अध्यक्षस्तरीय निर्णयका आधारमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले फागुन १ गते बिहीबार सार्वजनिक बिदा दिएको छ । पालिका अध्यक्ष राजन लिम्बूले हस्ताक्षर गरी ‘जनयुद्ध दिवसको अवसर’मा भन्दै पालिकाभरी सार्वजनिक बिदाको घोषणा गरेका छन् ।
लिम्बू २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा(माओवादी केन्द्र)बाट अध्यक्षमा निर्वाचित भएका थिए । माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट लिम्बू अध्यक्षमा निर्वाचित हुँदा उपाध्यक्षमा कांग्रेसका रवीन साम्रा निर्वाचित भएका छन् ।
पालिका अध्यक्ष लिम्बूद्धारा जारी गरिएको सूचनामा फागुन १ गते बिहीबार फक्ताङलुङ गाउँपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालय, संघसंस्था, बैंक र बित्तीय संस्था एवम् शैक्षिक संस्था बिदा हुने उल्लेख छ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । संघीयताको जग नै जनयुद्ध भएको तर्क गर्दै बाँफिकोटले सर्वोच्च अदालतको आदेशविपरित सार्वजनिक बिदा दिएको हो । लोकतन्त्रको स्थापनाका लागि जनयुद्धले पु¥याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिएको पालिकाको भनाइ छ ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादीले सुरु गरेको जनयुद्धको स्मरणमा फागुन १ गते प्रत्येक वर्ष बाँफिकोट गाउँपालिकाले सार्वजनिक बिदा दिँदै आएको छ । गतवर्ष सर्वोच्च अदालतले फागुन १ मा ‘जनयुद्ध दिवस’का अवसरमा दिने बिदा नदिन आदेश दिए पनि नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहमा जितेका धेरैजसो पालिकाले सार्वजनिक बिदा दिएका थिए । तर, बाँफिकोट गाउँपालिका भने नेपाली कांग्रेसले जितेको पालिका हो ।
बाँफिकोट गाउँपालिकामा १८ जना कार्यपालिका सदस्य छन् । जसमा तीनजना मात्र नेपाली कांग्रेसबाट जितेका कार्यपालिका सदस्य हुन् । अध्यक्ष नेपाली कांग्रेसका नेता जनककुमार बाठा मगर भए पनि उनले यसलाई बहुमतले अस्वीकार गर्ने अवस्था छैन । जसले अध्यक्षमा नेपाली कांग्रेसले जिते पनि जनयुद्ध दिवसलाई स्वीकार गर्नुपर्ने उनको बाध्यता छ ।
जनयुद्धको दिन बाँफिकोट गाउँपालिका–२, पीपलमा कार्यक्रम आयोजना गरिने छ । जहाँ पालिकाका राज्य र तत्कालीन विद्रोहीपक्षबाट हत्या गरिएका सहिद परिवारलाई सम्मान गरिने गाउँपालिकाकी उपाध्यक्ष तारा बुढा केसीले जानकारी दिइन् । ‘राज्यबाट २० र बिद्रोहीबाट ७५ जना सहिद हुनुहुन्छ,’ उनले भनिन्, ‘उहाँहरुका परिवारलाई सम्मानसँगै मायाको चिनो काँसको थाली प्रदान गर्ने कार्यक्रम छ ।’ यसका लागि गाउँपालिकाले प्रत्येक वर्ष पाँच÷सात लाख रुपैयाँ विनियोजन गर्दै आएको छ ।
लोकतन्त्र प्राप्तिका लागि जनयुद्धको महŒवपूर्ण योगदान भएको भन्दै उपाध्यक्ष बुढाले भनिन्, ‘यसलाई आग्रहपूर्वाग्रहीरुपले लिनु हुँदैन । जनताका छोराछोरीले शासन गर्न पाउने व्यवस्था त्यही जनयुद्धले गर्दा आएको हो । यसलाई उत्सवका रुपमा मनाउनुपर्छ ।’ ‘जनयुद्ध हुने थिएन भने मुलुकमा संघीयता आउने थिएन,’ उनी भन्छिन्, ‘संघीयता आउँदैन्थ्यो भने गाउँगाउँमा राज्यसत्ता पुग्ने थिएन र जनताका छोराछोरीले यो समावेशिता र अवसर पाउने थिएनन् । त्यसैले प्रदेश र संघले पनि यस दिवसलाई भव्यरुपमा मनाउनु पर्छ ।’
उनले यस्तो तर्क गर्दै आए पनि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धलाई हिंसाको संज्ञा दिएका छन् ।
जनयुद्ध दिवसलाई लिएर पछिल्लोपटक राजनीतिक दलनै विभाजित हुँदै आएका छन् । जसले गर्दा संघ, प्रदेश र स्थानीय सरकार यस विषयमा एक ठाउँमा आउन सकेका छैनन् । यस वर्ष पनि नेकपा माओवादी केन्द्रले जितेका पालिकाले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने आँकलन गरिएको छ ।
नेपाली राजतन्त्रलाई समाप्त र जनगणतन्त्र स्थापना गर्ने उद्देश्यसहित नेकपा माओवादीले २०५२ फागुन १ गतेदेखि आन्दोलन सुरु गरेको थिथयो । २०६३ साल मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँग यस युद्ध समाप्त भएको थियो । उक्त आन्दोलनमा विद्रोहको परिणामस्वरूप नागरिक, विद्रोही, सेना र प्रहरी लगायतका १७ हजार व्यक्तिको मृत्यु भएको थियो र अधिकांशरूपमा हजारौँ ग्रामीण भूभागका मानिसको आन्तरिक विस्थापन भएका थिए । कयौं नागरिक घाइते, अपांग र अहिले पनि बेपत्ता छन् । यही आन्दोलनको स्मरणमा नेकपा माओवादीले फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आएको थियो ।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...