ललिता निवास प्रकरण: नेपाल र भट्टराईविरुद्धको रिट अब पूर्ण इजलासमा
०२ फागुन २०८१
•
५ मिनेट पाठ
ललिता निवास प्रकरण: नेपाल र भट्टराईविरुद्धको रिट अब पूर्ण इजलासमा
सार्वजनिक जग्गा व्यक्तिका नाममा गराउने ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूलाई मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णयको समय लम्बिएको छ। सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गरेको रिट निवेदन बिहीबार पूर्ण इजलासमा पठाउने आदेश गरेपछि निर्णय आउन समय लाग्ने भएको हो।




सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउन प्रमुख कार्यकारी पदमा रहेका पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई छुट दिइएकाले मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको थियो। न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले निर्णय दिन नसकेपछि पूर्ण (तीन वा त्यसभन्दा बढी न्यायाधीश सम्मिलित) इजलासमा पठाउने बिहीबार आदेश गरेको हो।

पछिल्लो समय मन्त्री र सचिवस्तरीय निर्णयबाटै हुने निर्णय पनि मन्त्रिपरिषद्बाट गराउने प्रचलन बढेको छ। मन्त्रिपरिषद् बैठकले गरेका निर्णयविरुद्ध कुनै तहमा मुद्दा नचल्ने भन्दै नीतिगत रूपमा त्यसरी निर्णय गर्ने प्रचलन बढेको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवासका विषयमा मुद्दा दर्ता गर्दा तत्कालीन प्रधानमन्त्रीहरूलाई मुद्दा नचलाएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले आयोग, महान्यायाधिवक्ताको कार्यालयलगायतविरुद्ध २०७६ माघ २९ गते सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।

मुद्दाको प्रकृति जटिल भएकाले दुई न्यायाधीशले मात्र निर्णय दिन नसक्ने भएकाले पूर्ण इजलासमा पठाउन रिट निवेदकले नै बहसका क्रममा माग गरेका थिए। रिट निवेदककै मागबमोजिम सर्वोच्चले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश गरेको हो। यसअघि सर्वोच्चले ललिता निवासका विषयमा तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईका पालामा गरिएका मन्त्रिपरिषद्का निर्णय झिकाउने आदेश गरेको थियो।

२०७७ चैत १६ मा न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाउनुअघि गरिएका मन्त्रिपरिषद् निर्णय झिकाउने आदेश गरेको थियो।

अख्तियारले उच्च पदस्थ व्यक्ति सम्मिलित १७५ जनाविरुद्ध २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।अख्तियारले विशेषमा दर्ता गरेको अभियोगपत्रमा सर्वोच्चको २०५३ असोज ८ को फैसलालाई गलत व्याख्या गरी मुद्दा नलाग्ने निर्णय गरेको रिट निवेदकको दाबी छ।

मन्त्रिपरिषद्को निर्णयमा संलग्न हुने प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यलाई उन्मुक्ति दिने र आपराधिक वस्तु (जग्गा) फिर्ता गरेपछि मुक्ति पाइने नयाँ र अनौठो निर्णय फौजदारी न्याय प्रणालीमा भएको र त्यसबाट राजनीतिक मिलेमतोमा भ्रष्टाचारलाई उन्मुक्ति दिने नीतिगत निर्णयले निरन्तरता पाउने रिट निवेदनमा भनिएको छ। नवीन पौडेलसमेतले वस्तु (जग्गा) फिर्ता गरेकोमा फौजदारी अभियोगबाट मुक्त हुन पाउने गरी संसारलाई नयाँ सिद्धान्त प्रतिपादन गरेको पनि रिट निवेदकको भनाइ छ।

ललिता निवासभित्रको जग्गा व्यक्तिका नाममा लगेपछि बनेका जग्गाधनीमध्ये न्यायाधीश कुमार रेग्मी र सत्तारूढ नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलका छोरा नवीन पौडेलका नामको जग्गा सरकारलाई दिन मन्जुर गरेकाले उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएन। ललितानिवास क्याम्पभित्र पर्ने दुई जग्गाधनीले जग्गा सरकारलाई छोडिदिन मन्जुर गरेकाले मुद्दा दर्ता गर्नुनपर्ने भने अख्तियारले आरोपपत्रमा उल्लेख गरेको थियो।

‘अनुसन्धान अधिकृतसमक्ष गरेको बयान तथा आयोगसमक्ष पेस गरेको निवेदनमा ललिता निवास क्याम्पभित्र आफ्ना नाममा रहेका जग्गा सरकारलाई छोडिदिन मन्जुर गरेकाले जग्गा जफतको मागदाबी लिन आवश्यक नदेखिँदा कुमार रेग्मी र नवीन पौडेलका हकमा जग्गा जफतको माग दाबी नलिने,’ अख्तियारको आरोपपत्रमा उल्लेख छ। दुवैका नाममा भएका कित्ता ३०८ र ३१५ का जग्गा सरकारका नाममा गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सुझाव पठाउने निर्णय अख्तियारले गरेको थियो।

२०६६ चैत २९ को मन्त्रिपरिषद् निर्णयले पर्ती जग्गामा मोही कायम गर्ने निर्णय गरेको थियो। त्यही निर्णयमा आधारित रहेर मालपोत कार्यालयले पर्ती जग्गालाई मोही कायम गरेको थियो। कानुन मिचेर राज्यलाई नोक्सान गर्ने, जनतालाई असर पर्ने विषयलाई नीतिगत मान्न नहुने निवेदकको दाबी छ। अख्तियारले विशेषमा मुद्दा दर्ता गर्दा मन्त्रिपरिषद् बैठकले गरेको निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपरेका कारण मुद्दा नचलाएको दाबी गरेको थियो।

मुद्दामा नेतालाई सफाइ, कर्मचारी दोषी ठहर

दशककै विशिष्ट व्यक्तिहरू जोडिएको चर्चित मुद्दा ललिता निवास जग्गा प्रकरणमा राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिँदै पूर्वकर्मचारी, बिचौलिया र जग्गा किन्नेलाई विशेष अदालत काठमाडौंले २०८० फागुन ३ मा दोषी ठहर गरिसकेको छ।

विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा, रितेन्द्र थापाको इजलासले एक सय ७५ जना जोडिएको भ्रष्टाचार मुद्दामा जग्गा जफत गर्ने निर्णयसहित बढीमा दुई वर्ष कैद र ८० लाख रूपैयाँसम्म जरिबाना हुने ठहर गरेको थियो।

मुद्दामा अख्तियारकै पूर्वप्रमुख दीप बस्न्यातसहित पूर्वसचिव, मालपोत कार्यालयका तत्कालीन कर्मचारी, बिचौलियालाई भ्रष्टाचारी ठहर गरिएको थियो। आवास तथा भौतिक योजना मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यातले तत्कालीन प्रधानमन्त्रीको निर्देशन र विभागीय मन्त्रीबाट प्राप्त स्वीकृतिबमोजिम मन्त्रिपरिषद्बाट २०६६ चैत २९ गते निर्णय गराएका थिए।

पूर्वसचिवहरू छविराज पन्त, दीप बस्न्यात, प्रेमबहादुर खापुङ, अर्जुन खतिवडा, शंकरप्रसाद सुवेदी, अंगुर सिग्देल, केदारप्रसाद श्रेष्ठ, हरिकृष्ण तिमल्सिना, परशुराम पोखरेल, कृष्णप्रसाद पौडेल, प्रकाश भट्ट, टंक पौडेललाई जनही दुई वर्ष कैद र ८० लाख ४८ हजार रूपैयाँ बराबरको जरिबाना र बिगो असुल गर्ने ठहर भएको छ। साथै आरोपदाबीअनुसार सट्टाभर्नाको जग्गासमेत जफत हुने ठहर गरिएको छ।

माथिका सबै जनालाई सरकारका नाममा रहेको १९–१५–१–२ जग्गा विभिन्न व्यक्तिका नाममा गैरकानुनी रूपमा नामसारी दाखिल खारेज गरी बिगो नौ करोड ६५ लाख ७६ हजार रूपैयाँ बराबरको हानिनोक्सानी गरेको अदालतको ठहर छ। प्रतिवादीहरूलाई दामासाहीले कायम हुने गरी बराबर बिगो तोकेको हो।

मुद्दामा जोडिएका पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहितका राजनीतिक नेतृत्वलाई अदालतले सफाइ दिएको थियो। प्रमाण अभावमा मन्त्रालयको नीतिगत निर्णयसम्मको जिम्मेवारीमा रहेको भन्दै गच्छादार, तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी र तत्कालीन सचिव दिनेशहरि अधिकारीलाई सफाइ दिइएको हो। मोही र मतियारको भूमिका निर्वाह गरेको भन्दै भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङ, जग्गाको बिचौलिया गर्ने रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई जनही दुई वर्ष कैद र बिगोबमोजिम ८० लाख ४८ हजार रूपैयाँ जरिबाना अदालतले ठहर गरेको थियो।  
अर्को समाचार
भ्रष्टाचार र ठगी आरोपमा निलम्बनमा चार सांसद
२३ जेष्ठ २०८२
•
४ मिनेट पाठ
भ्रष्टाचार र ठगी आरोपमा निलम्बनमा चार सांसद
गत आम निर्वाचनबाट गठित प्रतिनिधिसभाका सदस्यहरू एकपछि अर्को काण्डमा मुछिने क्रम जारी छ। यसैक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य माधवकुमार नेपाल पनि सार्वजनिक जग्गा हिनामिना प्रकरणमा मुछिएका छन्।




अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालका नाममा काभ्रेमा जग्गा किनबेच र हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा नेपालसमेतविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। मुद्दा दर्तासँगै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल सांसद पदबाट स्वतः निलम्बनमा परेका छन्।

नेपाल नेतृत्वको तत्कालीन सरकारले २०६६ सालमा पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा किनबेच गर्न दिने निर्णय गरेको अख्तियारको दाबी छ। नेपालसँगै अहिले निलम्बनमा परेका सांसदको संख्या चार पुगेको छ। विभिन्न काण्डमा मुद्दा लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछाने, नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत र नेकपा एसका सांसद नेपाल निलम्बनमा छन्।

यस अवधिमा निलम्बनमा परेका तीन सांसदको पद फुकुवा भएको छ। निलम्बनमा परेर फुकुवा भएका सांसदमा कांग्रेसका टेकबहादुर गुरुङ, एमालेका लक्ष्मी महतो कोइरी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अरुणकुमार चौधरी छन्। यस अवधिमा दुई सांसदको पद खारेज भएको छ।

सांसद पद खारेज हुनेमा रास्वपाका लामिछाने र ढाकाकुमार श्रेष्ठ छन्। लामिछाने उपनिर्वाचनबाट पुनः निर्वाचित भए पनि सहकारी ठगी प्रकरणमा मुद्दा लागेपछि निलम्बनमा परेका हुन्। उनी चितवन–२ बाट निर्वाचित भएका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलेपछि एमाले सांसद रायमाझी निलम्बनमा परेका हुन्। २०८० वैशाख ३१ मा पक्राउ परेका उनी थुनामा छन्। उनी अर्घाखाँची–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। टेरामक्स प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि कांग्रेस सांसद बस्नेत पनि निलम्बनमा छन्। उनी सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। गत जेठ १ गते उनीविरुद्ध मुद्दा हालिएको हो।

निलम्बन फुकुवा भएका कांग्रेसका गुरुङ मनाङबाट प्रत्यक्ष निर्वाचित हुन्। उनी २०७९ पुस ८ गतेदेखि निलम्बनमा परेका थिए। २०७५ माघ २१ मा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

मुद्दा विचाराधीन भएकै अवस्थामा उनी मनाङबाट निर्वाचित भएका थिए। प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका गुरुङलाई अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा ३३ बमोजिम निलम्बन भएको भन्दै संसद् सचिवालयमा २०७९ पुस ८ मा पत्र पठाएको थियो। पछि अदालतकै आदेशले उनको निलम्बन फुकुवा भए पनि मुद्दा विचाराधीन छ। सुशील कोइराला नेतृत्वको सरकारमा श्रम तथा रोजगार राज्यमन्त्री भएका गुरुङलाई भृकुटीमण्डपस्थित फन पार्कको ६० रोपनी जग्गा न्यून दरमा भाडामा दिएको मुद्दामा विशेष अदालतले २०७९ फागुन १७ गते दोषी ठहर गरेको थियो।

निलम्बन फुकुवा भएका एमाले सांसद कोइरी महोत्तरी–१ बाट निर्वाचित हुन्। सशस्त्र प्रहरी बलका असई थमन विक हत्या आरोपमा कोइरी निलम्बनमा परेका थिए। २०७९ माघ १९ गते नाउपाका सांसद चौधरी पक्राउ परेका थिए। कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दामा दोषी ठहर भएका थिए।

कैलाली कारागारमा रहेका चौधरी कैद मिनाहा माफीपछि २०७९ फागुन ७ गते छुटेका हुन्। कैद मिनाहा नहुँदासम्म उनी निलम्बनमा थिए।  

प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन–२ बाट निर्वाचित रास्वपा सभापति लामिछाने उपप्रधान र गृहमन्त्री बनेका थिए। सर्वोच्च अदालतले २०७९ माघ १३ मा लामिछाने सांसदका लागि उम्मेदवार बन्न योग्य नभएको आदेश दिएपछि उनको सांसद पद खारेज भएको थियो। अमेरिकी नागरिकता नत्यागेकाले उनी सांसद हुन योग्य नभएको सर्वोच्चको आदेश थियो। अमेरिकी नागरिकता त्यागेपछि सोही क्षेत्रमा भएको उपनिर्वाचनबाट लामिछाने पुनः निर्वाचित भए।

२०८१ पुस ७ गते सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको पूरक अभियोगपत्र दर्ता भएसँगै उनको सांसद पद निलम्बन भएको हो। रास्वपाका समानुपातिक सांसद श्रेष्ठले दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले २०७९ चैत २९ गते साधारण सदस्यबाट हटाउने निर्णय गरेको थियो। यो निर्णयसँगै उनको पद गुमेको हो। उनको सट्टामा रास्वपाले विन्ध्यवासिनी कंसाकारलाई सांसद बनाएको छ।

यसैगरी राप्रपा सांसद धबलशमसेर राणा, कांग्रेस सांसद माया राई र राप्रपाकी सांसद गीता बस्नेत पनि कानुनी फन्दामा परेका छन्। काठमाडौं तीनकुनेमा चैत १५ गते हिंसात्मक आन्दोलनमा संलग्न भएको आरोपमा सांसद राणा पक्राउ परेका थिए। उनलाई फौजदारी कसुरको आरोप लागेको छ। उनीविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ। उनी बाँके २ बाट निर्वाचित हुन्। उनी निलम्बनमा भने छैनन्।

कांग्रेसकी सांसद माया राई पनि पक्राउ परेकी छिन्। उनीमाथि काठमाडौें कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप छ।सहकारी ठगी प्रकरणमा मुछिएपछि राप्रपा सांसद बस्नेत फरार छिन्। नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाको बचत रकम अपचलन आरोपमा गत वैशाखमा सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस