ०८७ सालमा मात्रै संविधान संशोधन हुने बताउँदा केही नेताहरूले सच्याएर '०८३ सालमा...' भनेका थिए। तर, ओलीले थप जिकिर गर्दै भने, '०८७ नै भनेको हो। संविधान संशोधन ०८७ मै हुन्छ।'

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्षले किन त्यसरी बोल्नुभयो भन्ने नागरिकको जिज्ञासामा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भने, 'यसबारे उहाँलाई नै सोध्नुपर्छ। मलाई थाहा छैन।'

थप सच्याउँदै उनले थपे, 'दुईतिहाइ पुग्दैन भनेर होला कि। राष्ट्रिय सहमति जुट्दैन भनेर होला कि।'

सत्ता-सारथि दल नेपाली कांग्रेसले भने यसलाई ठूलै 'स्टेटमेन्ट'का रूपमा लिएको छ। यसबारे प्रवक्ता डा. प्रकाशशरण महतले नागरिकसँग भने, 'कुन सन्दर्भमा त्यसो भन्नुभयो, मलाई थाहा भएन। यसबारे धारणा बनाउँछौँ।'

दुई दलका बीचमा समझदारी भइसकेको उल्लेख गर्दै प्रवक्तका महतले भने, 'तर, यो ठूलै स्टेटमेन्ट हो। उहाँले कुन सन्दर्भ र केका लागि त्यसो भन्नुभयो भन्नेबारे थप बुझ्छौँ।'

कांग्रेस-एमालेलाई राष्ट्रियसभा 'घाँडो'!

प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा एमालेको बहुमत नभएका कारण संविधान संशोधन ०८७ सालमा मात्रै हुने बताइरहँदा सभाको सबैभन्दा ठूलो दल नेकपा (माओवादी केन्द्र)ले भने राष्ट्रिय सहमतिअनुरूप संशोधन हुने हो भने माओवादी तयार रहेको बताएको छ।

माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले नागरिकसँग भने, 'संविधान संशोधनमा राष्ट्रियसभा होइन, राष्ट्रिय सहमति मुख्य हो। राष्ट्रिय सहमतिअनुरूप संविधान संशोधन हुँदा रोकेर राख्नुपर्ने माओवादी केन्द्रका लागि के छ र त्यस्तो।'

शर्मा प्रधानमन्त्री ओलीले संविधान संशोधनका लागि एमालेकै बहुमत खोज्नुको पछाडि बदनियत रहेको आशङ्का गर्छन्। 'राष्ट्रिय सहमतिअनुरूप संविधान संशोधनको प्रक्रिया अगाडि बढे त्यसमा माओवादी केन्द्रको कुनै डर मान्नुपर्दैन। तर, आफ्नै बहुमत खोज्ने कुरा कति असल नियत हो, त्योचाहिँ बुझ्नुपर्छ।'

पुष्पकमल दाहाल।
शर्माको आरोप छ कि संविधान संशोधनको मुद्दा सोचेर विचार गरेर आएको एजेन्डा नै होइन। संविधान संशोधनको एजेन्डा कांग्रेस एमालेले के एजेन्डा उठाउने उठाउने हुँदा उठाएको एजेन्डा मात्रै भएको आरोप शर्माको छ।

त्यसो त अहिलेको राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी माओवादी केन्द्र नै हो। माओवादीसँग अहिलेको राष्ट्रिय सभामा १७ सिट छ। त्यसमा पनि अध्यक्ष (नारायण दाहाल) पनि माओवादीकै कोटाबाट निर्वाचित छन्।

यसबाहेक प्रमुख सत्ता साझेदारका रूपमा रहेका कांग्रेससँग १६ सिट छ भने सत्तारूढ एमाले ९ सिटमा सीमित छ। यसरी हेर्दा कांग्रेस-एमालेको सिट २५ हुन्छ। जबकि, प्रावधानअनुरूप संविधान संशोधनका लागि ५९ सदस्यीय राष्ट्रिय सभामा दुईतिहाइ अर्थात् कम्तीमा ४० जना सांसदको समर्थन चाहिन्छ।

यसबाहेक अहिले सरकारमा जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छन्। जसमा लोसपासँग १ सिट हुँदा जसपा र नाउपा सिटविहीन छन्।

उसो त यसअघि प्रतिनिधिसभा बैठकमै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गलत नियतका साथ गर्न लागिएको संविधान संशोधन रोक्नका लागि राष्ट्रियसभा नै काफी रहेको बताएका थिए। माओवादी केन्द्र अहिले पनि यही अडानमा रहेको नेताहरूले बताएका छन्। 

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीले भने- संविधान संशोधन ०८७ सालमा हुन्छ
अर्को समाचार
पुष्पलालप्रति उच्च सम्मान: प्रधानमन्त्री ओली
०७ साउन २०८२
•
१ मिनेट पाठ
पुष्पलालप्रति उच्च सम्मान: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठपप्रति उच्च सम्मान व्यक्त गरेका छन्।




प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत पुष्पलालको ४७औँ स्मृति दिवसमा उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।

“आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको स्मृति दिवस । श्रद्धेय नेता पुष्पलालप्रति उच्च सम्मान, भावपूर्ण श्रद्धाञ्जली १”, प्रधानमन्त्री ओलीले सामजिक सञ्जालमा लेखेका छन्।

कम्युनिष्ट पार्टीहरुले देशभरि नै आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७औँ स्मृति दिवस मनाउँदैछन्। विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालले नै कार्लमाक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ ९कम्युनिस्ट पार्टीको घोषणापत्र, सन् १८४८० को पहिलोपटक नेपाली भाषामा अनुवाद गरेका थिए।

पुष्पलालकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थापना भएको हो। पुष्पलाल नेकपाका संस्थापक महासचिव थिए। उनको २०३५ साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
यो पनि पढौँ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस