महाधिवेशन स्थलमा सँगै मत माग्दै बाबुराम-नेत्र
२९ माघ २०८१
•
१ मिनेट पाठ
महाधिवेशन स्थलमा सँगै मत माग्दै बाबुराम-नेत्र
नेसपा (नयाँ शक्ति) को पहिलो महाधिवेशनमा पदाधिकारी चयनका लागि चुनाव हुँदैछ।




काठमाडौं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी महाधिवेशनमा अध्यक्ष पदका लागि  डा. बाबुराम भट्टराई र नेत्र चापागाईंले उम्मेदवारी दर्ता गराएका छन्। 

उनीहरूले अहिले सँगै मत मागिरहेका छन्। यो जानकारी गराउँदै अध्यक्ष पदका उम्मेदवार नेत्र चापागाईंले भनेका छन्, 'चुनाव भनेको उच्च हार्दिकता हो।'

नयाँ शक्तिले पार्टीका सबै पदाधिकारी चुनावमार्फत नै चयन गर्ने नीति लिएको छ।
अर्को समाचार
नेसपामा ७० वर्षीय बाबुरामलाई चुनौती दिँदै ३५ वर्षीय नेत्र
१९ माघ २०८१
•
३ मिनेट पाठ
नेसपामा ७० वर्षीय बाबुरामलाई चुनौती दिँदै ३५ वर्षीय नेत्र
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशन आगामी माघ २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ। महाधिवेशन नजिकिँदै गर्दा नेताहरूले विभिन्न पदहरूमा आकाङ्क्षा देखाउन थालेका छन्।




नेसपाले अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, तीन सचिव र कोषाध्यक्ष गरी ११ पदाधिकारी चुन्दैछ।

यसैबीच युवा नेता नेत्र चापागाईंले केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने भएका छन्। पार्टीको विद्यार्थी संगठन नेपाल समाजवादी विद्यार्थी युनियनको नेतृत्व गरिसकेका नेत्रले उम्मेदवारी दिनका लागि तयारी गरिरहेका छन्। 

‘अध्यक्षका लागि उम्मेदवारी दिने हो, त्यसका लागि तयारी गरिरहेको छु,’ नेत्रले नागरिकसँग भने।

नेसपा महाधिवेशनमा १५ सय जना प्रतिनिधि सहभागी हुँदैछन्। त्यसमध्ये आधाभन्दा धेरैसँग आफूले सम्पर्क गरिसकेको भनाइ नेत्रको छ। ‘मैले धेरैजसो महाधिवेशन प्रतिनिधिसँग सम्पर्क गरिसकेको छु,’ उनले भने, ‘मेरो उम्मेदवारीबारे  जानकारी गराउने काम गरिरहेको छु। उहाँहरूले पनि हौसला दिनुभएको छ।’ 

नेत्रले सशक्त दाबी प्रस्तुत गरिरहँदा पार्टीका अरु नेता भने पार्टी अध्यक्षमा डा. बाबुराम भट्टराईको विकल्प देख्दैनन्। प्रवक्तासमेत रहेका नेता कृष्ण शर्मा भन्छन्, ‘जसको नीति, उसकै नेतृत्वको मर्मअनुसार अगाडि बढ्छौँ। अहिलेका लागि पार्टीमा डा. बाबुराम भट्टराईको विकल्प तयार भइसकेको छैन।’ 

बाबुराम भट्टराई र नेत्र चापागाईं।
अर्का एक नेता त आफू डा. बाबुराम भट्टराईलाई मात्रै नेता मान्ने बताउँछन्। ‘डा. बाबुराम भट्टराई भएकैले धेरै नेताहरू पार्टीमा हुनुहुन्छ,’ ती नेताले भने, ‘पार्टीमा अरु कोही अध्यक्ष भएर आयो भने यो पार्टी रहला र ?’ 

तर, नेत्र भने अध्यक्ष भट्टराईकै अर्थ्याइअनुरूप आफूले अध्यक्षको उम्मेदवारी दिने ढिपी कसेका छन्। भट्टराईले वैकल्पिक राजनीतिको नेतृत्व युवाबाट नै सहज रूपमा हुने बताउँदै आएको उल्लेख गर्दै उनले भने,  ‘पार्टीका सबै पदाधिकारी निर्वाचनबाट आउनुपर्छ भन्ने हाम्रो नीति नै हो। यहीअनुरूप मैले पनि अध्यक्षमा उम्मेदवारी दिन्छु।’

आफूले यसबारे भट्टराईसँग सल्लाह भने नगरेको उनले बताए। ‘सल्लाहमा त होइन। तर, चुनौती दिएको पनि होइन। अब राजनीतिमा युवा आउनुपर्छ भन्ने उहाँकै भाषा हो। म यहीअनुरूप अगाडि बढ्ने हो,’ उनले भने। 

३५ को नेत्र, ७० को बाबुराम

उमेरका हिसाबले बाबुराम नेत्रभन्दा दोब्बरका हुन्। विसं २०११ सालमा जन्मिएका बाबुराम २०८१ सम्म आउँदा ७० वर्ष पुगे। नेत्र भने भर्खर ३५ वर्ष पुगेका छन्।

उनी शिक्षा अभियन्तासमेत हुन्। गत पुसमा १५ बुँदे मागसहित उनी काठमाडौंको माइतीघरमा नौ दिन उभिएका थिए। विद्यार्थी आन्दोलनका ‘फ्रन्टलाइनर’ उनी अब भने पार्टी नै हाँक्न चाहन्छन्।

१५ बुँदे मागसहित माइतीघरमा उभिएका नेत्र।
बाबुराम भने धेरै पार्टीको नेतृत्व गर्दै आएका नेता हुन्। माओवादी जनयुद्धको प्रमुखमध्येका एक नेता उनले शान्ति प्रक्रियापछि भने मार्क्सवाद नै त्यागेर नयाँ शक्ति नामक दल गठन गरे।

वैकल्पिक राजनीतिको रटान लगाउँदै स्थापना भएको नयाँ शक्ति पछि विभिन्न पार्टीहरूसँग एकता गर्दै बिलाइगयो। पछि रहलपहल नेताहरूको सहभागितामा नेपाल समाजवादी पार्टी नेसपा बन्यो। फेरि अहिले आएर नेसपाभन्दा पनि नयाँ शक्ति नै भन्नुपर्ने निष्कर्षका साथ कोष्ठको नयाँ शक्ति बन्न पुगेको छ। 

पार्टीभित्र एक हदसम्म पार्टी नेतृत्व युवालाई दिनुपर्ने मागसमेत उठेको छ। पार्टीभित्र अर्को एउटा जमात छ, जुन जमात भट्टराईको विकल्प देख्दैन। यस्तो अवस्थामा हप्ता दिनपछि हुने महाधिवेशनले के गर्छ हेर्न बाँकी छ। ७० कै बाबुराम बेस ठान्छ कि ३५ को नेत्र, महाधिवेशनसम्म कुर्नैपर्ला।
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस