के हो शंकर पोखरेलले भनेका अध्यादेश पास गर्ने विकल्प ?
०२ फागुन २०८१
•
४ मिनेट पाठ
के हो शंकर पोखरेलले भनेका अध्यादेश पास गर्ने विकल्प ?
सत्तासीन दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विकल्पको प्रयोग गरेर भए पनि अध्यादेश पास गर्ने दाबी गरे।




शुक्रबार पार्टी मुख्यालय, च्यासलमा आयोजित एक कार्यक्रममा उनले भने, 'अध्यादेश प्रमुख पार्टीहरूले सचेततापूर्वक ल्याएको हो। कसैले विरोध गर्‍यो भनेर रोकिनेवाला छैन। अनेक विकल्पहरू छन्। विकल्प प्रयोग गरेर भए पनि हामी त्यसलाई राज्यको कानूनमा ढालिहाल्छौँ।'

संसद् अधिवेशन नचलेको बखत सरकारले छ वटा अध्यादेश जारी गरेको थियो। ती अध्यादेशहरू सङ्घीय संसद्‌मा दर्ता भएका छन् तर,सरकारसँग बहुमत नभएको कारणले निर्णयार्थ प्रस्तुत हुन सकेको छैन।

अहिलेको सरकारसँग प्रतिनिधि सभामा 'इजी मेजरिटी' भए पनि राष्ट्रिय सभामा सामान्य बहुमतसमेत छैन। अझ सरकारमै रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समेतले भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने निर्णय गरेपछि सरकार थप सङ्कटतिर गएको छ। जनता समाजवादी पार्टी, नेपालले त त्यसअघि नै समर्थन नगर्ने निर्णय गरिसकेको हो।

सरकार छ वटै अध्यादेश पास गर्न चाहन्छ। प्रतिष्ठाको विषय बन्दै गएको अध्यादेश फेल भए सरकारको आलोचना थप चुलिनेछ। जुन सत्तासीन दलहरू कांग्रेस र एमालेका शीर्षस्थ नेताहरू राम्रोसँग जान्दछन्। संविधान संशोधनलगायतका ठूला काम गर्ने भनेर संसद्का दुई ठूला दल कांग्रेस र एमाले मिलेका भए पनि अहिलेसम्म अपेक्षित काम नहुँदा सरकारको आलोचना भइरहेको अवस्था छ। अब जारी भएका अध्यादेशहरू पनि फेल भए यो सरकारमाथि अनेकन् प्रश्न उठ्नेछन्।

यो जानेरै कांग्रेस-एमालेका नेताहरू अहिले आन्तरिक छलफलमा छन्। कांग्रेसले राष्ट्रय सभामा ८ सिट भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई फकाउनेबारे छलफल गरेको छ। ठीक यहीबेला एमाले महासचिव शंकर पोखरेलले विकल्पको प्रयोग गरेरै भए पनि अध्यादेशहरू पास गर्ने बताएका छन्।

त्यसोभए पोखरेलले भनेका ती विकल्पहरू के हुन् ?एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ती विकल्पहरूबारे त बताएनन्। तर, उनको दाबी छ, 'जुन दिन अध्यादेश निर्णयार्थ प्रस्तुत हुन्छन्, त्यो दिन अध्यादेशरू पास हुन्छन्। यसको तयारी हामी गर्छौँ। ढुक्क हुँदा हुन्छ।'

स्रोतका अनुसार सरकारले अहिले मुख्यतया: ३ वटा विकल्पमा छलफल तथा काम गरिरहेको छ। पहिलो,जसपा नेपाल र लोसपालाई नै फकाउने। जसपा नेपाल र लोसपा फकिएको खण्डमा सरकारले ल्याएका अध्यादेशहरू राष्ट्रिय सभाबाट पास हुन्छन्।

सत्तासीन दलहरू कांग्रेस र एमालेसँग क्रमश: १६ र १० सिट छ। त्यसमा जसपा नेपाल ३ र लोसपाको १ सिट थपिँदा बहुमत पुग्छ। ५९ सदस्यीय राष्ट्रिय सभामा न्यूनतम बहुमत ३० हो। यी चार दल एकठाउँ उभिँदा ३० सिट पुग्छ।

यसअघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घमा उपप्रधानसहित गृह वा स्वास्थ्य वा मधेस प्रदेशको नेतृत्व दिए अध्यादेशमा समर्थन गर्न सकिने भन्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भनेका थिए। तर, बीचमा 'ग्रीन सिग्नल' नपाएपछि यादवले खासगरी भूमिसम्बन्धी अध्यादेश मुलुकलाई नै छिन्नभिन्न पार्नेखाले भन्दै समर्थन नगर्ने घोषणा गरिसकेका छन्।

यसर्थ,सरकारका लागि यो सम्भावना त्यति नजिक नहुन सक्छ। तर, प्रयास जारी राखिएको बताइन्छ।

दोस्रो,एकीकृत समाजवादीलाई फकाउने। एकीकृत समाजवादीसँग राष्ट्रिय सभामा ८ सिट छ। यदि एकीकृत समाजवादीले समर्थन जनाएको खण्डमा सरकारलाई जसपा नेपाल वा लोसपाको आवश्यकता नै पर्दैन। 

एकीकृत समाजवादी फकिन्छ त ? एमालेका एक नेता भन्छन्, 'राजनीतिमा सबै सम्भावना रहन्छन्। यो सम्भावना छैन भनेर भन्न सकिँदैन।' त्यसो त कांग्रेसले एकीकृत समाजवादीलाई फकाउनेबारे छलफल गरेको छ। यसपछि एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले संवाद गर्न सकिने प्रत्युत्तर दिएका छन्।

एकीकृत समाजवादी अध्यादेशको पक्षमा उभिए जसपा नेपाल र लोसपाले समर्थन नै नजनाए पनि सरकारसँग ३४ सिट हुन्छ। जुन अध्यादेशहरू पास गर्नका लागि स्पष्ट र सहज बहुमत हो।

तेस्रो, कम्तीमा चार सांसदलाई 'फ्लोर क्रस' गराउने वा अनुपस्थित गराउने। कम्तीमा चार विपक्षी सांसदले फ्लोर क्रस गरे वा अनुपस्थित भएमा सरकारले सहज रूपमा बहुमत पुर्‍याउँछ।

माओवादी केन्द्र वा एकीकृत समाजवादीका चार सांसदले फ्लोर क्रस गरेमा सरकारको पक्षमा ३० मत पुग्छ। त्यसमा राष्ट्रपतिबाट मनोनीत अन्जना शाक्यको पनि मत जोडिन सक्छ। किन पनि भने उनी एमालेनिकट हुन्।

यसो गर्दा विपक्षी बेञ्चमा २२ सांसद मात्रै रहन्छन्। त्यसमा वामदेव गौतम पनि छन्। उनी पनि राष्ट्रपतिबाट मनोनीत नै हुन्। उनले पनि सरकारलाई समर्थन नगर्ने बताइसकेका छन्। यसर्थ, चार जनाले फ्लोर क्रस नै गरे पनि विपक्षी बेञ्चमा २३ सांसद हुन्छन्। राष्ट्रपतिबाट मनोनीत तीन जनामध्ये अर्का नारायण दाहाल सभाध्यक्ष छन्। उनले बराबर भएको खण्डमा मात्रै मतदान गर्न पाउँछन्। बराबर भएको खण्डमा उनको मत विपक्षीकै लाइनमा जानेमा शङ्का छैन। उनी माओवादी केन्द्रनिकट हुन्।

यस्तो अवस्थामा सरकार पक्षले बराबर नहुनेगरी विपक्षी सांसद अनुपस्थित गराउन पनि सक्छ। यदि चार सांसद अनुपस्थित भएको खण्डमा सरकारको २६ नै बहुमत हो।

यो पनि पढ्नुहोस्

विकल्प प्रयोग गरेर भएपनि अध्यादेश पारित गर्छौंः महासचिव पोखरेल
अर्को समाचार
एमाले महासचिवले भने: नेतृत्वको बहस रोक्नुस्, यो उपयुक्त समय होइन
१८ असार २०८२
•
१ मिनेट पाठ
एमाले महासचिवले भने: नेतृत्वको बहस रोक्नुस्, यो उपयुक्त समय होइन
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्किएपछि सुरु भएको आगामी नेतृत्वबारे बहस रोक्न निर्देशन दिएका छन्।




बुधवार पार्टीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्। 

‘महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णतः रोक्नुपर्छ’, महासचिव पोखरेलले भने,‘पार्टी पंक्तिले नीति र विधि निर्माणमा केन्द्रित हुनुपर्ने समयमा नेतृत्वको बहसले पार्टीलाई फाइदा गर्दैन।’

पूर्व राष्ट्रपति भण्डारीले एमाले राजनीतिमा फर्किएको घोषणा गरेसँगै अहिले एमाले वृत्तमा अनेक टीका टिप्पणी चलिरहेको छ। एमालेमा अहिले आगामी नेतृत्वका लागि ओली र भण्डारीका नाममा कित्ताकाट सुरु भएपछि महासचिव पोखरेलेको यस्तो निर्देशन आएको हो।
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
यो पनि पढौँ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस