कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गतेलाई आह्वान गरेका छन् ।
कोशी प्रदेश मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले गरेको सिफारिस अनुसार प्रदेश प्रमुख खापुङले माघ ७ गते अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी माघ ७ गते दिउँसो २ बजे प्रदेशसभाको छैठौं अधिवेशन आह्वान गरेको उल्लेख छ ।
सुदूरपश्चिम प्रदेशको सातौ तथा हिँउदे अधिवेशन माघ २६ गतेदेखि शुरु हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषदको आईतवार बसेको बैठकले माघ २६ गते हिँउदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश प्रमुखबाट सभामुखलाई आह्वान गर्न पत्र प्राप्त पछि हिँउदे अधिवेश बोलाउने तयारी शुरु हुने प्रदेश सभा सचिवालयका सचिव राम सिंह धामीले बताए ।
प्रदेश सभाको अधिवेशन अन्त्य भएको ६ महिना भित्र अर्को अधिवेसन बोलाईसक्नु पर्ने संवैधानिक प्रावधान रहेको छ । गत साउन ३१ गते प्रदेश शभाको बजेट अधिवेशन अन्त्य भएको थियो ।
नेकपा पार्टी दुई समूहमा विभाजित भएपछि प्रदेश सरकार र प्रदेश सभाका काममा पनि प्रभाव परेकोले हिउदे अधिवेसन अहिले सम्मशुरु हुनसकेको थिएन् । गत बर्ष माघ ६ गते हिउदे अधिवेश शुरु भईसकेको थियो ।
सुदूरपश्चिम प्रदेश सभा बैठकले छैटौं अधिवेशनसम्म ४२ विधेयक पारित गरेको सचिव धामीले बताएका छन्। छैटौ अधिवेशनसम्म सचिवालयमा दर्ता भएका मध्ये २ विधेयक विचाराधिन रहेका छन भने अहिले प्रदेशसाभा सचिवालयमा ३ नयाँ विधेयक दर्ता भएको उनले बताए ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...