अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको पाँचौं संस्करणको उपाधि सौजन्य समाज किमडाँडाले जितेको छ। फाइनल खेलमा रोयल सन्धिखर्कलाई ५९ रनले पराजित गर्दै किमडाँडाले उपाधि आफ्नो बनाएको हो।
फाइनल खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रेको किमडाँडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन बनाएको थियो। किमडाँडाका लागि निखिल केसीले सर्वाधिक २९ रनको योगदान दिए।
त्यस्तै, सरोज खत्री र विशाल बिकले समान १९ रन बनाएका थिए। बलिङतर्फ रोयल सन्धिखर्कका नवजिवन केसी, नविन भण्डारी र रञ्जित भुसालले समान दुई–दुई विकेट लिएका थिए भने सुदिप बस्नेतले पनि एक विकेट झारे।
१२७ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको रोयल सन्धिखर्क १६.१ ओभरमा मात्र ६७ रनमा अलआउट हुन पुग्यो। टोलीका लागि नविन भण्डारीले १५ रन र सुदिप बस्नेतले १२ रन बनाएका थिए।
अन्य ब्याट्सम्यानले भने दोहोरो अंकसमेत छुन सकेनन्। किमडाँडाका कप्तान बाबुराम थापाले चार विकेट लिँदै बलिङमा उत्कृष्ट प्रदर्शन गरे।
शुभम खनाल र महिन्द्र शाहीले समान दुई–दुई विकेट हात पारे भने सरोज खत्रीले एक विकेट लिएका थिए। कप्तान बाबुराम थापा फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै “प्लेयर अफ द म्याच” घोषित भए।
सौजन्य समाज किमडाँडाले उपाधिसँगै नगद १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता रोयल सन्धिखर्कले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।
प्रतियोगितामा व्यक्तिगत प्रदर्शनका आधारमा विभिन्न खेलाडीहरूलाई पुरस्कृत गरिएको थियो। किमडाँडाका शुभम खनाल “इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट” घोषित भए। उनले प्रतियोगिताभर १२ विकेट लिँदै ब्याटिङमा ४७ रनको योगदान गरेका थिए।
शुभमले नगद ५ हजार रुपैयाँसहित अवार्ड जिते। त्यस्तै, “बेस्ट अलराउन्डर अफ द टुर्नामेन्ट” को उपाधि रोयल सन्धिखर्कका नविन भण्डारीले जिते। उनले प्रतियोगिता अवधिभर १० विकेट लिँदै ९४ रन बनाएका थिए।
बलिङतर्फ किमडाँडाका बाबुराम थापा “बेस्ट बलर अफ द टुर्नामेन्ट” बने। उनले ९ खेलमा १४ विकेट लिँदै नगद ५ हजार रुपैयाँसहित अवार्ड प्राप्त गरे।
ब्याटिङमा भने सुपर सुपा इलाभेनका सागर चौहानले उत्कृष्ट प्रदर्शन गर्दै “बेस्ट ब्याट्सम्यान अफ द टुर्नामेन्ट” को उपाधि जिते। उनले १३४ रन बनाउँदै नगद ५ हजार रुपैयाँसहित अवार्ड हात पारे।
“प्लेयर अफ द टुर्नामेन्ट” को उपाधि भने रोयल सन्धिखर्कका नविन भण्डारीले जिते। बलिङतर्फ १० विकेट लिएका नविनले ब्याटिङमा ९४ रन बनाएका थिए। उनले नगद ५ हजार रुपैयाँसहित अवार्ड जित्दै व्यक्तिगत रूपमा पनि प्रतियोगिता सम्झनलायक बनाए।