संविधान संशोधनको 'पाँचवर्षे भाखा'ले बढाएको कांग्रेस-एमालेबीचको असमझदारी
२६ पौष २०८१
•
५ मिनेट पाठ
संविधान संशोधनको 'पाँचवर्षे भाखा'ले बढाएको कांग्रेस-एमालेबीचको असमझदारी
प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको भाखा पाँच वर्ष पर धकेलेका छन्। गत पुस २३ गते उनले भनेका छन्, 'संविधान संशोधन २०८७ सालमा मात्रै हुन्छ।'




जबकि, संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग गत असार १७ गते सत्ता गठबन्धन बनाउने सहमति गर्दा स्वयम् प्रधानमन्त्री ओलीले नै संविधान संशोधन गर्ने सातबुँदे समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

संसद्‌का दुई ठूला दल मिलेर सरकार बनाउन नहुने विश्वव्यापी संसदीय मान्यताविपरीत सत्ता गठबन्धन बनाएका कांग्रेस-एमालेले त्यसलाई संविधान संशोधनको ठूलो कार्यक्रमले ढाकेका थिए। तर, प्रधानमन्त्री ओलीले संविधान संशोधको भाखा पाँच वर्ष पर सारेसँगै कांग्रेस झस्किएको छ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली।
संविधान संशोधन गर्ने भनेर दुई ठूला दल मिलेको सन्दर्भमा संविधान संशोधन नै नहुने भएपछि कांग्रेस नेताहरूले सत्ता गठबन्धनको औचित्यमाथि नै प्रश्न उठाउन थालेका छन्।

कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता डा. प्रकाशशरण महत, नेता अर्जुनरसिंह केसीलगायतका नेताहरूले ओलीको भनाइप्रति तीव्रत्तर आपत्ति जनाएका छन्। उनीहरूले प्रधानमन्त्री ओलीले बोल्न नहुने कुरा बोलेको, सातबुँदे समझदारीको अपमान गरेको, दुई दलबीचको सहमतिमा ग्रहण लागेको बताइरहेका छन्।

कांग्रेस नेता एनपी साउदले त सत्ता गठबन्धनकै औचित्यमाथि प्रश्न उठाएका छन्। संविधान संशोधन यही संसदीय कार्यकालमा हुनुपर्ने समझदारी भएको उल्लेख गर्दै उनले भनेका छन्, 'हामीले गठबन्धन गर्दा नै संविधानमा केही कमजोरी देखिएका छन्, यसलाई संशोधन गर्ने बुँदा राखिएको छ र प्रतिबद्धता व्यक्त गरेका छौँ। यही सहमतिमा प्रतिबद्धता व्यक्त गरेका प्रधानमन्त्रीले नै ०८७ मा संशोधन गर्ने जुन अभिव्यक्ति दिनुभएको छ, यो सरकार गठनका लागि भएको सहमतिविपरीत छ। यसले गठबन्धनको औचित्य र सान्दर्भिकताका विषयमा कांग्रेसले सोच्न आवश्यक छ।’ 

कांग्रेस-एमालेबीच बढ्दो अविश्वास

प्रधानमन्त्री ओलीले संविधान संशोधनको भाखा पाँच वर्ष पर सारेपछि कांग्रेस-एमालेबीच अविश्वासको 'ग्राफ' थप बढेको छ।

अहिले त कांग्रेस र एमालेका नेताहरूबीच जुहारी नै चल्न थालेका छ। गत बुधबार झापा पुगेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संविधान संशोधनसम्बन्धी समझदारीमा 'ब्याक गियर' नलाग्ने बताएका थिए।

जवाफमा एमाले नेता विष्णु रिजालले त्यसलाई 'कांग्रेस नेताहरूको झ्यारझ्यार' नाम दिएका छन्। बुधबार साँझ फेसबूकमा लेखेका रिजालले भनेका छन, 'एमाले र कांग्रेसको सरकार छ। दुई पार्टीका अध्यक्षहरूबीच उच्चस्तरको समझदारी छ, दुई पार्टीका बीचमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको छ। कांग्रेसका केही जिम्मेवार साथीहरूले एमालेका बारेमा बीचबीचमा झ्यारझ्यार गरिरहेको त्यति श्रवणीय छैन।'

उसो त यसअघि पनि कांग्रेस-एमालेका बीचमा थुप्रै अविश्वासका किस्साहरू छन्। प्रधानमन्त्री ओलीले कांग्रेसी मन्त्रीहरूमाथि मन्त्रालयका सचिवमार्फत 'क्रस रिपोर्टिङ' को व्यवस्था गरेको, असोज १०-१२ को विपद्‌मा आफू अमेरिका हुँदा पनि कांग्रेसी मन्त्री उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई मन्त्रिपरिषद् बैठक बसाउन नदिएको, बीआरआई हुँदै संविधान संशोधनको पाँचवर्षे भाखासम्म आइपुग्दा कांग्रेस-एमालेबीचको अविश्वासको ग्राफ अझ बढिसकेको छ। यसपछि अब सत्ता गठबन्धन के हुन्छ भन्ने प्रश्नसमेत खडा भएको छ।

कांग्रेस सभापति देउवा र प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली।
यसबारे जिज्ञासा राख्दा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नागरिकसँग भने, 'अब कसरी अगाडि बढ्ने भन्नेबारे सोच्छौँ। प्रधानमन्त्रीजीले किन त्यसरी भन्नुभयो भन्नेबारे धारणा पनि बनाउँछौँ।'

कांग्रेस नेताहरूले असन्तुष्टि प्रकट गर्न थालेपछि एमाले नेताहरूले प्रधानमन्त्री ओलीले बोलेको वचनलाई सच्याउन खोजिरहेका छन्। एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे भन्छन्, 'सहज रूपमा दुईतिहाइ पुग्दैन भन्नुभएको हो। संविधान संशोधनका सन्दर्भमा सहमतिअनुरूप हुन्छ र हुनुपर्छ।'

सञ्चारमन्त्रीसमेत रहेका पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि प्रधानमन्त्री ओलीको बोलीलाई सच्याउन खोजेका छन्। उनले भनेका छन्, 'राष्ट्रिय सभामा प्रक्रिया रोकियो भने टुङ्गिँदैन भन्नुभएको हो। संविधान संशोधन हुन्छ। अहिल्यै हुन्छ। यही गठबन्धनले गर्छ।' 

यो पनि पढ्नुहोस्

संविधान संशोधन : दुई विकल्पमा छलफल

'यो सरकार संविधान संशोधनका लागि बनेकै होइन'

राजनीतिक विश्लेषकहरूको नजरमा यो सरकार 'आफ्नाहरूको रक्षा'का लागि मात्रै बनेको हो।

राजनीतिक विश्लेषक हरि रोका भन्छन्, 'सरकार बन्ने आधारदेखि अहिलेसम्म हेर्दा यो सरकार बनेको आफू र आफ्नाको रक्षाका लागि हो।'

उनले थपे, 'यो मूलत: संसदीय राजनीति हो। यसमा पहिलो शक्ति सरकारमा र दोस्रो शक्ति प्रतिपक्षमा हुन्छ। र, यदि तिनीहरू मिल्नैपर्‍यो भने त्यहाँ कुनै आपत् आइलाग्यो वा ठूलै काम हुँदैछ भनेर बुझिन्छ। उनीहरू जतिबेला मिले, त्यतिबेला संविधन संशोधन गर्ने भनेर भनेका थिए। तर, अब त्यही नगर्ने भनेर प्रधानमन्त्रीले भनिसकेपछि यो खाली सत्तामा चढ्नका लागि थिएछ भन्ने स्वत: सिद्ध भयो। खासमा यो गठबन्धन संविधान संशोधनका लागि होइन रहेछ।'

अर्का विश्लेषक डा. विष्णु दाहालको विश्लेषण पनि मिल्दोजुल्दो छ। सरकारले आफ्नो कार्यकाल लम्ब्याउने र रवि लामिछानेको पछि लाग्नेबाहेक अरु काम नै नगरेको उनको भनाइ छ।

'सरकार सातवटा बुँदामा बनेको थियो। त्यसमध्ये प्रमुखचाहिँ संविधान संशोधन थियो। त्यो बुँदालाई टार्ने कुरा अहिले प्रधानमन्त्रीले गर्नुभयो। भनेपछि यो सरकार आफ्नाहरू जोगाउनका लागि बनेको हो भनेर बुझ्नुपर्‍यो, यो सरकार संविधान संशोधनका लागि बनेकै होइन,'विश्लेषक दाहाल भन्छन्।

उनलाई त शङ्का छ, प्रधानमन्त्री ओलीले संविधान संशोधन ०८७ मा मात्रै हुन्छ भनेर कांग्रेस सभापति शेरबहादुर देउवासँगको सल्लाहमै भनेका हुन् कि ! 'यो सरकार नै ओली र देउवाको मात्रै हो। यो पूरै कांग्रेस र एमालेको होइन। उहाँहरूले पूरै अपजस पार्टीलाई बोकाउनु भएको छ। यसर्थ, घटित सबै घटनाहरू उहाँहरूबीचको सल्लाहबिना त कसरी होला र ? यो  पनि प्रधानमन्त्रीले देउवाजीसँगको सल्लाहमै भन्नुभएको हुनसक्छ।' 

यो पनि पढ्नुहोस्

सरकार ढल्ने चर्चा कति स्वाभाविक ?
अर्को समाचार
पुष्पलालप्रति उच्च सम्मान: प्रधानमन्त्री ओली
०७ साउन २०८२
•
१ मिनेट पाठ
पुष्पलालप्रति उच्च सम्मान: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठपप्रति उच्च सम्मान व्यक्त गरेका छन्।




प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत पुष्पलालको ४७औँ स्मृति दिवसमा उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।

“आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको स्मृति दिवस । श्रद्धेय नेता पुष्पलालप्रति उच्च सम्मान, भावपूर्ण श्रद्धाञ्जली १”, प्रधानमन्त्री ओलीले सामजिक सञ्जालमा लेखेका छन्।

कम्युनिष्ट पार्टीहरुले देशभरि नै आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७औँ स्मृति दिवस मनाउँदैछन्। विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालले नै कार्लमाक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ ९कम्युनिस्ट पार्टीको घोषणापत्र, सन् १८४८० को पहिलोपटक नेपाली भाषामा अनुवाद गरेका थिए।

पुष्पलालकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थापना भएको हो। पुष्पलाल नेकपाका संस्थापक महासचिव थिए। उनको २०३५ साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
यो पनि पढौँ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस