सहिद दुर्गानन्द झा: जसले मृत्यु स्वीकारे, माफी मागेनन्
१५ माघ २०८१
•
६ मिनेट पाठ
सहिद दुर्गानन्द झा: जसले मृत्यु स्वीकारे, माफी मागेनन्
नेपालमा गणतन्त्रको बिगुल फुँक्ने पहिलो व्यक्तिका रूपमा दुर्गानन्द झालाई लिइन्छ। मङ्गलवार झाको ६१ औँ स्मृति दिवस हो।  स्वर्गीय दुर्गानन्दले २०१८ सालमा तत्कालीन राजा महेन्द्रको गाडीमा बम फ्याँकेर पहिलो पटक नेपालमा गणतन्त्रका लागि आवाज उठाएका थिए। त्यसैलाई कसुर मान्दै तत्कालीन पञ्चायत प्रशासनले २०२० माघ १५ गते दुर्गानन्दलाई फाँसी दिएको थियो। 




दुर्गानन्दले यसरी बलिदान दिएको ४५ वर्षपछि मात्रै देशमा गणतन्त्र आयो। देशमा गणतन्त्र आए पनि उनको बलिदानको सम्बोधन हुन अझैँ सात वर्ष लागेको थियो। २०७२ फागुन १९ गते मात्रै राज्यले दुर्गानन्दलाई सहिद घोषणा गरेको थियो। 

दुर्गानन्द सहिद त घोषणा भए, तर गणतान्त्रिक सरकारको प्राथमिकताबाट भने अझैँ पनि ओझेल पर्दै आएका छन्। गणतन्त्र आएपछि कांग्रेस र कम्युनिस्ट दुवैले सरकारको नेतृत्व गरे, मधेसवादी दलहरूले सरकार चलाए, तर दुर्गानन्दको परिवारले सहिद परिवारसरह सम्मान पाएका छैनन्। 

त्यति बेला दुर्गानन्दले गणतन्त्रको माग गर्दै बम प्रहार गरे पनि राजा महेन्द्रको ज्यान नै लिन त्यसो नगरिएको जानकारहरू बताउँछन्। 
राजाको खिलाफमा चुइँक्क बोल्न साहससम्म नगर्ने समयमा राजा चढेको गाडीमै बम खसालेर गणतन्त्रको बिगुल फुँक्ने व्यक्तिको योगदानको कदर नहुनु दुःखद रहेको पुराना राजनीतिज्ञ खुसीलाल मण्डल बताउँछन् । उनी भन्छन्, ‘मधेसीमाथिको विभेदको यो चरम उदाहरण हो, जसले नेपालमा गणतन्त्रको शंखघोष गरे त्यसैको बलिदानको कदर गणतान्त्रिक मुलुकमा नहुनु विडम्बना हो ।’ 

त्यति बेला दुर्गानन्दले गणतन्त्रको माग गर्दै बम प्रहार गरे पनि राजा महेन्द्रको ज्यान नै लिन त्यसो नगरिएको जानकारहरू बताउँछन्। 

‘त्यो बेला राजाबिनाको ‘तन्त्र’कल्पना गर्नु पनि अपराध करार हुने समय थियो । त्यसैमा राजामाथि नै बम फ्याँक्नु कम्ती साहस थिएन,’ मण्डल भन्छन्, ‘राजा चाहिँदैन भन्ने सन्देश दुर्गानन्दले त्यति बेला नै प्रदर्शन गरेका थिए।’  मधेसी भएकै कारण दुर्गानन्द सहिद घोषणा हुन ढिलाइ भएको उनको दाबी छ। 

दुर्गानन्दको जीवन सङ्घर्ष 

१४ वैशाख १९९९ मा धनुषाको जटही गाउँमा दुर्गानन्दको जन्म भएको थियो। उनी पिता देवनारायण र माता सुकुमारी देवी झाको एक्लो सन्तान थिए। 

दुर्गानन्दको पढाइ उमगाउँ स्थित दिनदयाल हाई स्कुलमा भएको थियो। एक्लो सन्तान भएकाले आमाबुवाले दुर्गानन्दको विवाह मेट्रिक पढ्दै गर्दा २०१७ सालमा गरिदिए। काशीदेवी झा दुर्गानन्दकी पत्नीको नाम हो।  

दुर्गानन्द विवाहको वर्षगाँठ मनाए लगत्तै गर्भवती पत्नीलाई आमासँग छाडेर लोकतन्त्रको सङ्घर्षमा होमिएका थिए। दुर्भाग्य उनको पहिलो सन्तान नै मृत जन्मियो। 

२०१८ माघ १९ गते राजा महेन्द्र जनकपुर भ्रमणमा आए। त्यहीँ दुर्गानन्दले महेन्द्र चढेको गाडीलाई लक्षित गरी बम प्रहार गरेका थिए। कडा सुरक्षा पहरामा रहँदा पनि दुर्गानन्द महेन्द्र चढेको गाडीमाथि बम फाल्न सफल भएका थिए ।तर, बम पड्केन ।
२०१७ पुस १ गते राजा महेन्द्रले ‘कु’ गरेर प्रजातन्त्रको हरण गरे। त्यसको विरोधमा कांग्रेसले आन्दोलन सुरुवात गरेको थियो। प्रजातन्त्रमाथि ‘कु’गर्ने राजा महेन्द्रको कदमविरुद्ध युवा उमेरका दुर्गानन्द आक्रोशित बने। 

यसै क्रममा दुर्गानन्द भारतको जयनगरमा निर्वासित जीवन बिताइरहेका कांग्रेस नेता सरोज कोइरालाको सम्पर्कमा पुगेका थिए । त्यही उनले राजा महेन्द्रको जनकपुर आउँदा बम प्रहार गर्ने योजना बनाएका थिए। 

२०१८ माघ १९ गते राजा महेन्द्र जनकपुर भ्रमणमा आए। त्यहीँ दुर्गानन्दले महेन्द्र चढेको गाडीलाई लक्षित गरी बम प्रहार गरेका थिए। कडा सुरक्षा पहरामा रहँदा पनि दुर्गानन्द महेन्द्र चढेको गाडीमाथि बम फाल्न सफल भएका थिए ।तर, बम पड्केन । गाडीको सिसामा क्षति पुग्यो । त्यति बेला बम प्रहार गरेर दुर्गानन्द त्यहाँबाट सकुशल भागेर उम्कन सफल भएका थिए। घटनाको दिन उनी जनकपुरमै सुरक्षित बसे। बिहानै उठेर भारतको उभगाउँ पुगेका थिए। 

त्यसरी भागेका दुर्गानन्दलाई उनकै नजिकका व्यक्तिले राजाबाट माफी दिलाइदिने भनेर बोलाएका थिए। जयनगरबाट रेल चढेर जनकपुर आउने क्रममा दुर्गानन्द बाटोबाटै गिरफ्तार भए।

पक्राउ परेको भोलिपल्ट दुर्गानन्दलाई परकौली सैनिक ब्यारेकमा ल्याएर हेलिकोप्टरबाट काठमाडौं पठाइयो। काठमाडौंमा उनी केन्द्रीय कारागार चलान भए । 

त्यति बेला राज्यले जनकपुर बम काण्डको छानबिन गर्न विशेष अदालतका न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको अध्यक्षतामा झपटसिंह रावल र गुणनाथ उपाध्याय सदस्य रहने गरी उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो। आयोगले २०१९ भदौ १९ मा सरकारलाई प्रतिवेदन बुझायो। प्रतिवेदनअनुसार दुर्गानन्दमाथि मुद्दा चल्यो । राज्यले राजा माथि गाथगादी हालेको (राजालाई मार्ने उपक्रम) गरेको अभियोग दुर्गानन्दमाथि लगायो। 

विशेष अदालतले २०१९ भदौ १९ गते कुनै सुनुवाइ नगरी मृत्युदण्ड(फाँसी) दिने फैसला सुनायो। न्यायाधीश भगवतीप्रसाद सिंहको इजलासबाट उक्त फैसला भएको थियो। त्यति बेला अदालतले दुर्गानन्दसहित उनका सहयोगी अरविन्द ठाकुर र दलसिंह थापालाई मृत्युदण्ड दिने सजाय सुनाएको थियो। २०१९ फागुन २० मा सर्वोच्च अदालतका न्यायाधीश द्वय दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायले उक्त फैसला सदर गरे।  

दुर्गानन्दलाई त्यो बेला राज्यको कानुनी व्यवस्था विपरीत फाँसीको सजाय तोकिएको जानकारहरू बताउँछन् । ब्राह्मणलाई त्यो बेलाको कानुनी व्यवस्थाअनुसार मृत्युदण्डको व्यवस्था थिएन।  तर, दुर्गानन्दको हकमा कानुन नै संशोधन गरेर फाँसी दिइएको राजनीतिक मण्डल बताउँछन् । 

बिन्ती पत्र लेखेर राजासमक्ष माफी मागे दुर्गानन्दलाई पनि मृत्युदण्ड मिनाहा हुने प्रस्ताव राज्यले राखेको मण्डल सुनाउँछन् । ‘अन्तिमसम्म पनि राज्यले बिन्ती पत्र लेख्न भनिरह्याे। दुर्गानन्द झुक्न तयार हुनुभएन। माफी माग्नु भन्दा मृत्यु स्विकार्नुभयो,’ उनले भने। दुर्गानन्द हाँसाहाँसी फाँसी चढेको उनी बताउँछन्। 
‘ब्राह्मणलाई मृत्युदण्ड दिन नहुने कानुन नै संशोधन गरेर यो देशमा फाँसी पाउने पहिलो व्यक्ति दुर्गानन्द हुन्,’ उनी भन्छन्, ‘२०२० भदौ १ मा मुलुकी ऐन संशोधन गरी सबैलाई समान सजाय दिने व्यवस्था कानुनमा उल्लेख गरियो । जसअनुसार २०२० माघ १५ गते राति दुर्गानन्द झालाई केन्द्रीय कारागारको रूखमा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो।’

दुर्गानन्दलाई फाँसी दिँदा उनका दुई सहयोगी ठाकुर र थापा भने जोगिए । २०२० पुस १० गते राजदरबारबाट प्रेषित पत्रअनुसार ठाकुर र सिंहलाई मृत्युदण्डको सजाई संशोधन गरी जन्मकैद निर्णय गरिएको थियो। 

बिन्ती पत्र लेखेर राजासमक्ष माफी मागे दुर्गानन्दलाई पनि मृत्युदण्ड मिनाहा हुने प्रस्ताव राज्यले राखेको मण्डल सुनाउँछन् । ‘अन्तिमसम्म पनि राज्यले बिन्ती पत्र लेख्न भनिरह्याे। दुर्गानन्द झुक्न तयार हुनुभएन। माफी माग्नु भन्दा मृत्यु स्विकार्नुभयो,’ उनले भने। दुर्गानन्द हाँसाहाँसी फाँसी चढेको उनी बताउँछन्। 

राज्यले दुर्गानन्दको अन्तिम संस्कारका लागि पार्थिव शरीर समेत परिवारलाई दिएन। परिवारले भारतको गया गएर कुशको शव बनाइ अन्तिम संस्कार गरे।

यसरी दुर्गानन्दको शहादतको ४५ वर्षपछि २०६५ जेठ १५ मा नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो। तर, सहिद नै घोषणा हुन दुर्गानन्दले अझै सात वर्ष कुर्नुपर्‍यो । २०७२ फागुन १९ गते मात्रै दुर्गानन्द सहिद घोषणा भएका थिए। 
अर्को समाचार
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
२ मिनेट अघि
•
१ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।




शनिबार सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रशिक्षणपछि आसपासका बस्तीमा एक्लै पुगेर नागरिकसँग कुराकानी गर्ने बताएका हुन्। 

लामिछानेले आफू जनतासँग भेट्न जाँदा पार्टीका कुनै पनि नेता तथा कार्यकर्ता साथमा नआउन आग्रह गरे।

‘म नेताहरूबाट घेरिएर होइन, जनताहरूबाट घेरिन चाहन्छु। म एक्लै जान्छु, तपाईंहरू प्रशिक्षणमा बस्नुस्,’ उनले भने।

उनले विमानस्थलदेखि विमानस्थलसम्म पुग्दा नेता तथा कार्यकर्ताले घेरिने र तिनै व्यक्तिहरू तस्बिरमा देखिने गरेको बताए।

‘धेरै भयो जनतासँग नबसेको। एयरपोर्टदेखि एयरपोर्टसम्म पुग्दा नेताहरू र कार्यकर्ताबाट घेरिन्छु। तिनै साथीहरू वरिपरि फोटोमा देखिन्छन्,’ उनले भने।

लामिछानेले यसपटक फोटो र भिडियो खिचाउनेभन्दा नागरिकका समस्या सुन्ने उद्देश्यले बस्तीमा जान चाहेको बताए।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो भ्रमणको तस्बिर देखाएर आफू सभापतिसँग नजिक रहेको वा उम्मेदवारको टिकट पाउने दाबी नगर्न पनि आग्रह गरे।

‘त्यो फोटो देखाएर म निकै नजिक छु, मैले नै टिकट पाउने हो भनेर बेच्न त पाइन्न,’ उनले भने।

लामिछानेले नागरिकसँगको भेटलाई राजनीतिक प्रचारभन्दा पनि आत्मीय सम्बन्धका रूपमा लिनुपर्ने बताए।

उनले आफू कहाँ जाने भन्ने ठाउँसमेत तय नगरेको उल्लेख गर्दै आसपासका बस्तीमा पुगेर नागरिकसँग प्रत्यक्ष कुराकानी गर्ने बताए।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
यो पनि पढौँ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस