जिल्ला अदालत, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने कसुरदार रहेनछन् भन्न नसकिने पूर्णपाठमा उल्लेख गरेको छ।
यद्यपि, पछि थप प्रमाण प्राप्त भए सोबमोजिम गर्ने सर्तमा अदालतले लामिछानेलाई बिहीबार (आज) ६५ लाख धरौटीमा रिहा गरेको छ।
पूर्णपाठको अंश।'...निज दश प्रतिशत शेयर धनी भएको भन्ने देखिएको र निज शेयरधनी भएको अवधिमा सूर्यदर्शन सहकारीबाट नेचरहब्समा रकम गएको देखिनुका साथै निजको अन्य प्रतिवादीसँग देखिएको अन्तर्सम्बन्ध र बैंक खाताको ट्रान्जेक्सनसमेतका मिसिल संलग्न तत्काल प्राप्त आधार प्रमाणहरूबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिब आधार नदेखिए पनि तत्काल प्राप्त माथि उल्लेखित प्रमाणहरूबाट प्रतिवादीलाई पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने,' पूर्णपाठमा भनिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराजभक्त श्रेष्ठले रास्वपालाई 'चट्टानको घर बनाउँदै गरेको शक्ति' का रूपमा अर्थ्याएका छन्। सोमबार (आज) साँझ एक फेसबूक लेख्दै उनले यसो भनेका हुन्।
उनले सिसाको महलमा बस्नेहरूले निहुँ खोजिरहेको पनि बताएका छन्। उनी भन्छन्, 'सिसाको महलमा बस्नेहरूले सानै भए पनि दृढताका साथ चट्टानको घर बनाउँदै गरेकाहरूसँग निहुँ नखोजे कै राम्रो।'
रास्वपाले पार्टी सभापति रवि लामिछानेविरुद्ध राज्यले प्रतिशोध साँधिरहेको जिकिर गर्ने गरेको छ। त्यही आशयको स्टाटस लेख्दै श्रेष्ठले 'अहङ्कारको अन्त्य' हुने बताएका हुन्।
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...