नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयकबारे जनतामा भ्रम फैलाएको भन्दै सचेत हुन आग्रह गरेका छन्।
आइतबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै महासचिव पोखरेलले यस्तो आग्रह गरेका हुन्। उनले विगतमा आफैँले विधेयक मस्यौदा गर्न लगाएका र त्यसका बारेमा आफ्नो मत बाहिर ल्याएका दलहरूले नै यसको विरोध गर्नु अनैतिक कार्य भएको भन्दै यस्ता कुराप्रति नागरिकहरू सचेत हुनु पर्ने उनले भनाइ राखे।
उनले भने, 'विगतमा आफैँले विधेयक मस्यौदा गर्न लगाएका र त्यसका बारेमा आफ्नो मत बाहिर ल्याएका दलहरूले नै यसको विरोध गर्नु अनैतिक कार्य हो। यस्ता कुराप्रति नागरिकहरू सचेत हुनु पर्दछ। अराजकता र अपराधको नियन्त्रण आम नागरिकको चासो र सरोकारको विषय हो र हुनु पर्दछ।'
सोही क्रममा महासचिवले यतिबेलाको चासो र चिन्तामा मनभेद देखिएको पनि जिकिर गरेका छन्। उनले विधेयक दर्ता दुरुपयोग र साइबर अपराध रोक्नका लागि भएको भए पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका नाममा यसको विरोध सुरु भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
उनले लेखेका छन्, 'यतिबेलाको चासो र चिन्ता, विधेयक दर्ता भएको छ नियमनका लागि। दुरुपयोग र साइबर अपराध रोक्नका लागि। विरोध सुरु भएको छ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका नाममा। सरकारले न प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको छ। न त त्यसो गर्न संविधानले अनुमति नै दिन्छ। न संसदले नै त्यो काम गर्नेछ।'
उनले वर्तमान समयमा सामाजिक सञ्जालको प्रयोगमा नियमन आवश्यक रहेको पनि स्पष्ट गरे। साइबर क्राइम इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग गरी गरिने विश्वव्यापी रूपमा स्वीकार गरिएको गम्भीर प्रकृतिको अपराध भएको उनले बताए। यसर्थ त्यसको नियन्त्रण आवश्यक मात्र नभइ अपरिहार्य विषय भएको पनि उनले प्रष्ट पारे।
उनले भने, 'सोसल मिडियाको नियमन आवश्यक छ। विधेयक त्यसका लागि नै दर्ता गरिएको छ। मुलतः त्यो प्लेट फर्मको दर्ताको आवश्यकता र दुरुपयोग तथा त्यस मार्फ़त हुने अपराध नियन्त्रण गर्ने कुरासंग सम्बन्धित छ। साइबर क्राइम इन्टरनेट र सामाजिक संजालको प्रयोग गरी गरिने विश्वव्यापी रूपमा स्वीकार गरिएको गम्भीर प्रकृतिको अपराध हो। त्यसको नियन्त्रण आवश्यक मात्र होइन अपरिहार्य विषय हो।'
नेपालको कानुन त्यस मामिलामा कमजोर भएका कारणले त्यस प्रकृतिका अपराध बढेको तथ्यप्रति कसैले पनि आँखा चिम्लन नमिल्ने महासचिव पोखरेलको भनाइ छ। विधेयकमा केही अस्पष्टता छन् र सुधार गर्नुपर्ने देखिए संसदले सुधार गर्न सक्ने उनले बताए।
उनले लेखेका छन्, 'नेपालको कानुन त्यस मामिलामा कमजोर भएका कारणले त्यस प्रकृतिका अपराध बढेको तथ्यप्रति कसैले पनि आँखा चिम्लन मिल्दैन। विधेयकमा केही अस्पष्टता छन् र सुधार गर्नुपर्ने देखिए संसदले सुधार गर्न सक्दछ। संसदीय प्रकृयाको विशेषता नै त्यही हो।'