पाथीभरा केबलकार निर्माण विवादमा योगेश: वार्ता गरी समस्याको समाधान खोजौँ
१६ माघ २०८१
•
६ मिनेट पाठ
पाथीभरा केबलकार निर्माण विवादमा योगेश: वार्ता गरी समस्याको समाधान खोजौँ
नेकपा एमालेका सांसद योगेश भट्टराईले पाथीभरा केबलकार निर्माण विवादबारे १९ बुँदे धारणा सार्वजनिक गरेका छन् ।




बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री समेत रहेका सांसद भट्टराईले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।  

उनले संघीय, प्रदेश र स्थानीय तहबाट कानुनी प्रक्रिया पुरा गरेर ताप्लेजुङमा पाथीभरामा केबलकार निर्माणको काम सुरु भएको बताएका छन्।

त्यस्तै उनले आन्दोलनरत पक्षलाई कोशी प्रदेश सरकार र संघीय सरकारले निर्माण गरेका समितिसँग वार्ता गरी समस्याको शान्तिपूर्वक समाधानका लागि अपिल गरेका छन्।  

यस्तो छ योगेश भट्टराईको १९ बुँदे धारणा :

१. संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रक्रिया पुरा गरेर पाथीभरा देवि मुकुम्लुङ केबलकार प्रा.लिले ताप्लेजुङमा अवस्थीत पाथीभरामा केबलकार निर्माणके काम सुरु गरेको हो।

२. ताप्लेजुङ जिल्लामा क्रियाशिल राजनीतिक दल तथा तीनै तहका जनप्रतिनिधिहरु केबलकर बन्नु पर्छ भन्ने पक्षमा रहेका छन।

३. केबलकार निर्मणका पक्षले निर्माण कार्य अघि बढाउन थालेपछि यही माघ १२ गते निर्माण स्थलमा अप्रिय घट्ना पुग्यो।

४. पाथीभरा नेपालको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक क्षेत्र र प्राकृतिक रुपले सुन्दर पर्यटकीय स्थल हो।

५. जहाँ वर्षेनी नेपालका विभिन्न भाग ,भारतका सिक्किम, दार्जिलिङ, असाम, पश्चिम बंगाल, उत्तरप्रदेश, विहार लगायतक क्षेत्रबट ठूलो मात्रामा श्रद्धालु दशनार्थी आउने गरेका छन।

६. पाथीभरा क्षेत्र विकास समितले उपलब्ध गराएको तथ्याङ्कअनुसार गतवर्ष करिब ३ लाख तीर्थालु र पर्यटकहरुले पाथीभरा भ्रमण गरेका थिए भने वर्षेनी यो संख्या उल्लेख्य मात्रामा वृद्धि हुँदै गएको छ।

७. पाथीभरालाई शक्तिको प्रतिक देविको रुपमा बुझिन्छ खस,आर्य लिम्बु राई (किराँत) गुरुङ,तामाङ शेर्पा, मगर, नेवार, लगायतका सवै जात र विशेष गरी हिन्दु बौद्ध, र किराँत धर्मालम्बीहरुले समान रुपले अस्था र विश्वास दर्शाउने साझा स्थल हो पाथीभरा।

८. ताप्लेजुङ जिल्लाका आर्थिक समृद्धिको आधार,जलश्रोत,पर्यटन र कृषि हो। तुलनात्मक रुपमा छिटो प्रतिफल दिने क्षेत्र भनेकै पर्यटन हो। ताप्लेजुङ प्रकृति र संस्कृति दुवैमा सम्पन्न छ। त्यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरेर ताप्लेजुङबासीहरुको आर्थिक रुपान्तरणम उपयोग गर्नुपर्छ भन्ने ताप्लेजुङबासीहरुको साझा धारणा रहेको छ।

९. भौगोलिक रुपले विकट ठाँउमा रहेको पाथीभरासम्म सहज ढंगले पुग्न सकियोस बृद्ध–बृद्धा बालबालिका तथा अपाङ्गता भएकालाई समेत सहज पहुँच पुगो भन्ने उद्देश्यले केबलकर उपयुक्त विकल्प हुनेम दुईमत छैन।

१०.केबलकार को निर्माण र पाथीभराको महिमाको प्रचार प्रसारबाट वर्षमा १० लाख सम्म तिर्थालु र पर्यटकहरु पाथीभरामा पुग्ने अनुमान गरिएको छ। यसबाट ताप्लेजुङबासीको रोजगारी,आर्थिक उपार्जन,स्थानीय उत्पादनको बजारीकरण, व्यवसायीकता विकास हुने र सम्रगतामा ताप्लेजुङको समृद्धिमा सहयोग पुग्ने विश्वास गरिन्छ।

११.निर्माण कम्पनीले प्रस्तुत गरेको म्एच् र राज्यका निकायले स्वीकृत गरेको परियोजना प्रस्ताब तथा वातावणीय प्रभाव मुल्याङकन  प्रतिविदेनका आधारमा हेर्दा केबलकारको संचालनले कुनै पनि धर्म संस्कृति र आस्थालाई कमजोर पार्ने देखिदैन। पवित्र कान्छी थान भन्दा केबलकार करिब २ सय मिटरका दुरीमा रहेको छ। पाथीभराको मूल मन्दिर भन्दा करिब ८ सय मिटर बाहिर केबलकार स्टेशन निर्माण हुने देखिन्छ। पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेन्ट बन्ने छैन र बन्न दिईने छैन। रुख तथा पोल गरेर २११२ कटान हुनेछ। बाहिर प्रचार गरिए जस्तो २५ हजार रुख काटने हल्लामा कुनै सत्यता छैन।

१२.ताप्लेजुङमा निर्माण हुने केबलकार वा जल विद्युत्त आयोजनाका बारेमा देशका विभिन्न भागमा बसोवास गर्ने महानुभावहरु तथा विदेशमा रहुन भएका नेपाली दिदीबहिनी तथा दाजुभाईले राख्नु भएको चासो र चिन्ताको हामी सम्मान गर्दछौ। र धन्यवाद व्यक्त गर्दै ताप्लेजुङबासीहरुको आम सहमतिमा जिल्लामा गर्नुपर्ने विकास– निर्माण र अन्य कामका बारेमा निर्णय गर्न ताप्लेजुङका नेतृत्व सक्षम रहेको सवैमा निवेदन गर्दछु।

१३.   २०८१ मघ १२ गतेको घटना प्रति दुख व्यक्त गर्दछु। त्यसक्रममा घाईते भएका प्रहरी निरीक्षक लगायत नेपाल प्रहरी,शसस्त्र प्रहरी बलका जवानहरु तथा नागरिकहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।साथै घाईतेहरुको प्रभावकारी उपचारको प्रबन्ध गर्न नेपाल सरकारसँग माग गर्दछु।

१४. पाथीभरा केबलकार निर्माणको कार्यलाई निर्वाध रुपमा अघि बढाउदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको व्यवस्था गरी स्थानीय संस्कृतिका जर्गेना र सम्बद्धनका लागि मुकुम्लुङ पार्क तथा संग्राहालय निर्माण साथै धर्म र संस्कृतिको उत्थानका लागि विभिन्न कृयाकलापहरु अघि बढाउन माग गर्दछु।

१५. लोकतन्त्रम विरोध र असहमति राख्ने अधिकारको म सम्मान गर्दछु। त्यो शान्तिपूर्वक र सुसभ्य हुनु पर्दछ। समस्याको समाधान बार्ता र संवादकोृ माध्यमबाट गरिनु पर्दछ। परिस्थीतिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाब भडकिने खालका गतिविधिले कसैको हित गर्दैन। यसका लागि आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरप्mतार भएका व्यक्तिहरु रिहा गर्न, घाइतेहरुको उपचारको व्यवस्था गर्न माग गदै अविलम्ब वार्ता गरी समस्यालाई समाधान गर्न माग गर्दछु।

१६. केबलकार कम्पनीबाट प्राप्त हुने सामाजिक उत्तरदायित्व कोष, राजस्व, स्थानीय कर लगायतका आर्थिक कोष  परिचालनका लागि स्थानीय तहको नेतृत्वमा आन्दोलनकारीको समेत प्रतिनिधित्व हुने गरी सर्वपक्षिय समिति निर्माण गर्न उपयुक्त हुनेछ। साथै केबलकार निर्माण सम्बन्धमा अनुगमन गर्न अर्को समिति गठन गरी काम कार्वाहीलाई सहभागीतामूलक तथा पारदर्शी ढंगले अघि बढाउनु पर्दछ।

१७. केबलकार पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरुका लागि निशुल्क सेवा दिने घोषणा गर्नु पर्दछ। प्रभावित क्षेत्रका नागरिकहरुलाई सुलभ शेयरको व्यवस्था गर्नु पर्दछ। रोजगारीको क्षेत्रमा ताप्लेजुङबासीलाई पहिलो प्राथमिकता दिनुपर्दछ। केबलकारको शुल्कमा ताप्लेजुङबासीलाई ५० प्रतिशत सहुलिय दिनु पर्दछ स्थानीय शिक्षा,स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्दछ।

१८ पाथीभरा केबलकार निर्माण सम्बन्धमा उत्पन्न समस्यालाई हल गर्न माननीय गृहमन्त्री तथा कोशी प्रदेशका मूख्यमन्त्रीले लिनु भएको तत्परर्ताप्रति धन्यवाद व्यक्त गर्दछु। कोशी प्रदेश सरकार र संघीय सरकारले निर्माण गरेका समितिसँग वार्ता गरी समस्याको शान्तिपूर्वक समाधानका लागि आन्दोलनरत पक्षलाई हार्दिक अपिल गर्दछु।

१९. ताप्लेजुङको समग्र विकासमा एकताबद्ध रुपले अघि बढ्न सवै जनप्रतिनिधि, प्रशासन तथा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक अपिल गर्दछु। सामाजिक एकता र सद्भाव कायम राख्दै संयम र धैर्यताका लागि सम्बद्ध सवैमा अपिल गर्दछु।
अर्को समाचार
विद्यालाई रोक्दा योगेशको कारबाही सम्झँदै सुरेन्द्रले भने: यस्तो निर्णय नगरौँ
०७ साउन २०८२
•
७ मिनेट पाठ
विद्यालाई रोक्दा योगेशको कारबाही सम्झँदै सुरेन्द्रले भने: यस्तो निर्णय नगरौँ
 एमालेको नवौँ केन्द्रीय कमिटीको अन्तिम दिन मंगलबार राती एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले नोट अफ डिसेण्ट दर्ज गराए । पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टी राजनीतिमा आउन हुन्न भन्ने प्रस्तावमा उनको नोट अफ डिसेण्ट थियो । 




पार्टीको छैटौँ महाधिवेशनमा तत्कालीन विद्यार्थी नेताहरु योगेश भट्टराई र रुपनारायण श्रेष्ठलाई प्रतिनिधि हुनबाट रोक्ने र महाधिवेशन हलबाटै कारबाहीको गर्ने जुन निर्णय गरियो त्यसले पार्टीलाई कालान्तरमा ठूलो नोक्सानी पुग्यो भन्दै यस्ता निर्णय गर्दा सुझबुझ अपनाउनु पर्ने र छलफलबाट समाधान खोजिनुपर्ने बताएका थिए । ‘छैटौँ महाधिवेशनमा के भएको त्यो पनि सम्झनुपर्छ ,योगेशजी अहिले यहाँ सचिव हुनुहुन्छ, छैटौँ महाधिवेशनमा उहाँमाथि १०वर्षको कारबाही गरिएको थियो, हतारमा कारबाही गर्दा, र यस्ता निर्णयले पार्टीलाई क्षति पुगेको इतिहास हामीसँग छ’, उपाध्यक्ष पाण्डेले भनेका थिए ।

तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले लामो प्रतिवाद गरेर विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गराए। एमाले उपाध्यक्ष समेत रहेका पाण्डेले यति बेला उठाएको विषय र त्यस बेला के भएको थियो भनेर केही हामीले इतिहास फर्केर हेर्नुपर्ने हुन्छ । 

यस्तो छैटौँ महाधिवेशनको पृष्ठभूमि:

२०४९ सालमा पाँचौ महाधिवेशन सकिएपछि नेपालमा एमालेको शक्ति र महासचिव मदन भण्डारीको क्रेज ह्वात्तै चुलियो । संसदमा एमालेको सशक्त उपस्थिति र मदन भण्डारीको सम्बोधनले एमालेलाई हेर्ने दृष्टिकोण परिवर्तन आयो।

पाँचौ महाधिवेशनपछि एमाले संसदीय राजनीतिमा अभ्यस्त हुन थालिसकेको थियो । तर त्यही क्रममा ०५० जेठ ३ गते दासढुंगामा जिप दुर्घटनामा मदन  भण्डारी र जीवराज आश्रितको निधन भयो । त्यसपछि पार्टीले दोस्रो वरियता क्रममा रहेका माधव नेपाललाई  महासचिव तय गर्‍यो । उनी निरन्तर १४ वर्ष महासचिव भइरहे । ०६४ चैत्र २८ गते सम्पन्न संविधानसभाको पहिलो चुनावमा पार्टीको खराब नतिजा आएपछि मात्रै ०६५ बैशाख १ गते पदबाट राजीनामा दिएका थिए । सोही महिनाको १५ गतेदेखि बसेको पार्टी बैठकको पहिलो दिन नै उनको राजीनामा स्वीकृत गरेको थियो । 

जब मदन भण्डारी जीवराज आश्रितको २०५० साल जेठ ३ गते जिप दुर्घटनामा मृत्यु भयो त्यसपछि एमालेले उहाँहरुको हत्या भन्दै देशव्यापी आन्दोलन गर्‍यो । तर त्यो हत्या हो या दुर्घटना हो भन्ने बारेमा एमाले अहिलेसम्म अलमलमै छ । एमालेले पटक पटक सरकारको नेतृत्व गरिसकेको अवस्थामा पुन अनुसन्धान गर्ने जमर्को भएको छैन।

२०५१ सालमा मुलुकमा मध्यावधि निर्वाचन भयो । त्यो निर्वाचनपछि एमाले ८८ सीट जितेर मुलुकको सबैभन्दा ठूलो दल बन्यो । पहिलो दल भएको हैसियतले एमालेले अल्पमतको सरकार बनायो । संसदको ठूलो दलको हैसियतले अल्पमतको सरकार बनाएको एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री बने, महासचिव माधवकुमार नेपाल उपप्रधानमन्त्री  र रक्षा मन्त्री भए । अध्यक्ष र महासचिव नै सरकारमा गएपछि वामदेव गौतमलाई पार्टीको विधानमा नै नभएको उपमहासचिव पद सिर्जना गरेर पार्टीको कामको जिम्मेवारी दिइयो । महासचिव माधव नेपाल सरकारबाट फिर्ता भएर आएपछि त्यो पद खोसियो । 

त्यस बेला नै हो वृद्ध भत्ता जस्ता सामाजिक सुरक्षा भत्ता सुरु गरेर एमालेले थप लोकप्रियता हासिल गर्‍यो । त्यति बेला एमालेको अल्पमतको सरकार नौ महिना मात्रै टिक्यो । त्यसपछि कांग्रेसका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्यो । शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि एमालेमा विवाद, द्वन्द्व र आन्तरिक लफडाहरू सुरु भयो । नौ महिने शासनकै बेलामा सरकारमा जान नपाएका र पार्टी सत्तामा रहेका नेताहरूबिच द्वन्द्व कायमै थियो । 

शेरबहादुर देउवाको सरकारले महाकाली सन्धि संसदमा पेश गरेपछि एमालेभित्र द्वन्द्वकाे आगो भित्रभित्रै सल्किन थाल्यो । महाकाली सन्धिका कारण एमालेभित्र ठूलो द्वन्द्व कायमै थियो । ४ असोज २०५३ मा संसद्बाट दुई तिहाइ बहुमतले महाकाली सन्धि पारित गरेसँगै एमालेभित्र देखिएको विवाद संस्थागत गर्‍यो । 

त्यहीबीचमा एमालेले शेरबहादुर देउवाको सरकार ढालेर राप्रपाका नेता लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा सरकारमा गयो । सो सरकारमा एमालेका स्थायी कमिटी सदस्य वामदेव गौतमलाई उपप्रधानमन्त्री र गृहमन्त्री बनाएर सरकारमा पठायो । यसले एमालेभित्र विवादको नयाँ आयम निकाल्यो । २०५४ सालमै चन्द–एमाले सरकारले स्थानीय निकायको निर्वाचन गराएको थियो । त्यो निर्वाचनमा एमालेले आशतित सफलता हासिल गर्‍यो ।  स्थानीय तहको स्थानीय तहको निर्वाचन सकिएपछि एमालेभित्र महाधिवेशनको रौनक सुरु भयो । 

२०५४ सालसम्म आइपुग्दा पार्टीभित्र वामदेव गौतम र केपी ओलीपक्षवीच दुरी बढ्दै गएको थियो । त्यति बेला एमाले महासचिव माधवकुमार नेपालले केपी शर्मा ओलीलाई राजनीतिक प्रतिवेदन लेख्ने जिम्मेवारी दिएका थिए । तर वामदेव गौतमले निहुँ खोजेपछि उनलाई पनि राजनीतिक प्रतिवेदन लेख्न दिए । यहाँनिर महासचिव नेपालले ओली र गौतमलाई आन्तरिक रुपमा भिडाइदिए । 

अन्ततः महाधिवेशनको हलमा ओलीको शक्ति सन्चय र गौतमको प्रगतिशील सुधार सम्बन्धी दुवै दस्ताबेज पेश भए । ओलीको शक्ति सञ्चय पास भयो गौतमको पराजित भयो । ४ असोज २०५३ मा संसद्बाट दुई तिहाइ बहुमतले महाकाली सन्धि पारित गरेसँगै एमालेभित्र देखिएको विवादमा यी दुई नेताहरु छटौँ महाधिवेशनमा आमुन्ने सामुन्ने देखिए । 

पार्टीभित्र संस्थापन पक्ष र सीपी मैनाली पक्षबिच अन्तरसंघर्ष चर्किइरहेकै थियो । जबज पक्षमै भए पनि ओली समूहको लखेटाइमा परेका वामदेवले आफू जबजको पक्षधर हुँदाहुँदै पनि नौलो जनवादी धारका सीपी मैनालीलाई साथमा लिएर प्रगतिशील सुधार सम्बन्धी राजनीतिक प्रतिवेदन तयार पारे । त्यहाँ सीपी मैनालीले पनि गौतमलाई उपयोग गरे । महाकाली सन्धिको बेला एमालेका अध्यक्ष मनमोहन अधिकारी, राधाकृष्ण मैनाली, सहाना प्रधान, हिरण्यलाल श्रेष्ठ, पद्यरत्न तुलाधार लगायतका सांसदहरु अनुपस्थित भएका थिए । 

महासचिव माधवकुमार नेपाल र केपी ओली जसरी पनि यो सन्धि पास गराउने पक्षमा थिए । यसले पार्टीभित्र ठूलो विग्रह ल्याएको थियो । त्यही क्रममा दुई नेताहरु ओली र गौतमले राजनीतिक दस्ताबेज सम्बन्धी देशव्यापी रुपमा बहस सिर्जना गरेपछि पार्टीभित्र ठुलै हलचल मच्चिएको थियो । करिब एक महिना राजनीतिक प्रतिवेदनमै छलफल भएको थियो । दस्ताबेजहरू सङ्गठित सदस्यहरुलाई वितरण गरेर व्यापक बहस सिर्जना गरियो । गौतमको राजनीतिक प्रतिवेदनमा ओलीमाथि राष्ट्रघाती भएको आरोप लगाइएको थियो । त्यसले गर्दा पार्टीभित्र झन विग्रह उत्पन्न मात्रै गराएन नेताहरूबिच तिक्तता समेत बढायो ।

माघको पहिलो साता दुई पक्षबिच प्रतिनिधि छनौटको क्रममा झडप समेत भयो ।  तत्कालीन विद्यार्थी नेताहरु योगेश भट्टराई र रुपनारायण श्रेष्ठलाई महाधिवेशन अघि प्रतिनिधि जानबाट वञ्चित गरिएको थियो । त्यति मात्र होइन नेपालगन्ज पुग्नु अगावै उनीहरुमाथि १० वर्ष पार्टी काममा फर्कन नपाउने गरी कारबाही गरेपछि विवाद झन चर्कियो । नेपालगन्जको महाधिवेशन हलमा योगेश भट्टराई र रुपनारायण श्रेष्ठलाई छिर्न दिइएन ।  पार्टीका नेताहरूबिच यो विषयले ठुलै विवाद निम्त्यायो । 

अन्ततः दुवै नेताहरुको कारबाही फूकुवा भएपछि मात्रै महाधिवेशन हल सञ्चालन भएको थियो । यसरी ०५४ साल २०५४ माघ १२–१८,मा एमालेको छैटौँ महाधिवेशन नेपालगन्जमा सम्पन्न भयो । छैटौँ महाधिवेशनमा पुग्दा पार्टीले एकातिर आफ्ना निर्णयहरूलाई पाँचौँ महाधिवेशनको नीतिहरूको निरन्तरता हो भनेर दाबी ग¥यो भने अर्कोतिर ‘जनताको बहुदलीय जनवाद’ स्वयं नै क्रान्तिहरूको सिद्धान्त हो भन्ने घोषणा ग¥यो । महाधिवेशनले माधव नेपाल नेतृत्वमा केन्द्रीय कमिटी चयन गर्‍यो ।

पाँचौँ महाधिवेशनमा नेकपा एमालेले शान्तिपूर्ण सङ्घर्षद्वारा कम्युनिष्ट पार्टी सरकारमा गएर प्रगतिशील सुधार गर्नेसम्मको हदसम्म मात्रै अगाडि जान सक्छ, क्रान्तिका लागि भने बल प्रयोग गर्नैपर्छ भनेर किटानी ग¥यो । तर, छैटौँ महाधिवेशनपछि पार्टीले कुनै पनि दस्ताबेजमा ‘बल’ प्रयोग गर्नुपर्ने कुरा उल्लेख गरेको छैन ।

नेपालगन्जमा छैटौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएपछि पार्टी सग्लो रहेबत्नर+न । त्यस महाधिवेशनका लागि राजनैतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान माथिको संशोधन प्रस्ताव, जनताको बहुदलीय जनवादको कार्यनीति तथा जाति, भाषा, धर्म र संस्कृति सम्बन्धी नीति आधिकारिक दस्ताबेजका रूपमा छलफलमा लगिएका थिए ।

राजनीतिक प्रतिवेदन र कार्यनीति सम्बन्धमा फरक मतको दस्ताबेज पनि छलफलमा लगिएको थियो । महाधिवेशनले विगत पाँच वर्षको सिंहावलोकन सहितको राजनीतिक प्रतिवेदन पारित गरी त्यसका आधारमा पार्टीको विधान, संगठनात्मक प्रस्ताव र कार्यनीतिलाई पुनव्र्यवस्थित गर्नुका साथै अन्य कतिपय विषयहरूमा नीतिगत स्पष्टता हासिल गर्ने अपेक्षा गरिएको थियो ।

विकृति र विसङ्गतिका विरुद्ध संघर्ष गरौँ, विचार धारात्मक रूपमा पार्टीलाई एकताबद्ध पारौँ भन्ने उद्घोषका साथ नेपालगन्जमा आयोजना भएको महाधिवेशनमा देश तथा विदेशका वरिष्ठ नेताहरू तथा प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सङ्गठित पार्टी सदस्यहरू मध्येबाट १८० बराबर एक जनाका दरले महाधिवेशनमा करिब ९०० प्रतिनिधिहरू सहभागी भएका थिए ।

महाधिवेशनले  मनमोहन अधिकारी अध्यक्ष र माधव नेपाल महासचिव रहेको केन्द्रीय कमिटी निर्वाचित ग¥यो । यद्यपि पार्टी भित्रका विवादहरू भने पूर्णतः अन्त्य भएनन् । फलतः २०५४ फागुन २१ गते पार्टी विभाजन भयो । झण्डै चार वर्षको तीव्र विवाद पछि २०५८ फागुन ४ गते पार्टीमा पुनः एकता कायम भयो ।
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५२ सेकेन्ड अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
यो पनि पढौँ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस