पोखरा – प्रदेश ४ सरकारले गठन भएको झन्डै दुई महिनापछि प्रदेश नं ४ सरकारले पहिलोपटक नीति तथा कार्यक्रम आज सोमबार सार्वजनिक गर्दैछ। प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार दिउँसो २ बजे प्रदेशसभा हलमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। ऐतिहासिक नीति तथा कार्यक्रममा सरकारले विभिन्न १०० बुँदे महत्वाकांक्षी योजना समावेश गरेको छ।
नीति तथा कार्यक्रममा प्रदेश समृद्धिका चारवटा आधार तय गरिएको छ। प्रदेश सरकारले समृद्धिका लागि पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको छ। यस्तै, ऊर्जा, कृषि र उद्योग क्रमशः प्राथमिकतामा परेका छन्। समृद्धिका आधारका लागि आवश्यक पूर्वाधार त्यसपछिको प्राथमिकतामा राखिएको छ।
विकासको सम्भावना र समृद्धिका आधारमा पर्यटनलाई प्राथमिकतामा राखिएको हो। यसले प्रदेशको कुल ग्राहस्थ उत्पादन, रोजगारदेखि लिएर राजस्व संकलनका आधारमा पर्यटनलाई पहिलो प्राथमिकतामा राखिएको उद्योग, पर्यटनमन्त्री विकास लम्सालले बताए।
प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि प्रदेश सांस्कृतिक संग्रहालय तथा नमुना सांस्कृतिक गाउँ पहिचानगरी तिनीहरूको संरक्षण गरिनेछ। यस प्रदेशअन्तर्गतका मुख्य लोक संस्कृति सबै समेटिने गरी मल्टिकल्चरल भिलेज बनाउने योजना नीतिमा समावेश गरिएको छ।
कृषि उत्पादनमा आधारित उद्योग, कारखाना तथा साना एवं मझौला उद्योगको स्थापना गरी स्वरोजगारको वातावरण बनाएर विदेशिएका युवालाई स्वदेशमै आकर्षित गर्ने योजनालाई प्राथमिकता दिइएको छ। प्रदेशका ८५ प्रतिशत घरमा विद्युत पुगेको र अँध्यारोमा रहेका १५ प्रतिशत घरधुरीलाई विद्युत्को उज्यालो दिने कार्यक्रम रहेको छ।
नीति तथा कार्यक्रममा उज्यालो प्रदेशदेखि लिएर, कोरालादेखि सुस्तासम्मको सडक खुलाउने, मध्यपहाडी लोकमार्गसहितका महत्वाकांक्षी योजना समावेश गरिएको उद्योग मन्त्री लम्सालले जानकारी दिए।
सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने नेपालको घोषित नीति हो। सोही नीतिअनुरुप निजी क्षेत्रलाई काम गर्न सहज वातावरण निर्माण गरी सरकारले उत्पादन र रोजगारीमार्फत समृद्धितर्फ अगाडि बढ्ने लक्ष्य लिएको छ।
प्रदेशमा सुशासन र पारदर्शिताका लागि इ–गभर्नेन्सलाई जोड, प्रविधीलाई प्राथमिकता दिइएको छ। सरकारको कार्यसम्पादनलाई छिटो छरितो, चुस्त एवं जनताप्रति उत्तरदायी बनाउन विद्युतीय सुशासनलाई जोड दिईएको हो।
नीति तथा कार्यक्रममा विद्युतीय सवारी, प्रदेशका सबै स्थानीय तहमा ईन्टरनेट, २ वर्षपश्चात स्याटेलाईट लगायतका योजना समावेश गरिएका छन्।
प्रदेशमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न सम्मेलन केन्द्र स्थापना गर्ने, प्रदेशमा अत्याधुनिक सुविधासम्पन्न क्यान्सर, मुटुरोग तथा मिर्गाैला उपचार केन्द्रको स्थापना, अन्तर्राष्ट्रियस्तरको बहुउपयोगी खेलमैदान निर्माण गर्ने, प्रदेशमा बोलिने सम्पूर्ण भाषा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने योजना नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
नीति तथा कार्यक्रम प्रस्तुत पश्चात सरकारले सोही नीति तथा कार्यक्रमको आधारमा रहेर पहिलो बजेट ल्याउनेछ। चालु आर्थिक वर्षका बाँकी महिनाको लागि ल्याइने बजेट १ अर्ब २ करोडको हुनेछ। यो बजेट संघीय मन्त्रालयले प्रादेशिक संरचना र प्रशासनिक खर्चको लागि पठाएको हो।