'कांग्रेस-एमालेको दुईतिहाइको सरकार यस्तै रफ्तारमा न्याय दिनलाई हो ?'
२४ पौष २०८१
•
१ मिनेट पाठ
'कांग्रेस-एमालेको दुईतिहाइको सरकार यस्तै रफ्तारमा न्याय दिनलाई हो ?'
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश कार्कीले सहकारी ठगी प्रकरणमा जोडिएकी अञ्जला कोइरालालाई रफ्तारमा न्याय दिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।




मोरङको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनसम्बन्धी प्रकरणमा जोडिएकी उनलाई अदालतले १० लाख धरौटीमा छाडेको छ।

यसैलाई सन्दर्भ बनाउँदै नेता कार्कीले सोधेका छन्, 'कांग्रेस-एमालेको दुईतिहाइको सरकार यस्तै रफ्तारमा न्याय दिनलाई हो ?'

उनले अगाडि लेखेका छन्, 'एमाले सांसद तथा प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला सहकारी ठगी गरेको भन्ने मुद्दा परेपछि फरार थिइन् । आज नै अदालत पुगिन् । १४ करोड अपचलन देखिएको उनी आज नै १० लाख धरौटीमा रिहा भइन्।'  

उनले यसलाई सुशासन भन्दै व्यङ्ग्य कसेका छन्। 'सुशासनको यही रफ्तार तपाईंले सरकार रहेसम्म देख्न पाउनु हुनेछ । नक्कली भुटानी शरणार्थी बनाउनेहरू छुट्नेछन् । सरकारी जग्गा पचाउनेहरू बच्नेछन् । वाइडबडी प्लेनका कमिसन र भ्रष्टाचार छोपिनेछन्,' उनले भनेका छन्।
अर्को समाचार
‘कांग्रेस-एमाले सरकारको हिसाब- बेचन फच्चे, आलम फच्चे, ५२ जनाको नियुक्ति फच्चे’
२४ असार २०८२
•
१ मिनेट पाठ
‘कांग्रेस-एमाले सरकारको हिसाब- बेचन फच्चे, आलम फच्चे, ५२ जनाको नियुक्ति फच्चे’
संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धन सरकार एक वर्ष पुग्ने क्रममा छ। गत वर्षको असार १७ गते कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सातबुँदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो। उक्त समझदारीअनुसार असार ३० गते ओली प्रधानमन्त्री बनेका थिए। यसर्थ, अबको एक हप्तामा कांग्रेस-एमाले गठबन्धन सरकारको एक वर्ष पुग्दैछ।




तर, समझदारीमा मुख्य बुँदा बनाइएका संविधान संशोधनदेखि सुशासन र सामाजिक न्यायसम्बन्धी सरकारका कार्यसम्पादन भने चित्तबुझ्दो नभएको गुनासा नागरिक स्तरमै देखिन्छ। यसैबीच गठबन्धन सरकारको समीक्षा, टिप्पणी र आलोचना सुरु भएको छ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), अरु प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) लगायतले सरकारले अपेक्षित काम नगरेको बताइरहेका छन्। 

यसैबीच रास्वपा नेता गणेश कार्कीले सरकारको एक वर्षको हिसाबकिताब भन्दै व्यङ्ग्य कसेका छन्। उनले लेखेका छन्, ‘कांग्रेस र एमालेको सरकारको एक बर्ष पुग्यो भनेर हिसाबकिताब खोज्न थालिएछ। बेचन झा फच्चे। आलम फच्चे। नक्कली भुटानी शरणार्थी फच्चे। टीकापुर जग्गा घोटला फच्चे। बालमन्दिर जग्गा फच्चे। गिरीबन्धु चिया बगान फच्चे। ५२ जनाको नियुक्ति फच्चे। हिसाब सजिलो छ त।‘
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस