प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानून बनाउन नमिल्ने बताएका छन्। आइतबार (आज) बसेको प्रतिनिधिसभा बैठकमा सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।
'फैसला पनि मान्छेले नै गर्ने हो। कहिले-कहिले प्रमाण नपुगेको हुनसक्छ, कहिलेकाहीँ फरक ढङ्गले प्रमाणहरू देखिन सक्छन्। कहिलेकाहीँ फैसला नै गलत हुनसक्छ। मृत्युदण्डै दिइकेपछि त फैसला, त्यसको कार्यान्वयन, व्यक्तिको रिपूटेसन, उसको कारोबार सच्याउन मिल्दैन,' प्रधानमन्त्रीले भने, 'अरुको ज्यान लिन उद्यत हुने सोच उपयुक्त हुँदैन।'
उनले नेपालको संविधानले पनि मृत्युदण्डको कानून बनाउन नमिल्ने व्यवस्था गरेको बताए। 'नेपालको संविधानको धारा १६ मा रहेको सम्मानपूर्ण रूपमा बाँच्न पाउने हकमा कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानून नबनाइने कुरा उल्लेख छ। र, मृत्युदण्ड उन्मूलन गर्ने उद्देश्यले व्यवस्था भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रको दोस्रो स्वेच्छिक प्रोटोकल १९८९ को नेपाल पक्ष राष्ट्रसमेत भएको हुँदा मान्यज्यूले माग गर्नुभए झैँ भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गर्न मिल्दैन।'