नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल सरकारको निजामती नेतृत्वमा बसेका पूर्व प्रशासकसँग छलफल गरेका छन् । बिहीबार सीमित स्रोत साधनका बिच कसरी प्रभावकारी काम गर्ने भन्ने विषयमा पूर्व प्रशासकसँग छलफल गरेको महामन्त्री थापाले जानकारी दिए ।
‘पूर्व प्रशासकहरूसँग छलफल गरेको छु,’ महामन्त्री थापाले फेसबुकमा लेखेका छन्, ‘सीमित स्रोत र साधनका बिच पनि सरकार र राज्यका निकायहरूले आफ्नो कामलाई कसरी कुशल सेवाप्रवाह र परिणाममुखी बनाउन सक्छन् भन्ने विषयमा छलफल भएको छ।’
पूर्व प्रशासकहरूबाट आएका सुझाव सरकारका प्राथमिकता कार्यान्वयनलाई सहज बनाउन गठन भएको राजनीतिक संयन्त्रमा प्रस्तुत गर्ने उनले भनेका छन् । ‘आफ्नो अनुभव, अध्ययन र दक्षताका आधारमा उहाँहरूले दिनुभएका व्यवहारिक सुझाव र छलफलका निष्कर्षहरूलाई सरकारका प्राथमिकता कार्यान्वयनलाई सहज बनाउन गठन भएको राजनीतिक संयन्त्रमा प्रस्तुत गर्नेछु,’ गगनले अगाडि लेखेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा थाइल्यान्ड भ्रमणबाट फर्किएका छन्। थाइल्यान्डमा आयोजित ‘एसिया क्लाइमेट समिट’मा भाग लिन असार २५ गते गएका महामन्त्री थापा शनिबार स्वदेश फर्किएका हुन्।
‘थाइल्यान्डमा आयोजित एसिया क्लाइमेट समिटलाई सम्बोधन गरेर नेपाल फर्किएको छु,’ स्वदेश फर्किएपछि थापाले भनेका छन्, ‘पेरिस सम्झौताको धारा ६ अन्तर्गत कार्बन व्यापारको लाभ सबैलाई समान रूपमा वितरण गर्नुपर्छ भन्ने मेरो जोड रह्यो।’
विगतको ‘क्लिन डेभेलोपमेन्ट मेकानिज्म(सिडिएम))मा नेपालले अपेक्षित लाभ लिन नसकेको उनले बताए। ‘यस पटक भने विगतका गल्तीहरू नदोहो¥याउने गरी कार्बन व्यापारसँग सम्बन्धित काम गर्ने हाम्रो चाहना रहेको कुरा मैले जानकारी गराएँ,’ उनले लेखेका छन्।
नेपालसँग कार्बन क्रेडिटमार्फत विकास वित्तको ठुलो अवसर रहेको बताउँदै थापाले भनेका छन्, ‘हाम्रो वन–जंगल, नवीकरणीय ऊर्जा र दिगो परियोजनाहरूले कार्बन व्यापारमा महत्त्वपूर्ण योगदान दिन सक्छ।’ आफूले सम्मेलनमा विभिन्न देश र कम्पनीहरू नेपाल सरकार र निजी क्षेत्रसँग काम गर्न अत्यन्त इच्छुक रहेको महसुस गरेको उनले भनेका छन्।
‘तर, यो विषय समय–संवेदनशील भएकाले ढिलाइ गर्नुहुँदैन। यसका लागि हामीले आफ्नो तर्फबाट गर्नुपर्ने कामहरू छिटो सम्पन्न गर्न जरुरी छ। यसका लागि काममा जुट्नुपर्ने छ,’ थापाको भनाई छ।
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...