असोजमा बाढी, माघको प्रदेशसभा बैठकमा हल्लीखल्ली
०८ माघ २०८१
•
३ मिनेट पाठ
असोजमा बाढी, माघको प्रदेशसभा बैठकमा हल्लीखल्ली
कोशी प्रदेशसभाको शून्य समयमा बोल्दै सांसद भीम पराजुली । तस्बिर/नागरिक
असोजमा आएको बाढीबारे माघ ८ गतेको प्रदेशसभा बैठकमा सांसदहरूले चर्कै आवाज उठाए । प्रदेशसभामा गत असोजको बाढीबाट पीडित भएकाहरूलाई राहतका लागि प्रदेश सरकारको ध्यानाकर्षण समेत गराए ।




यति मात्रै हैन बाढी पहिरोबाट विस्थापित भएकाहरूको पुनःस्थापना, क्षतिपूर्ति र भत्किएका संरचनाको पुनः निर्माणका विषयमा पनि सांसदहरूले बैठकमा आवाज उठाए । सांसद मैयाँ श्रेष्ठले बाढी पीडित जनताले प्रदेश सरकार भएको अनुभूति गर्न नपाएको गुनासो गरिन् । उनले भनिन् ‘समस्यामा परेको वेला जनताले सरकार भेटेनन् ।’ असोजमा आएको बाढीका कारण नागरिकले पाएको सास्तीमा सरकारले राहत र पुनर्निर्माणको काममा चासो नदिएको उनको आरोप छ  । ‘

असोजको समस्या माघको पहिलो हप्तासम्म पनि सम्बोधन हुन सकेको छैन, उनले भनिन्, ‘त्यो बेलाको समस्या अहिले नै समाधान गर्न सकिएन भने अर्को वर्ष निक्कै गाह्रो हुने छ ।’ राहत र पुनर्निर्माणको पर्खाइमा रहेका नागरिकहरू चिसोमा कष्टकर जीवन बिताइरहेको उनले बताइन् ।

सांसद कमलप्रसाद जबेगुले फालेलुङको हेवाखोलाले  सडक र सडक पुलहरू बगाएको भए पनि पुनर्निर्माणको लागि कामै अघि नबढेको बताए ।  उनले विपद् तथा राहत कोषमा पूर्वाधार कार्यालय पाँचथरमा पठाइएको रकमको बारेमा अर्थमन्त्रीको जवाफ माग गरे । अर्का सांसद गोविन्द गिरीले असोजमा आएको बाढी पहिरोले ठूलो क्षति भएकोले अहिले पनि सडक सहज सुचारु हुन नसकेको बताए ।  गत असोजको बाढीले चारआलीबाट ताप्लेजुङ जाने सडकको इलाम नगरपालिका– ९ मा क्षति पु¥याए पनि अझैसम्म मर्मत हुन नसकेको बताए । असोजको बाढीले क्षति भएको सडक मर्मत नहुँदा  यात्रुले अहिले पनि सास्ती खेप्न बाध्य भएको गुनासो गरे ।

सांसद गम्बु शेर्पाले कडा रोगका बिरामीलाई दिने घोषणा गरेको स्वास्थ्य सहायता रकम नदिएर सरकार गैर जिम्मेवार बनेको आरोप लगाए । स्वास्थ्य सहायता दिने बजेटमा भएको  व्यवस्था र विनियोजन भएको रकम  ७ महिना सम्म पनि वितरण नभएको शेर्पाले बताए । उनले सहायता रकम वितरण सम्बन्धी कार्यविधिसमेत अझै नबनेको, सहायता रकम नपाई कतिपय बिरामीको मृत्युसमेत भइसकेको बताए । सांसद रामदेव यादवले किसानलाई मल खादको व्यवस्था गरिदिन सरकारसँग माग गरे । ‘मल खादको हाहाकार छ, युरिया आउँदा डिएपी नपुग्ने, डीएपी हुँदा युरिया नपुग्ने समस्या छ’, उनले भने, ‘पटक–पटक कृषि मन्त्रालयमा भन्दा पनि वास्ता गरिएको छैन ।’

बैठकमा सांसदहरूले झापा, मोरङ र सुनसरी जिल्लामा हात्ती आतङ्कका कारण नागरिकले सास्ती पाएको तर, हात्ती नियन्त्रणमा सरकारले कुनै कदम नचालेको गुनासो गरेका छन् । सांसद भीम पराजुलीले हात्तीको आक्रमणबाट सुन्दर हरैँचा ८ का हरिप्रसाद घिमिरेको मृत्यु भएको भन्दै सदनलाई जानकारी गराए । उनले हात्तीको आक्रमणबाट मृत्यु भएका परिवार, बालीनालीमा क्षति भएका किसानलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरे ।

उनले किसानलाई मल खाद उपलब्ध गराउन र सङ्खुवासभाको सभापोखरीमा भएको आगलागी प्रभावितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरे । सांसद  शोभा चेम्जोङले हात्तीको आक्रमणबाट एकै महिनामा तीन जनाको  मृत्यु भएको  र करोडौँको क्षति भएको जानकारी गराइन् ।  ‘एक महिनामा ३ जनाको मृत्यु भएको छ’, उनले भनिन्, ‘ करोडौँको अन्नबाली नष्ट भएको छ । पिउने पानी र खानाको लागि हात्ती बस्ती र गाउँमा आउन थालेपछि स्थानीयले जाग्राम बस्नुपर्ने बाध्यता छ ।’ हात्ती आक्रमणबाट बच्न स्थानीय तह र स्थानीयलाई नै त्यसबारे जागरूक गराउने काममा प्रदेश सरकारले  सहयोग गर्नु पर्ने उनले बताइन्।

हात्ती र मानव द्वन्द्व समाधानका लागि प्रदेश सरकारलाई गम्भीर बन्न उनले आग्रह गरिन् । उनले हात्तीले क्षति पु¥याए राहत र क्षतिपूर्ति लिन असहज भएको गुनासो गरिन् । चेम्जोङले राहत र क्षतिपूर्तिमा पनि सरकारले विभेद गर्दै आएको बताइन् । ‘ प्रक्रियागत झन्झटले राहत र क्षतिपूर्ति पाउनै गाह्रो छ’,उनले भनिन्‘ क्षतिपूर्ति वितरणमा पनि प्रदेश सरकारले ऐलेनी र नम्बरी जग्गा भनेर विभेद गरेको छ ।’ उनले ऐलेनी जग्गामा बनेको घर हात्तीले भत्काए थोरै र नम्बरीमा बनेको घर भत्काए धेरै क्षतिपूर्ति दिने विभेदकारी व्यवस्था गरिएको बताइन् ।  सांसद तिलचन पाठकले हात्तीको समस्याको बारेमा लामो समयदेखि आवाज उठाउँदै आएको भए पनि सरकारले सम्बोधन गर्न नसकेको गुनासो गरे । 
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
११ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
यो पनि पढौँ
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस