राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्याङ्कनको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ।
ताप्लेजुङका स्थानीय तहहरूमध्ये पाथीभरा याङवरक गाउँपालिकाले पहिलो स्थान हासिल गरेको छ। आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार पाथीभरा याङवरक गाउँपालिकाले ६७.६ अंक प्राप्त गरेको छ।
यसैगरि, मैवाखोला गाउँपालिकाले ६४.६ अंक, आठराई त्रिवेणीले ५८.७, र फक्ताङलुङ गाउँपालिकाले ५८.६, फुङलिङ नगरपालिकाले ५७, सिरिजङ्गा गाउँपालिकाले ५६.४, मिक्वाखोला गाउँपालिकाले ४९.५, मेरिङदेन गाउँपालिकाले ४६.१, र सिदिङ्वा गाउँपालिकाले ४५.७ अंक प्राप्त गरेको आयोगको वेबसाइटमा उल्लेख छ।
मूल्याङ्कनका लागि आयोगले १७ वटा सूचकहरूलाई आधार बनाएको छ। तीमध्ये मुख्य सूचकहरूमा बजेट व्यवस्थापन, आय-व्यय पारदर्शिता, वार्षिक समीक्षा, वित्तीय अनुशासन, शिक्षा, र स्वास्थ्य क्षेत्रका विभिन्न मापदण्डहरू समावेश छन्।
बजेट व्यवस्थापनतर्फ असार १० भित्र बजेट पेश गरेको वा नगरेको र असार मसान्तभित्र पारित गरेको वा नगरेको आधार बनाइएको छ।
त्यस्तै, आय-व्यय पारदर्शितामा पुस मसान्तभित्र अर्थ मन्त्रालयमा आय-व्ययको प्रक्षेपण पेश गरिएको वा नगरेको सूचक समावेश गरिएको छ।
वार्षिक समीक्षाको सन्दर्भमा कात्तिक मसान्तभित्र बजेटको वार्षिक समीक्षा सार्वजनिक गरिएको वा नगरेको हेरिएको छ भने वित्तीय अनुशासनतर्फ विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजु स्थिति, र स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) को प्रयोगलाई आधार बनाइएको छ।
शिक्षा र स्वास्थ्यका सूचकहरूमा कक्षा १–८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, कक्षा १० मा १.६ वा सो भन्दा माथि जिपिए प्राप्त गर्ने विद्यार्थीको प्रतिशत, गर्भवती महिलाको स्वास्थ्य सेवा पहुँच, स्वास्थ्य संस्थामा सुत्केरी हुने दर, पूर्ण खोप प्राप्त गरेका बालबालिकाको अनुपात जस्ता मापदण्ड समावेश गरिएका छन्।
यदि कुनै स्थानीय तहलाई प्रारम्भिक नतिजामा चित्त नबुझे, फागुन पहिलो साताभित्र प्रमाणसहित पुनरावलोकनका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको छ। त्यसपछि मात्र आयोगले अन्तिम नतिजा सार्वजनिक गर्नेछ।