नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ढुङ्गा, गिट्टी र बालुवा उत्खनन र त्यसको प्रयोग स्थलको अनुगमन तीव्र पारेका छन्।
मुख्यमन्त्री सिंहले आइतबार साँझ धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका-७ पोर्ताहास्थित कमलामाई क्रसर उद्योग तथा कमलामाई बालुवा प्रशोधन उद्योगको निरीक्षण अनुगमन गरेका हुन्।
कमला र वरपरका अन्य खोलाबाट जथाभाबी र गैरकानुनी ढङ्गबाट उत्खनन भएको ढुङ्गा, गिट्टी र बालुवा प्रयोग गणेशमान चारनाथ नगरपालिकाका विभिन्न क्रसर उद्योगहरूले गरिरहेको जानकारी प्राप्त भएपछि मुख्यमन्त्री सिंह धनुषाका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीसहितको टोलीसँग क्रसर उद्योग अनुगमन गरेका हुन्।
मुख्यमन्त्री सिंहले उद्योगमा सञ्चित रहेको ढुङ्गा, गिट्टी र बालुवाको स्रोत तथा तिनको वैधता प्रमाणीकरण नहुँदासम्म ओसारपसार नगर्न निर्देशन दिएका छन्।
मुख्यमन्त्री सिंहले सोमबार स्थानीय तहसँग छलफल र अन्य प्रमाणीकरणका विषय टुङ्गो लगाएर मात्र क्रसर सञ्चालन गर्न दिइने जानकारी दिए।
मुख्यमन्त्री सिंहले कमलामाई क्रसर उद्योगमा पुगेर क्रसर उद्योगको दर्ता, नवीकरण, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन, ढुङ्गा, गिट्टी र बालुवाको परिमाणात्मक सञ्चिति, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा उल्लेखित मापदण्डअनुसारका ठाउँमा खोला खनिएको वा नखनिएको, खोला खन्दाको ठाउँ र गहिराइ, परिणाम, सञ्चिति प्रमाणीकरण लगायतका विषयमा जानकारी लिए।
कमला खोलाबाट वषौँदेखि भइरहेको नदीजन्य पदार्थको अवैध उत्खननका कारण नदी प्रणालीमा प्रतिकूल असर परेको छ। क्रसर उद्योगले जेसिभीलगायत उपकरणबाट जथाभाबी र ठूलो परिमाणमा खनिएका नदीजन्य पदार्थ स्थानीयका ट्याक्टरमार्फत क्रसर उद्योगसम्म ओसार्ने गरेका छन्।
कमलामाई क्रसर बेचन शर्मा स्वामित्वको उद्योग हो। क्रसर उद्योगहरूले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनअनुसार वृक्षारोपण, स्थानीयको जीविकोपार्जन तथा चेतना उन्नयनका लागि काम गर्दैनन्।
धनुषालगायत जिल्लामा बालुवा प्रशोधन केन्द्रको अनुमति लिई क्रसर उद्योगहरू सञ्चालनमा छन्। अधिकांश क्रसर उद्योग मापदण्ड विपरीत वन क्षेत्र, स्वास्थ्य संस्था, पुलपुलेसा आदिबाट नजिक राखिएका छन्।
मुख्यमन्त्री सिंहले कमला खोलामा अवैध उत्खनन भएको स्थलमा समेत अनुगमन गर्नेछन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्देशन दिएका छन्।
शनिबार सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रशिक्षण अवधिभर मोबाइल प्रयोग नगर्न र अनुशासन पालना गर्न निर्देशन दिएका हुन्।
लामिछानेले प्रशिक्षणको सबैभन्दा महत्त्वपूर्ण पक्ष अनुशासन भएको बताए। पार्टीमा अनुशासन नभए राजनीतिक जीवनलाई व्यवस्थित रूपमा अघि बढाउन नसकिने उनको भनाइ छ।
उनले प्रशिक्षण अवधिभर सहभागीले मोबाइल फोन बन्द गर्नुपर्ने र आयोजकले अनुमति दिएको समयबाहेक पार्टीका अन्य बैठकमा पनि मोबाइल प्रयोग गर्न नपाइने बताए।
‘यो पुरै सेसनभरि हामी अहिले तपाईंले उठाइरहनुभएको टेलिफोन प्रयोग गर्दैनौँ। अहिले मात्र होइन, रास्वपाको कुनै पनि कार्यक्रममा आयोजक कमिटीले अनुमति दिएकोबाहेक बैठकमा हामी टेलिफोन प्रयोग गर्दैनौँ,’ उनले भने।
उनले सहभागीलाई फोन बन्द गरेर प्रशिक्षणमा ध्यान दिन आग्रह गरे। फोन चलाउने, अनावश्यक कुराकानी गर्ने र बारम्बार आवतजावत गर्ने गतिविधि रोक्नुपर्ने उनको निर्देशन थियो।
लामिछानेले अनुशासन पालना नगर्ने सहभागीको पार्टीले रेकर्ड राख्ने र त्यसको मूल्यांकन हुने चेतावनीसमेत दिए।
‘जसले यो सामान्य अनुशासन पालना गर्दैन, पार्टीले त्यस्ता साथीहरूको रेकर्ड राख्छ र त्यसको कुनै न कुनै ढंगले मूल्यांकन अवश्य पनि हुनेछ,’ उनले भने।
उनले प्रशिक्षणमा सिकेका विषयलाई राम्रोसँग बुझेर आफ्नो क्षेत्र र टोलमा गएर अरूलाई सिकाउन पनि सहभागीलाई निर्देशन दिए।
प्रशिक्षण कार्यक्रममा सहभागीले मोबाइलको सट्टा फाइलमा आवश्यक विषय टिपोट गर्नुपर्ने र प्रश्न तथा जिज्ञासा राख्दा हात उठाएर पालैपालो बोल्ने अभ्यास गर्नुपर्ने उनले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...