प्रहरी बढुवामा गृहमन्त्री र आइजिपीको नोकझोक
२६ पौष २०८१
•
६ मिनेट पाठ
प्रहरी बढुवामा गृहमन्त्री र आइजिपीको नोकझोक
गृहमन्त्री रमेश लेखक/ आइजिपी वसन्तबहादुर कुँवर
नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा चरम राजनीतिक हस्तक्षेप हुँदा पाँच महिनादेखि बढुवा प्रक्रिया अलपत्र परेको छ। भदौदेखि रिक्त एसएसपी पदको बढुवामा राजनीतिक दलका नेताहरूले कनिष्ठ र आफूनिकटलाई च्याप्न खोज्दा प्रक्रिया नै अवरुद्ध बनेको छ।




एक सातादेखि गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरबिच छलफल चलिरहे पनि अहिलेसम्म प्रक्रिया अघि बढ्न सकेको छैन। गृहमन्त्री लेखकलाई उनको सचिवालयले तेस्रो र चौथो लटमा प्रहरी उपरीक्षक (एसपी) भएकाहरूलाई काखी च्यापेर बढुवा प्रक्रियामा अवरोध गरेपछि आइजिपी कुँवरले दोस्रो लटको पनि सिनियर एसपीहरूलाई मात्र एसएसपीमा बढुवा गर्ने अडान राखेका थिए। त्यसले गर्दा केही दिनदेखिको गृहकार्य पनि अवरोध भएको छ।

बुधबार साँझ एसएसपीको बढुवाका लागि गृहसचिव गोकर्णमणि दुवाडी, आइजिपी कुँवर र मानवस्रोत विभागका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) तयारी अवस्थामा रहे पनि गृहमन्त्री लेखकको समय नमिल्दा रोकिएको थियो। बिहीबार बिहानै गृहमन्त्री काठमाडौंबाहिर गएपछि शनिबार साँझसम्म एसएसपीको बढुवा हुने सम्भावना निकै कमजोर भएको स्रोतको दाबी छ।

गृह मन्त्रालय स्रोतका अनुसार मन्त्रीको सचिवालय र आसपासबाट मन्त्रीको हवाला दिँदै एसएसपी बढुवाका लागि आइजिपीलाई अनावश्यक दबाब आएपछि गृहमन्त्री लेखक र आइजीपी कुँवरबीच केही समय भनाभन भएको थियो। ‘उहाँहरूबीच अनावश्यक दबाब आएको भन्दै केही समय भनाभनसमेत भयो,’ स्रोतले भन्यो।

लामो समयदेखि नेपाल प्रहरीको कामकाजी तहमा बढुवा नहुँदा कार्यसम्पादन र कार्यक्षमता मूल्यांकनमा समेत असर पर्ने बताइएको छ। एक वर्षको अवधिमा आठजना एआइजी (अतिरिक्त प्रहरी महानिरीक्षक) मा बढुवा र अवकाशमा जाँदा एसएसपी, एसपी र प्रहरी नायब उपरीक्षक (डिएसपी) का आकांक्षी पाँच महिनादेखि बढुवाको प्रतीक्षामा छन्। सरकारको ध्यान एआइजी बनाउनेमा मात्र केन्द्रित हुँदा एसएसपी, एसपी र डिएसपीको बढुवा समयमै हुन सकेको छैन।

कात्तिकयता एआइजीका रिक्त तीन पदमा बढुवा गरिसक्दा पनि एसएसपीको बढुवामा गृह मन्त्रालयले चासो दिएको छैन। छोटो अवधिका लागि एआइजी बनाएर अवकाशमा पठाउने गरिएको छ तर एसएसपी बढुवाका लागि गृह मन्त्रालयले चासो दिएको छैन। प्रहरी महानिरीक्षक (आइजिपी) कुँवरले धेरै पटक एसएसपीको बढुवा कोसिस गरे पनि गृहमन्त्री लेखकले यो विषयमा समयमै चासो नदिँदा प्रहरीमा कामकाजी दर्जाको वृत्ति विकासमा असर परेको हो। पछिल्लो पटक छोटो अवधिका लागि एआइजीमा बढुवा गर्दै अवकाशमा पठाउँदै गर्दा राज्यलाई आर्थिक दायित्व थपिएको छ।

एसएसपी बढुवाका लागि गृह मन्त्रालय र एसपी तथा डिएसपी बढुवाका लागि प्रहरी प्रधान कार्यालयले मूल्यांकन गर्ने व्यवस्था छ। एसएसपी बढुवाका लागि गृहसचिवको संयोजकत्वमा मूल्यांकन हुन्छ भने एसपी र डिएसपी बढुवाका लागि आइजिपी अध्यक्ष रहेको समितिले मूल्यांकन गर्छ। गत भदौयता एसएसपीका २५ पद रिक्त भएका छन्। ती पदका लागि ४० एसपी प्रतिस्पर्धामा छन्। सबै आकांक्षीले बढुवाका लागि शक्तिकेन्द्रबाट दबाब दिएका छन्। यसबाट एकातर्फ बढुवामा अस्वस्थ प्रतिस्पर्धा बढेको छ भने अर्काेतर्फ बढुवामा ढिलाइ हुँदा तल्लो तहसम्मको वृत्ति विकास प्रभावित भएको प्रहरी अधिकृतहरूको गुनासो छ।

प्रहरी प्रधान कार्यालयले बढुवा तयारी भइरहेको जनाएको छ। ‘आवश्यक तयारी भइरहेको छ, चाँडै बढुवा हुनेछ,’ प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी विश्व अधिकारीले भने।

भदौ १५ मा एसएसपीका १७ पद रिक्त भएका थिए। त्यसपछि एसएसपीका आठ पद रिक्त भएका हुन्। पद खाली भएको चार महिनासम्म पनि पूर्ति नहुँदा कामकाज प्रभावित बनेको विषयमा प्रहरी प्रधान कार्यालय संवेदनशील बने पनि बढुवाका आकांक्षीहरू शक्ति केन्द्र धाएकोमा असन्तुष्ट बनेको छ।

यसपटक २०५६ असार ३ र २०५८ साउन १८ मा प्रहरी निरीक्षकमा भर्ना भई २०७५ फागुन १३ मा एसपीमा बढुवा भएका अधिकृत एसएसपीमा बढुवाका दाबेदार हुन्। त्यसमा गोविन्द अधिकारी, विनोद सिलवाल, विमलराज कँडेल २०५६ सालका भर्ना हुन्। रमेश थापा, प्रकाश रानाभाट, कमल थापा, कृष्णप्रसाद कोइराला, जनार्दन जिसी, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपमशमशेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पंगेनी, अजय केसी, नवराज अधिकारी, वीरबहादुर बुढामगरलगायत बढुवाका आकांक्षी हुन्।

यसमध्ये रानाभाट धनुषामा एसपी हुँदा लागु औषधको कारोबारीसँग आर्थिक लाभ लिएको भन्ने पुष्टि भएपछि कारबाहीको सिफारिसमा परेका थिए। अहिलेकै आइजिपी कुँवर सचिवालयमा रहँदा उनलाई कारबाही गर्न खोजेका थिए। तर तत्कालीन अवस्थामा शक्तिकेन्द्रको दबाबमा परेपछि रोकिएको थियो।

उनको ट्र्याक रेकर्ड राम्रो नभएको प्रहरी प्रधान कार्यालयको दाबी छ। उनलाई सरकारी वकिल कार्यालयले बयान लिनुपर्ने भन्दै सिफारिस गरेको थियो। साथै एसपी थापा ललितपुर हनीट्र्याप काण्डमा मुछिएका थिए। उनको पनि बढुवाको सम्भावना निकै कमजोर छ। कँडेल पनि अपराध महाशाखामा इन्स्पेक्टर हुँदा यार्सा गुम्बा लुटपाटमा निलम्बनमा परेका थिए। विमल बस्नेतको पाँच वर्ष बढुवा रोक्ने निर्णय भएको छ। उनको पनि बढुवा हुने सम्भावना छैन।

प्रहरी महानिरीक्षकले कार्यक्षमता र कार्यसम्पादन मूल्यांकनमा कमजोर रहेकालाई अगाडि ल्याउन नमानेपछि अहिलेको बढुवामा गृहमन्त्रीको खास चासो छैन। कांग्रेस विभिन्न नेतामार्फत ५६ नम्बरमा रहेका चक्र जोशी, ५० नम्बरमा रहेका योगेन्द्रसिंह थापा, ४५ नम्बरमा रहेका पदमबहादुर विष्ट, ३९ नम्बरमा रहेका भुवनेश्वर तिवारी, ४१ नम्बरमा रहेको सुरेश काफ्ले, ३८ नम्बरमा रहेको राजेन्द्र धमलाले आफूहरू जसरी पनि बढुवा हुनुपर्‍यो भन्दै दबाब दिएइपछि आइजिपीले यो त सिपाहीलाई एकै पटक बढुवाको फुली लगाएबराबर हुने भन्दै उनीहरूको बढुवामा अस्वीकार गरेका थिए। यसमा गृहसचिव गोकर्णमणि दुवाडीको पनि समर्थन रहेको छ। गृहसचिव गोकर्णमणि दुवाडीले पनि कार्यसम्पादन मूल्यांकनलाई आधार मानेर बढुवा गर्ने अडान लिएका छन्।

‘कार्यसम्पादन मूल्यांकन हेरेर मात्रै बढुवा गर्न सकिन्छ, बढुवामा विवाद ल्याउनुहुँदैन,’ गृहसचिव दुवाडीको भनाइलाई उद्धृत गर्दै मन्त्रालय स्रोतले भन्यो। उता आइजिपी कुँवरले पनि बढुवाको पालो सबैको एकपटक नआउने भएकाले चेन अफ कमान्ड नबिग्रिने गरी बढुवा प्रक्रिया अघि बढाउने अडान कायमै राखेका छन्। ‘सबैको पालो आउँछ। तेस्रो र चौथो लटबाट घुस्ने तयारी राम्रो होइन। सिंगो संगठनमा यसले समस्या उत्पन्न गराउँछ,’ आइजिपीको भनाइ उद्धृत गर्दैै स्रोतले भन्यो।

‘शक्ति केन्द्रको दबाबमा गृह मन्त्रालयमा धर्ना दिने र नेताहरूको घरघरमा धाउनेहरूले कार्यसम्दान मूल्यांकनमा अब्बल अधिकृतलाई पछि पार्न खोजेपछि आइजिपी वसन्त कुँवरले नमान्दा एसएसपी बढुवामा केही ढिला भएको र आइजिपीको अडानमा गृहसचिव गोकर्णमणि दुवाडी पनि साथ रहेको छ, त्यसकारण यसपटकको बढुवामा विवाद आउँदैन,’ गृह मन्त्रालय स्रोतले भन्यो। बिहीबार मात्रै गृहमन्त्री सचिव र आइजिपीले बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेर बढुवाबारे जानकारी गराएका थिए।

दोस्रो लटबाट तुलबहादुर कार्की, राकेश सिंह, राजीवबहादुर बस्नेत एसएसपीमा बढुवाका दाबेदार हुन्। २०५८ साउन १८ मा प्रहरी निरीक्षकमा भर्ना भएका अधिकृत पनि अहिले एसएसपी बढुवा प्रतिस्पर्धामा छन्। होविन्द्र बोगटी, वेद विष्ट, सञ्जयसिंह थापा, शान्तिराज कोइराला, दयानिधि ज्ञवाली, प्रभु ढकाल, अमेरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, प्रवीण धिताल, प्रभुप्रसाद ढकाल, सन्तोष सिंह राठौर, शिवकुमार श्रेष्ठ, ऋषिराज कँडेल पनि बढुवाका आकांक्षी हुन्। कँडेल एसपी बढुवामा पछि पारिएका अधिकृत हुन्।
अर्को समाचार
रास्वपा चाहन्छ- लेखकमाथि पनि रविमाथि बनेकै जस्तो संसदीय समिति बनोस्
१० असार २०८२
•
४ मिनेट पाठ
रास्वपा चाहन्छ- लेखकमाथि पनि रविमाथि बनेकै जस्तो संसदीय समिति बनोस्
प्रतिनिधिसभा भिजिट भिसा प्रकरणको गतिरोधबाट अझै मुक्त भइसकेको छैन। झन्डै एक महिना अगाडि प्रतिनिधिसभा प्रवेश गरेको यो प्रकरण अझै व्यवधानकै रूपमा छ। र, यो प्रकरणको मुख्य वाहक चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हो। रास्वपालाई पाँचौँ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले होस्टेमा हैँसे गरिरहेको छ। सुरुमा तेस्रो ठूलो दल तथा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) पनि यही पङ्क्तिमा थियो तर, गत जेठ ३० गते सत्तापक्षीय दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) सँग दुईबुँदे सहमति गरेपछि माओवादी केन्द्र गजधुम्म छ। तर, रास्वपा र राप्रपाले भने लय छाडेका छैनन्।




त्यसो त सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा ६ मन्त्रालयका सहसचिवहरूलाई राखेर गत असार ९ गते सात सदस्यीय छानबिन समिति बनाइसकेको छ। तर, रास्वपा र राप्रपाले त्यो समिति अस्वीकार गरेका छन्। समिति बनेपछि मङ्गलबार (आज) बसेको पहिलो प्रतिनिधिसभा बैठक पनि उनीहरूले बहिष्कार गरेका छन्। समिति बनेको आधिकारिक सूचना लिएर आएका गृहमन्त्री रमेश लेखकलाई बोल्न त उनीहरूले दिए तर, लगत्तै बैठक बहिष्कार गरेर हिँडे।

रास्वपा सांसद डा. स्वर्णिम वाग्ले र राप्रपा सांसद ज्ञानेन्द्र शाही।
मुख्यत: रास्वपाले संसदीय वा न्यायिक समितिको कुरा उठाएको थियो। उसको माग उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग थियो। तर, सरकारले बनाइदियो- ब्यूरोक्रेटिक समिति। यसपछि रास्वपा थप चिढिएको छ। उसो त रास्वपा पूर्वउपप्रधान, गृहमन्त्री तथा पार्टी सभापति रवि लामिछानेमाथि बनेकै जस्तो उच्चस्तरीय संसदीय छानबिन समिति बनोस् भन्ने चाहन्छ। यो विषय उसले संसद्‌मै बताइसकेको छ। आजको प्रतिनिधिसभा बैठकमा पार्टी उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले भने, ‘हामीले के भनेका छौँ भने संसदीय छानबिन समिति, त्यसले नीतिगत, प्रणालीगत सुधारमा गहिरो काम गर्न सकोस् सहकारीकै मोडलमा। वा, जाँचबुझ आयोग ऐन २०२६ अन्तर्गत बहालवाला वा पूर्वन्यायाधीशको अध्यक्षतामा छानबिन समिति बन्नुपर्छ भन्ने कारण यही हो।’ तर, ब्यूरोक्रेटिक समिति नमान्ने उनले दोहोर्‍याए।

सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वउपप्रधान, गृहमन्त्री तथा पार्टी सभापति रवि लामिछानेमाथि उच्चस्तरीय संसदीय छानबिन समिति बनेको थियो। २०८१ जेठ १५ गते नेकपा (एमाले) का सांसद सूर्य थापाको नेतृत्वमा बनेको समितिको प्रतिवेदनकै कारण लामिछाने अहिले पनि थुनामा छन्। ६ महिना लगाएर असोज ६ गते समितिले बुझाएको प्रतिवेदनमा लामिछानेलाई कारबाहीका लागि सिफारिस गरिएको छ।

रवि लामिछानेमाथि कारबाहीका लागि समितिले गरेको सिफारिस।
‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानूनबमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने,’ समितिले दिएको प्रतिवेदनमा छ।

लामिछाने यही प्रतिवेदनका कारण कात्तिक २ गते पहिलो पटक पक्राउ परे। उनलाई काठमाडौंसहित कास्की, रूपन्देही, चितवन र पर्सा पुर्‍याइयो, अनुसन्धान सकाइयो। सम्बन्धित जिल्लाका अदालतहरूले लामिछानेलाई ‘निर्दोष भन्न मिल्दैन’ भन्ने फैसला सुनाए। यसबीचमा उनी ८४ दिन थुनामा बसे। त्यसपछि रूपन्देही जिल्ला अदालतले भराएको एक करोड धरौटीविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलास पुगेका उनलाई चैत २२ गते पुन: थुनामा पठाउने आदेश भयो। अहिले उनी जिल्ला प्रहरी कार्यालय, रूपन्देहीको हिरासतमा छन्।

रवि लामिछाने।
वास्तवमा रास्वपा अहिलेका गृहमन्त्री रमेश लेखकमाथि पनि यस्तै उच्चस्तरीय छानबिन समिति बनोस् भन्ने चाहन्छ। भिजिट भिस प्रकरणमा लेखकको संलग्नता रहेको पुष्टि भइसकेको रास्वपाले दोहोर्‍याइरहेको आएको छ। आजको प्रतिनिधिसभा बैठकमा पनि उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले पुन: यही भने। व्यक्तिगत रूपमा गृहमन्त्री लेखका प्रति सम्मान रहेको उल्लेख गर्दै वाग्लेले भने, ‘यहाँ गृहमन्त्री स्वयम् सन्देहको घेरामा हुनुहुन्छ। हाम्रो पार्टीले के निष्कर्ष निकालेको छ भने गृहमन्त्री; उहाँ व्यक्तिगत रूपमा मेरो आग्रह छैन, मलाई मन पर्ने व्यक्ति हुनुहुन्छ। उहाँ यसमा दोषी नहुनुहोस् भन्ने भित्रैदेखि कामना छ। तर, परोक्ष सम्बन्ध उहाँको देखिसकिएको छ, प्रत्यक्ष संरक्षण देखिसकिएको छ। त्यसैले अब गृहमन्त्रीले गर्वका साथ भन्नुभयो- मेरै प्रस्तावमा यो समिति बनेको भनेर, अब के आरोपितले नै आफ्नै अनुसन्धान अधिकृत छान्दै जाने हो ? यस्तो सिस्टममा गयौँ हामी ? त्यसैले यो गलत छ।’

रास्वपाले यसअघि गृहमन्त्री लेखकको राजीनामा नै मागेको थियो तर, पछि उसले राजीनामा नआए पनि उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग गठन भने अनिवार्य सर्त भन्यो। त्यसअनुरूप सरकारले गरेको छैन। यसर्थ, उसले उसले अहिले पनि प्रतिनिधिसभा बैठकमा नाराबाजी र बहिष्करणमार्फत असहमति जनाइरहेको छ। प्रवक्ता मनीष झाले आफूहरूको आन्दोलन जारी नै रहेको बताएका छन्। ‘छानबिन समितिलाई दिइएका कार्यादेशमा भिजिट भिसाको दुरुपयोग गर्दै गैरकानूनी गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान र कारबाहीका लागि कुनै बुँदा राखिएको छैन। तसर्थ, यो समिति माओवादी केन्द्रको मुख लुकाउन र सत्तापक्षको मान्छेलाई चोख्याउन रचिएको परिपञ्च मात्र हो,’ प्रवक्ता झाले भनेका छन्। आफूहरूको मागअनुसारको समिति नबनेसम्म आन्दोलन जारी रहने रास्वपा सांसदहरूले बताउँदै आएका छन्।
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३१ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस