राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विपक्षी दलहरूको पत्रकार सम्मेलनमा उपस्थित भएपछि, संस्थापक महामन्त्री मुकुल ढकालले आपत्ति जनाएका छन्। शुक्रबार भएको पत्रकार सम्मेलनमा रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल उपस्थित थिए।
आपत्ति व्यक्त गर्दै ढकालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रास्वपा विपक्षी हो, तर सरकारको मात्र विपक्षी होइन, काङ्ग्रेस, एमाले, माओवादी र यिनीहरूबाट टुटेफुटेका सबै दलको विपक्षी हो। नो नट अगेन। पुरानालाई बोकेर कतै पुगिन्न।’
उनले थपेका छन्, ‘दुई दुई पटक सरकारमा गएर गरेको गल्ती, विपक्षी गठबन्धनमा सहभागी हुनु पनि त्यहीँ गल्तीको निरन्तरता हो। नो नट अगेन भनेर हामीले मत पाएको तथ्य हामीले बिर्सन हुँदैन। बारम्बार एउटै गल्ती दोहोर्याउँदा जनमत हामीबाट भड्कन सक्छ, सचेत बनौँ। यो मञ्चमा हाम्रो उपस्थिति चित्त बुझ्ने कुरा होइन।’ सम्मेलनमा रास्वपाका कार्यवाहक सभापति अर्यालको अपमान गरिएको आरोप पनि लगाएका छन्।
विपक्षी दलहरूले संसद्मा विचाराधीन विधेयक फिर्ता नलिई अध्यादेश ल्याएकोप्रति आपत्ति जनाउँदै, सरकारको कदमलाई खतरनाक, स्वेच्छाकारी र निरंकुश प्रवृत्ति भनेका छन्। उनीहरूले सरकारले भ्रष्टाचार विरोधी अभियानलाई अवरुद्ध गर्दै भ्रष्टाचारीहरूलाई जोगाएको आरोप लगाएका छन्। सरकारले नेपाल विद्युत प्राधिकरणमा चरम राजनीतिक हस्तक्षेप बढाउँदै भूमिहीन तथा सुकुम्बासी जनतालाई जग्गा उपलब्ध गराउने बहानामा भूमाफिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने नियतले अध्यादेश जारी गरेको विपक्षी दलहरूको ठहर छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...