संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार सुरु हुँदैछ । दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाको पहिलो बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।
अधिवेशन सुरु हुन तीन दिन बाँकी रहँदा प्रतिनिधिसभाले पाक्षिक कार्यतालिका तय गरेको छ । सभामुख देवराज घिमिरेको संयोजनमा मंगलबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले माघ १८ देखि २९ गतेसम्मका लागि कार्यतालिका तय गरेको हो।
तालिका अनुसार माघ १८ अधिवेशनको पहिलो बैठक बस्नेछ । त्यसपश्चात् माघ २४, २५ र २७, २८, २९ गते लगातार बैठक बस्नेछ । तालिकामा शून्य समय, विशेष समयमा सांसद्हरुले धारणा राख्नेदेखि विभिन्न समितिको प्रतिवेदन पेस हुने लगायत कार्यतालिका छ।
संघीय संसद्को बजेट अधिवेशन आजबाट सुरु भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक अहिले १ बजेबाट सुरु भएको हो ।
संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रस्तुत गर्ने छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा सम्बोधन गर्ने भनिए पनि अन्तिम समयमा स्थगीत भएको छ।
संसदको हिउँदे अधिवेशन गत चैत १९ मा अन्त्य भएको थियो ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...