नेकपा (एमाले) का नेता कर्ण थापाले बिना कारणको प्रश्न र सत्याधार बिनाको जवाफ लोकतन्त्रको लागि हानिकारक हुने बताएका छन्।
'बिना कारणको प्रश्न र सत्याधार बिनाको जवाफ लोकतन्त्रको लागि हानिकारक हुन्छ,' थापाले आफ्नो फेसबूक ह्यान्डलमा लेखेका छन्।
अगाडि उनी लेख्छन्, 'प्रश्न प्रश्नका लागि र जवाफ जवाफका लागि मात्रै हुने हो भने प्रश्न र जवाफको महत्त्व समाप्त हुनेछ। प्रश्न र जवाफ दुईटै सही हुनु पर्दछ ।'
उनले न्यायिक र मानवीय समाज लक्ष्य हुने हो भने साँचो साँचो काम र व्यवहार गर्नुपर्ने बताएका छन्।
उनले यसअघि पनि भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई पार्टीले गरेको कारबाहीका प्रति असन्तुष्टि जनाएका थिए। थापाले पार्टीभित्र प्रश्न गर्न पाउनुपर्ने बताउँदै आएका छन्।