कर्णालीमा सातौं प्रदेश सभा स्थापना दिवस मनाइरहँदा १७ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको छ । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालमा १७ वटा विधेयक प्रमाणीकरण भएको हो ।
१५ वटा विधेयक र १ वटा निमयावली दर्ता भएको छ । निमयावली प्रमाणित भईरहेको छ । सभाबाट छलफलका लागि विषयगत समितिमा ४ वटा विधेयक पठाईएको कर्णाली प्रदेश सभा सचिवालयले जनाएको छ । त्यस्तै प्रदेश सभा सचिवालयमा दर्ता भई सभामा टेबुल हुन २ वटा विधेयक बाँकी रहेका छन् ।
प्रदेश सभा सचिवालायका अनुसार २ वटा विधेयक सभामा टेबुल भई विचाराधीन अवस्थामा रहेको छ ।प्रदेश प्रमुख यज्ञराज जोशीको प्रमुख आतिथ्यतामा कर्णाली प्रदेशले आफ्नो सातौं प्रदेशसभा दिवस मनाएको छ ।
सभामुख नन्दा गुरुङ, मुख्यमन्त्री यामलाल कँडेल, प्रदेश सभाका मन्त्रीहरु, सांसदहरु, कार्यालय प्रमुखहरु लगायत प्रदेश सभा दिवसमा सहभागी थिए ।