विन्दास देउवा !
०४ फागुन २०८१
•
४ मिनेट पाठ
विन्दास देउवा !
विधानत: नेपाली कांग्रेसको १५औं महाधिवेशन अबको १० महिनाभित्र भइसक्नुपर्छ। १४औं महाधिवेशन २०७८ मंसिरमा सम्पन्न गरेको कांग्रेसमा निर्वाचित कार्यसमितिको कार्यकाल चार वर्षको हुन्छ। जसअनुरूप कांग्रेसले १५औं महाधिवेशन २०८२ मंसिरभित्र गरिसक्नुपर्छ।

तर, मितिका बारेमा कांग्रेसमा विवाद सुरु भएको छ। संस्थापन पक्ष २०८६ तिरै पुर्‍याइँदा पनि ठीकै हुनेमा छ भने संस्थापनइतर पक्ष १५औं महाधिवेशन विधानले तोकेकै समयमा हुनुपर्ने अडानमा छ। संस्थापनइतर नेताहरू डा. शेखर कोइराला, गगन थापालगायतले त्यसैगरी तयारी पनि थालेका छन्।

गगन थापा र शेखर कोइराला।
कोइराला-थापाको सक्रियताबारे सभापतिका आकाङ्क्षी अरु नेताहरूले चासो देखाउँदै सभापति शेरबहादुर देउवालाई नै सोध्न भ्याएका छन्। गत शुक्रबार मात्रै ११ नेताहरू सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर 'कोइराला-थापाको सक्रियताप्रति तपाईंको धारणा के हो ?' भनेर सोध्न भ्याइसकेका छन्। अर्थात्, उनीहरूले 'हामी पनि छौँ' है भन्ने सन्देश दिएर फर्किएका छन्।

शेरबहादुर देउवालाई छैटौँ पटक प्रधानमन्त्री भने बन्नु नै छ। त्यसबाहेक बितिहाल्ने उनका लागि अरु केही छैन। 
तर, देउवा भने 'विन्दास' देखिन्छन्। न कुनै बित्तो, न कुनै हतारो! प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बोलाउँदा सिंहदरबार-बालुवाटार पुग्नु र पार्टीका कार्यक्रमहरूमा कहिलेकाहीँ निस्कनु बाहेक अरु काम देखिएको छैन देउवाको अहिले। त्यसैले देउवा हिजोआज बूढानीलकण्ठकै निवासमा फुर्सदिरहन्छन्।

त्यसो त पार्टीको विधानअनुरूप अब उनले पार्टीको सभापतिमा उम्मेदवारी दिन पाउँदैनन्। कांग्रेसको विधानमा दुई पटकभन्दा बढी सभापति बन्न पाइँदैन। १३औं महाधिवेशनमा पहिलो पटक सभापति निर्वाचित भएका देउवा १४औं महाधिवेशनमा दोस्रो पटक सभापति बनेका थिए। यसर्थ, अब उनले सभापति बन्न पाउँदैनन्।

पार्टीको विधानलाई देउवाले सहर्ष स्वीकारिसकेका पनि छन्। संशोधन गरेर वा अनेकन् जुक्ति निकालेर तेस्रोपटक सभापति बन्ने उनको चाहना देखिँदैन पनि। यसअघि सार्वजनिक कार्यक्रममा नै उनले भनिसकेका छन्, 'म बिदा हुन्छु। क्षमतावान् साथीहरू आउनुस्। त्यसलाई स्वागत गर्छु।'

उनीनिकट नेता मीन विश्वकर्माका अनुसार देउवाले आफू सभापतिबाट हट्दै गर्दा क्षमतावान् नेता पार्टी नेतृत्वमा आऊन् भन्ने चाहेका छन्। 'उहाँले सभापतिबाट बिदा हुन्छु भनिसक्नुभएको छ। त्यसमा समस्या छैन। प्रजातान्त्रिक पार्टी हो कांग्रेस। स्वाभाविक रूपमा नेतृत्वको आकाङ्क्षीहरू धेरै नेता हुनुहुन्छ। उहाँहरूले प्रतिस्पर्धा गर्नुहुन्छ र आउनुहुन्छ। तर,सभापतिजीले नेतृत्व गर्ने मान्छे हुनुपर्छ भन्ने चाहना व्यक्त गर्नुभएको छ। अहिलेका लागि उहाँको हतारो छैन,' विश्वकर्मा भन्छन्।

यो पनि पढ्नुहोस्

संस्थापन बन्ने दाउमा गगन, सभापतिको तीव्र तयारीमा शेखर

जे होस्, देउवालाई केही भ्याउनुपर्ने बित्तो र केही उम्किने हतारो छैन, छ त केवल चुनावी सरकारको नेतृत्व गर्ने चाहना। त्यसमा पनि उनको अधीरता देखिँदैन। गत असार १७ गते मध्यराति नेकपा (एमाले) सँग सत्ता गठबन्धन निर्माण गरी नयाँ सरकार गठन गर्ने सताबुँदे समझदारीपत्रमा हस्ताक्षर गरेका देउवा आफ्नो पालो कुरेर धीरताका साथ बसिरहेका छन्।

शेरबहादुर देउवा र केपी शर्मा ओली।
सातबुँदे समझदारीमा ओली र देउवाले पालैपालो डेढ-डेढ वर्षको समयावधि प्रधानमन्त्री चलाउने सहमति छ। जसअनुसार ओली गत असार ३० गते प्रधानमन्त्री बनेर यहाँसम्म आएका छन् भने देउवाले आफ्नो पालो कुरेर धीरताका साथ बसिसकेका छन्।

त्यसैले पनि उनी प्रधानमन्त्री ओलीका प्रति नरम गरी नै प्रस्तुत हुन्छन्। गत माघ १८ गते सुरु भएको संसद्को हिउँदे अधिवेशनमा कांग्रेसकै अरु सांसदले प्रधानमन्त्री ओलीको आलोचना गरिरहँदा देउवाले सरकारको समीक्षा गर्ने बेला भइनसकेको जोड दिँदै सरकारले राम्रै प्रयास गरिरहेको बताएका थिए। 

अरु मञ्चहरूमा पनि देउवा ओली सरकारका प्रति नरम नै देखिन्छन्। कांग्रेसको प्रमुख समर्थनमा ओलीको नेतृत्वमा सरकार बनेयता उनले कहीँ पनि तितो बोलेका छैनन्। अरु नेताहरूले ओली सरकारको आलोचना गर्दा पनि उनी मौनप्राय:छन्। जे होस्, उनी ओलीलाई चिढ्याउन चाहँदैनन्। 

जसै सिधासिधी रूपमा भन्दा प्रधानमन्त्रीका लागि देउवाको यो अन्तिम मौका हो। अब उनले चाहेर पनि प्रधानमन्त्री बन्न पाउँदैनन्। किनकि उनी प्रधानमन्त्री बन्ने बाटोमा नहुन सक्छन्। संवैधानिक प्रावधानअनुरूप प्रधानमन्त्री हुनका लागि संसदीय दलको नेता हुनुपर्छ। दलको नेता सभापति नै हुनुपर्छ भन्ने कानूनी छेकबार त छैन। तर, साधारणतया अभ्यासमा भने सभापति नै बन्ने गरेको पाइन्छ। तर,यदि सभापतिबाट हटेपछि पनि सांसद भएर संसदीय दलको नेता चुनिए भने पुन: प्रधानमन्त्री बन्न सक्छन्। भनिन्छ- उनलाई ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्ने योग देखेका छन्।

तर, उमेरको कारणले पनि अब देउवा त्यस्तो लालची नबन्लान्। ७७ उँभो लागिसकेका उनी त्यस्तै लालची बनिहाले पनि उनको तीव्रत्तर आलोचना हुन्छ। जुन, उनलाई राम्रैसँग थाहा छ। उनीकिटक एक नेता भन्छन्, 'अब सभापतिजी सौहार्दपूर्ण रूपमा जानुहुन्छ। उहाँले बाहिरै बसेर पार्टीलाई सघाउने भन्नुभएको छ। उहाँको कुनै हक र दाबी रहँदैन।'

तर, देउवालाई छैटौँ पटक प्रधानमन्त्री भने बन्नु नै छ। त्यसबाहेक उनका लागि बितिहाल्ने केही छैन। त्यसैले पार्टी सभापतिका आकाङ्क्षी अरु नेताहरू १५औं महाधिवेशनको तयारीमा जुट्दा उनलाई विन्दास छ।

यो पनि पढ्नुहोस्

देउवालाई उत्तराधिकारी तोकिहाल्न दबाब
अर्को समाचार
विन्दास देउवा!
०५ फागुन २०८१

विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३१ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस