नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रिय कार्यभार माओवादीले मात्रै पूरा गर्न सक्ने दाबी गरेका छन्।
सोमबार (आज) खोटाङको सदरमुकाम दिक्तेलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।
समाजवादलगायतका राष्ट्रिय कार्यभार माओवादीबाट मात्रै सम्भव हुने उल्लेख गर्दै उनले भने, 'अरु पार्टीले गर्दैनन् भन्ने कुरा त हामीले देखिरहेकै छौँ। यसकारण यो कार्यभार हामीले मात्रै पूरा गर्न सक्छौँ।'
तर, त्यसका लागि पहिले माओवादीले आफूलाई बदल्नुपर्ने आवश्यकता रहेको औँल्याए। 'तर, हामीहरूलाई अहिले विचार सिद्धान्तको कुरै मन पर्न छाडेको छ,' उनले भने, 'अहिले हामीलाई विचारको विमर्श मन पर्न छाडेको छ। हामी सिद्धान्तको बहस गर्न तयार छैनौँ। यो हाम्रो कमजोरी हो। यहाँबाट माथि उठ्नुपर्छ।'