राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले कसैको व्यक्तिगत परिकल्पनालाई आधार बनाएर संविधान संशोधन गर्न नहुने बताएका छन्।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान निर्माणका क्रममा प्रत्येक १० वर्षमा यसको पुनरावलोकन गर्ने व्यवस्था भए पनि अहिलेसम्म संविधान नै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गरे। ‘पहिलो कुरा, हामीले संविधानको कार्यान्वयन नै गरेनौँ। ठूला संघर्षहरू भए, तर ती विषयमा कार्यान्वयनका लागि आवश्यक कानून नै बनाइएन,’ उनले भने।
परियारले इमान्दारिताका साथ संविधान संशोधन गर्न खोजिएको खण्डमा रास्वपाले समर्थन गर्ने बताए। तर, उनले राजनीतिक स्थायित्वका लागि प्रवृत्ति र संस्कार सुधार्न आवश्यक रहेकोमा जोड दिए। ‘२०१५ देखि २०७४ सालसम्म बहुमतका सरकारहरू टिकेनन्, बरु अल्पमतका सरकारहरू टिके। समस्या प्रणालीमा मात्र होइन, प्रवृत्तिमा पनि छ,’ उनले थपे।
उनका अनुसार संविधानले कुनै पनि दललाई दुई तिहाइ बहुमत ल्याउन रोक्ने व्यवस्था गरेको छैन। ‘निर्वाचन प्रणाली बहुमत वा अल्पमतका आधारमा मात्रै चल्ने होइन, विचारमुखी हुनुपर्छ। संविधान संशोधन आवश्यक हुन सक्छ, तर पहिले राजनीतिक दल र नेताहरूको चरित्र सुधार्नुपर्छ,’ उनले स्पष्ट पारे।
संविधान संशोधनको आवश्यकतामाथि उनले प्रश्न उठाउँदै भने, ‘संविधानले परिकल्पना गरेका विषय कार्यान्वयन नगर्ने, तर आफ्नो परिकल्पना पूरा गर्न संशोधन गर्न खोज्ने प्रवृत्ति नै खतरनाक हो।’
प्रमुख सचेतक परियारले संविधान सुधारको बहस अघि बढाउनुअघि राजनीतिक दल र नेताहरूको प्रवृत्ति तथा संस्कार सुधार्न जरुरी रहेको बताए।