फक्ताङलुङमा नक्सा पास कार्यविधि : भवन बनाउने जग्गामा दुईवटा रुख अनिवार्य रोप्नुपर्ने
२५ माघ २०८१
•
३ मिनेट पाठ
फक्ताङलुङमा नक्सा पास कार्यविधि : भवन बनाउने जग्गामा दुईवटा रुख अनिवार्य रोप्नुपर्ने
फक्ताङलुङ गाउँपालिकाले भवन निर्माण गर्ने जग्गामा कम्तिमा दुईवटा रुख रोपी हुर्काउनुपर्ने गरी घरनक्सा पास सम्बन्धी कार्यविधि ल्याएको छ । कार्यविधि अनुसार घर निर्माणका लागि नक्सा पास गर्न कम्तिमा तीनआना जग्गा अनिवार्य चाहिने भएको छ ।




कार्यविधि लागु हुनुभन्दा अघि निर्माण भएका घरका हकमा भने उक्त नियम लागु नहुने गाउँपालिकाले स्पष्ट पारेको छ । भवन निर्माणका क्रममा जग्गाको चारैतर्फ कूल क्षेत्रफलको कम्तिमा २५ प्रतिशत जग्गा खाली हुनुपर्ने प्रावधान कार्यविधिमा राखिएको छ । अब फक्ताङलुङ गाउँपालिकामा नक्सा पास नगराई भवन निर्माण गर्न नपाइने भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेका अनुसार पालिका भित्र तोकिएको क्षेत्र र संरचना बाहेक नक्सा पास तथा निर्माण स्वीकृत नगराई भवन निर्माण गर्न कार्यविधिले प्रतिबन्ध गरेको छ । नक्सा पास गरेर भवन निर्माण गरेको व्यक्तिले घरमा तला थप्न चाहेमा तोकिएको प्रकृया अनुसार निर्माण सम्पन्न प्रमाणपत्रका आधारमा तल्ला थपको अनुमति लिन सक्ने प्रावधान कार्यविधिमा राखिएको छ । कच्ची घर निर्माण गर्दा तीनसय वर्गफिट सम्मको घरका लागि सम्वन्धित वडा कार्यालयको सिफारिस पालिकामा आबेदन दिनुपर्ने हुन्छ । कार्यालयले आवश्यक जाँचबुझ गरी अनुमति प्रदान गर्न सक्ने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ ।

तीनसय वर्गफिटसम्मको घरमा सँधियारको मुचुल्का नचाहिने भएको छ । तीनसय वर्गफिट भन्दा माथि पाँचसय वर्गफिटसम्मको कच्च घरका लागि दर्ता नभएको बाटो वा कुलोको निकास मात्र भएमा पनि सम्वन्धि वडा कार्यालयबाट १५ दिने सूचना जारी गरी सर्जमिन मुचुल्का, चारकिल्ला प्रमाणित, घर निर्माणको सामान्य नक्सा र राजश्व तिरेको रसिदसहित निर्माण इजाजातका लागि गाउँ कार्यपालिकाको कार्यालयमा आवेदन दिनुपर्ने हुन्छ । पालिकाले इजाजत दिएपछि प्रकृया अनुसार निर्माण कार्य पूरा भएको भए पालिकाले घर निर्माण सम्पन्न प्रमाणपत्र दिनेछ । भवन निर्माणको हकमा नक्सा पास भएपछि निबेदकले भवन निर्माण इजाजत लिनुपर्ने हुन्छ ।

आवश्यक मापदण्ड पूरा गरी भवन निर्माणका लागि इजाजत माग भइ आएको अवस्थामा पालिकाले ‘प्लिन्थ लेभल’सम्मका लागि अस्थायी इजाजत उपलब्ध गराउने भएको छ । ‘प्लिन्थ लेभल’को निर्माण कार्य ६ महिना भित्रमा पूरा गर्नुपर्ने प्रावधान कार्यविधिमा राखिएको छ । उक्त अवधिमा ‘प्लिन्थ लेभल’को कार्य पूरा नभए नक्सा पासमा तिरेको राजश्वको पाँच प्रतिशत दस्तुर तिरी म्याद थपका लागि आबेदन गर्न सकिने छ ।

पालिकाले आवश्यक देखेमा ६ महिना सम्म थप म्याद दिन सक्ने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ । ‘प्लिन्थ लेभल’को ‘डिपिसी’सम्मको कार्य पूरा भएपछि स्थायी इजाजतका लागि पालिकामा आवेदन गर्नुपर्ने हुन्छ ।

स्थायी इजाजत प्राप्त भएको मितिले दुईबर्ष भित्र भवन निर्माण कार्य पूरा गरिसक्नु प्रावधान गाउँपालिकाले बनाएको छ । स्थायी इजाजत पाएको दुईबर्षभित्र पनि निर्माण कार्य पूरा नभए पाँच प्रतिशत नक्सा नविकरण दस्तुर तिरी अर्को एकबर्ष सम्म म्याद थप गर्न सकिने छ । थप भएको म्याद भित्र पनि निर्माण कार्य पूरा नभए पुनःअर्को नक्सा पास गरी भवन निर्माण कार्य अघि बढाउन फेरि पहिलाकै जस्तो प्रकृया थालनी गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
अर्को समाचार
७५ प्रतिशत अनुदानमा याक प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै फक्ताङलुङ
२९ वैशाख २०८२
•
१ मिनेट पाठ
७५ प्रतिशत अनुदानमा याक प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै फक्ताङलुङ
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले पशुपालकलाई ७५ प्रतिशत अनुदान दिएर याक प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । 




पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेका अनुसार याक प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्षमा ८ लाख रुपैयाँ बजेट रहेको छ । याक प्रवर्द्धन कार्यक्रममा सहभागी हुन छनौट भएका लाभग्राहीले २५ प्रतिशत लागत साझेदारी गर्नुपर्ने पालिकाले जनाएको छ । 

चालु आर्थिक वर्ष २०८१/८२ मा प्रदेश तथा स्थानीय तहमा सर्शत वित्तीय हस्तान्तरण भएको रकमबाट पशुपंक्षि तथा मत्स्य विकास कार्यक्रम सञ्चालन सम्वन्धी कार्यविधि २०८१ अनुसार याक प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न लागिएको पालिकाले जनाएको छ । 

पालिकाका सूचना अधिकारी जयप्रसाद रिजालका अनुसार कार्यक्रममा सहभागी हुन चाहने याक पालकहरुले मिति २०८२ साल वैशाख २८ गतेका मितिले १५ दिनभित्र पालिकामा आवेदन गर्नुपर्ने हुन्छ । कृषक, कृषक समूह, समिति, सहकारी, संघसंस्था, कम्पनी फर्म वा निजी उद्यमीले आवेदन दिनसक्ने पालिकाले जनाएको छ । आवेदकले संक्षिप्त कार्ययोजना,नेपाली नागरिकताको प्रतिलिपि सहित आवेदन दिनुपर्ने पालिकाले जनाएकको छ । 

सहकारी, कृषक समूह र संघसंस्थाहरुको हकमा पालिकामा दर्ता तथा नवीकरण भएको हुनुपर्ने, स्थायी लेखा नम्बर र करचुक्ता भएको हुनुपर्ने समेत पालिकाले जनाएको छ । ताप्लेजुङको हिमाली क्षेत्रमा याक तथा चौंरी पालनको राम्रो सम्भावना रहेको छ । सोहि अवस्थाका आधारमा याक पालकलाई सहयोग पुग्नेगरी पालिकाले याक प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न लागेको हो । 
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस