अध्यादेशमा सत्तापक्ष नै सशंकित
१० माघ २०८१
•
६ मिनेट पाठ
अध्यादेशमा सत्तापक्ष नै सशंकित
सरकारले संघीय संसद्को अधिवेशन बोलाउने बेलामा पाँच विभिन्न अध्यादेश ल्याएपछि त्यसको सत्तारुढ दलभित्रैबाट विरोध सुरु भएको छ। प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहित विपक्षी दलले सरकार संसद् छलेर अध्यादेशबाट शासन गर्न लागि परेको आरोप लगाइरहेका बेला सँघारमा सत्तारुढ दलका नेता नै त्यसमा थपिएका हुन्।




सरकारको नेतृत्व गरेको एमालेले बुधबार विज्ञसहितको उपस्थितिमा अध्यादेशको बचाउमा बोल्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ भने सत्तारुढ कांग्रेसका पदाधिकारी पनि अध्यादेशको बचाउमा उत्रिएका छन्। तर, कांग्रेसका प्रभावशाली नेताले भने संसद्को अधिवेशन बोलाउन छाडेर अध्यादेश ल्याएर सरकारले गलत गरेको बताउन थालेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पुस २९ गते चार र माघ २ गते एक अध्यादेश जारी गरेका थिए। त्यसको एक साता पनि बित्न नपाउँदै मन्त्रिपरिषद्कै सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार संघीय संसद्को अधिवेशन आह्वान गरेका थिए।

त्यसको भोलिपल्ट बुधबार कांग्रेस नेता शेखर कोइरालाले सरकारले अध्यादेशप्रति असन्तुष्टि जनाए। माघ १८ गते संघीय संसद्को अधिवेशन बोलाएको जनाउँदै कोइरालाले विराटनगरमा पत्रकारसँग कुरा गर्दै भने, ‘अध्यादेश ल्याउनुभन्दा संसद् बैठक छिटो बोलाउनुपर्ने थियो।’

केपी ओली नेतृत्व सरकारले ६ महिनामा देश र जनताको पक्षमा काम गर्न नसकेको तर्क गर्दै नेता कोइरालाले भने, ‘यो सरकार गठन भएको ६ महिनामा के भएर ? सात÷दश दिनमा के पल्टिहाल्थ्यो र अध्यादेश ल्याएको ? पहिले संसद् बोलाएको भए हुन्थ्यो नि।’

अध्यादेशबाट मुलुक चलाउनुलाई निरंकुशताको चरण भएको भन्दै कोइरालाले चिन्ता व्यक्ति गरे। विगतका सरकारले अध्यादेश ल्याउँदा त्यसको विपक्षमा उभिने गरेको कांग्रेसले अहिले आफू सम्मिलित सरकारले एकै पटक पाँच अध्यादेश ल्याएको छ। त्यो पनि केही सीमित व्यक्तिलाई लक्षित गर्दै सरकारले अध्यादेश ल्याएको आरोप सत्तारुढ दलकै नेताहरूले लगाउँदै आएका छन्।

कांग्रेस नेता अर्जुननरसिंह केसीले त सरकारले बदनियत राखेर अध्यादेश ल्याएको आरोप लगाएका छन्। मंगलबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा सरकारले अध्यादेश ल्याएर नीतिगत भ्रष्टाचारलाई संस्थागत गर्ने काम गरेको बताए।

‘सरकारलाई अध्यादेश ल्याउन संविधानले अधिकार दिएको तर त्यसको अर्थ जनप्रतिनिधिको संस्था संसद्लाई पन्छाउनु ठिक होइन,’ केसीले भने, ‘राष्ट्रिय महŒवका विषयमा अध्यादेश ल्याउने हो तर सामान्य इस्युमा पनि अध्यादेश ल्याउने र जनप्रतिनिधिलाई पन्छाउने ठिक होइन।’

निजी क्षेत्रलाई खुसी बनाउने गरी अध्यादेश ल्याएको आफूले सुनेको जनाउँदै केसीले भने, ‘जग्गा वितरणका लागि भूमिसम्बन्धी ऐन २०२१ ल्याइएको छ। बदनियत ढंगबाट अध्यादेश ल्याइएको छ।’ मन्त्रिपरिषद्बाट सिफारिस भएको पाँच अध्यादेशमध्ये राष्ट्रपति पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ केही दिन ढिला गरी माघ २ गते मात्र जारी गरेका थिए।

नेता केसीले सोही विषयमा प्रश्न उठाउँदै सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशको दफा २ ले गरेका विषयमा पनि प्रश्न उठाएका छन्। सरकारको कार्यशीलको पनि कांग्रेस नेताहरूले आलोचना गर्दै आएका छन्। कांग्रेस नेता शेखर कोइरालाले राजनीतिक संयन्त्रमार्फत शासन चलाउन खोजेको भन्दै आलोचना गरे।

लोकतान्त्रिक शासन व्यवस्थामा सरकारले देश चलाउनुपर्नेमा प्रधानमन्त्री ओलीले संयन्त्रबाट चलाउन खोजिरहेको टिप्पणी गर्दै उनले कांग्रेस र एमाले नेता सम्मिलित कार्यदलप्रति असन्तुष्टि जनाए। संविधान संशोधन, सुशासन र आर्थिक विकासको कुरालाई सरकारले गम्भीरतापूर्वक लिन नसकेको जनाउँदै उनले भने, ‘६ महिनाको यो अवधिमा धेरै काम भएन। जसरी सरकार अघि बढ्नुपर्ने थियो, त्यसरी बढ्न सकेको छैन।’

दुई दलबीच सरकार गठन पूर्व भएको सात बुँदे समझदारीविपरीत प्रधानमन्त्री ओली प्रस्तुत भएको पनि कोइरालाको टिप्पणी छ। दुई दलबीचको छलफलले मात्र संविधान संशोधनको विषय नसकिने र संशोधनको विषयलाई जनतामाझ लैजानुपर्ने बताउँदै कोइरालाले संविधान संशोधन २०८७ पछि हुने प्रधानमन्त्रीको अभिव्यक्ति ठिक नभएको बताए।

सरकारका मन्त्री र कतिपय नेताले नयाँ सरकारको गृहकार्य भइरहेको दाबी गरी रहेका बेला उनले भने ओली नेतृत्व सरकार तत्काल नढल्ने दाबी गरे। सरकार ढल्ने विषयमा सत्यता नभएको दाबी गरे। तर, मंगलबार मात्र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओली नेतृत्व सरकार लामो समय नजाने बताएका थिए।

उनले नयाँ सरकारका लागि कांग्रेससँग साझेदारी गर्न तयार रहेको र संवाद भएको संकेत गरेका थिए। दाहालसँगै भरतपुर विमानस्थलमा भेटिएका कांग्रेस कांग्रेस पूर्वमहामन्त्री शशांक कोइरालाले राजनीतिक सम्भावनाको खेल रहेको भन्दै असम्भव भने केही नरहेको दाबी गरे।

‘सरकारलाई अध्यादेश ल्याउन संविधानले अधिकार दिएको तर त्यसको अर्थ जनप्रतिनिधिको संस्था संसद्लाई पन्छाउनु ठिक होइन,’ केसीले भने, ‘राष्ट्रिय महŒवका विषयमा अध्यादेश ल्याउने हो तर सामान्य इस्युमा पनि अध्यादेश ल्याउने र जनप्रतिनिधिलाई पन्छाउने ठिक होइन।’

निजी क्षेत्रलाई खुसी बनाउने गरी अध्यादेश ल्याएको आफूले सुनेको जनाउँदै केसीले भने, ‘जग्गा वितरणका लागि भूमिसम्बन्धी ऐन २०२१ ल्याइएको छ। बदनियत ढंगबाट अध्यादेश ल्याइएको छ।’ मन्त्रिपरिषद्बाट सिफारिस भएको पाँच अध्यादेशमध्ये राष्ट्रपति पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ केही दिन ढिला गरी माघ २ गते मात्र जारी गरेका थिए।

नेता केसीले सोही विषयमा प्रश्न उठाउँदै सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशको दफा २ ले गरेका विषयमा पनि प्रश्न उठाएका छन्। सरकारको कार्यशीलको पनि कांग्रेस नेताहरूले आलोचना गर्दै आएका छन्।

कांग्रेस नेता शेखर कोइरालाले राजनीतिक संयन्त्रमार्फत शासन चलाउन खोजेको भन्दै आलोचना गरे। लोकतान्त्रिक शासन व्यवस्थामा सरकारले देश चलाउनुपर्नेमा प्रधानमन्त्री ओलीले संयन्त्रबाट चलाउन खोजिरहेको टिप्पणी गर्दै उनले कांग्रेस र एमाले नेता सम्मिलित कार्यदलप्रति असन्तुष्टि जनाए। संविधान संशोधन, सुशासन र आर्थिक विकासको कुरालाई सरकारले गम्भीरतापूर्वक लिन नसकेको जनाउँदै उनले भने, ‘६ महिनाको यो अवधिमा धेरै काम भएन। जसरी सरकार अघि बढ्नुपर्ने थियो, त्यसरी बढ्न सकेको छैन।’

दुई दलबीच सरकार गठन पूर्व भएको सात बुँदे समझदारीविपरीत प्रधानमन्त्री ओली प्रस्तुत भएको पनि कोइरालाको टिप्पणी छ। दुई दलबीचको छलफलले मात्र संविधान संशोधनको विषय नसकिने र संशोधनको विषयलाई जनतामाझ लैजानुपर्ने बताउँदै कोइरालाले संविधान संशोधन २०८७ पछि हुने प्रधानमन्त्रीको अभिव्यक्ति ठिक नभएको बताए।

सरकारका मन्त्री र कतिपय नेताले नयाँ सरकारको गृहकार्य भइरहेको दाबी गरी रहेका बेला उनले भने ओली नेतृत्व सरकार तत्काल नढल्ने दाबी गरे। सरकार ढल्ने विषयमा सत्यता नभएको दाबी गरे। तर, मंगलबार मात्र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओली नेतृत्व सरकार लामो समय नजाने बताएका थिए।

उनले नयाँ सरकारका लागि कांग्रेससँग साझेदारी गर्न तयार रहेको र संवाद भएको संकेत गरेका थिए। दाहालसँगै भरतपुर विमानस्थलमा भेटिएका कांग्रेस कांग्रेस पूर्वमहामन्त्री शशांक कोइरालाले राजनीतिक सम्भावनाको खेल रहेको भन्दै असम्भव भने केही नरहेको दाबी गरे।
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस